मुख्य समाचार
टिपरको हाइड्रोलिकले ‘हाइटेन्सन’ लाइन छुँदा करेन्ट लागेर सहचालकको मृत्यु
टिपरको हाइड्रोलिकले ‘हाइटेन्सन’ लाइन छुँदा करेन्ट लागेर सहचालकको मृत्यु

: मोरङमा टिपरबाट माटो झार्ने क्रममा हाइड्रोलिकले बिजुलीको ‘हाइटेन्सन’ लाइनमा छुँदा करेन्ट लागेर सहचालकको मृत्यु भएको छ । प्रहरीका अनुसार ग्राथमान गाउँपालिका–१ सरस्वती स्कुल पछाडि सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरछेउमा घटना भएको हो । को १ ख ५०४९ नम्बरको टिपरबाट मोटो झार्ने क्रममा शुक्रबार बिहान १० बजेतिर घटना भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् ।

उनका अनुसार माटो झार्ने क्रममा टिपरको हाइड्रोलिकले ११ हजार भोल्टको विद्युत लाइनको तारमा छोएको थियो । हाइड्रोलिकले बिजुलीको तारमा छुनसाथ करेन्ट लागेर टिपरका सहचालक मोरङको बुढीगंगा गाउँपालिका–१ का २२ वर्षीय श्याम ऋषिदेव घाइते भएका थिए । घटनामा परेर गम्भीर घाइते भएका ऋषिदेवलाई उपचारका लागि बुढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको थियो ।


उनलाई उपचारका क्रममा अपरान्ह १२:३० बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । टिपर चालक सुनसरीको दुहबी नगरपालिका–७ का ४५ वर्षीय भोजकुमार चौधरी सकुशल छन् । घाइते भएका सहचालकको उपचारमा उनी आफैं खटिएका थिए ।

टिपरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरू गरिएको डीएसपी चुँडालले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त भएका छन्। उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशपश्चात शुक्रबारर जिल्ला अदालत रुपन्देहीमा आवश्यक प्रक्रिया पूरा गरेपछि उनी थुनामुक्त भएका हुन्। थुनामुक्त भएर अदालत बाहिर निस्किएपछि सम्बोधन गर्दै उनले न्याय पाउन बाँकी रहेको बताए। उनले भने- 'उनीहरूले यो देशमाथि गरेको अन्यायको अगाडि ममाथि गरेको अन्याय केही पनि होइन। सम्पूर्ण ...
— सर्वोच्च अदालतले सरकार र जेन-जी बीचको सम्झौताविरुद्धको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै १५ दिनभित्र कारण देखाउ आदेश जारी गरेको हो । साथै अन्तरिम आदेशको विषयमा छलफल गर्न पुस ११ गते दुवै पक्षलाई अदालतमा उपस्थित हुन भनिएको छ । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र प्रधानमन्त्री ...
— काठमाडौंबाट चितवन हुँदै शुक्रबार साँझ रूपन्देही आइपुगेका रास्वपा सभापति रवि लामिछाने जिल्ला अदालत रूपन्देहीमा उपस्थित भएर थुनामुक्त भएका छन् । उनी शुक्रबार साँझ ५ बजेर ३७ मिनेटमा अदालतमा उपस्थित भएका हुन् । तुलसीपुर उच्च अदालतको आदेशमा रिहा भएपछि आवश्यक कागजी प्रक्रिया पूरा गर्न शुक्रबार साँझ जिल्ला अदालतमा उपस्थित भएका हुन् । खराब मौसमका कारण काठमाडौंबाट ...
— नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा देवचन्द्र लाल कर्णलाई नियुक्त गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यका अनुसार, मन्त्रीस्तरीय निर्णयबाट प्राधिकरणका उपमहानिर्देशक कर्णलाई महानिर्देशक नियुक्त गरिएको हो । प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार कर्णले शुक्रबार पद बहाली गरेका छन् । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई भक्तपुरस्थित नलिञ्चोक हेलिप्याड निर्माणमा भ्रष्टाचार गरेको अभियोग लगाएर ...
: नेकपा एमालेले पुर्नस्थापना हुने संसदबाट जेनजीका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ। एमालेको ११ औं राष्ट्रिय महाधिवशनले विभिन्न २४ बुँदै राजनीतिक प्रस्ताव पारित गर्दै पुनर्स्थापना हुने संसदमार्फत् युवाहरुका मागहरु संवैधानिक बाटोबाट सम्बोधन गर्ने प्रतिबद्धता जनाएको हो। जिम्मेवार दलहरुलाई वेवास्ता गरिएको र कार्यान्वयन हुन नसक्ने सम्झौताका नाममा सरकारले वास्तविक जेन–जीहरुलाई झुक्याउने र धोखा दिने काम ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम