: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फागुन २१ मा निर्वाचन हुनैपर्ने बताएका छन्। आफ्नो निर्वाचन क्षेत्र मोरङ–६ का स्थानीय नेताहरूसँगको भेटमा उनले प्रजातन्त्रको जग निर्वाचन भएकाले कांग्रेस निर्वाचनमा जान आतुर रहेको बताए।
ʻसंविधान बचाउने र मुलुकलाई सक्रमणबाट जोगाउने निर्वाचनले मात्रै हो,ʼउनले भने,ʻहामी त निर्वाचनको मिति कुरेर बसेका छौँ। तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशंका समेत जन्मिएको छ।ʼ
नेता कोइरालाले सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको बताए। ʻदलका केही नेतालाई काठमाडौं बाहिर जान दिइएको छैन, लुटिएका हतियार बाहिर छन्, कैदीहरू बाहिर छन् यसबारेमा सरकारले के सोचेको छ?ʼ उनले प्रश्न गरे।
नेता कोइरालाले निर्वाचनमा जुट्न पार्टी पङ्तीलाई निर्देशन समेत दिए।