मुख्य समाचार
मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु
मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

: मोरङको सुनवर्षी नगरपालिका–४ कासीजाममा मोटरसाइकलले बिहीबार राति ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार भित्री सडक खण्ड भएर गोलगाउँबाट कासीजामतिर जाँदै गरेको मे ११ प १४० नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई राति ८:१५ बजेतिर ठक्कर दिएको थियो ।


दुर्घटनामा साइकल यात्री सुनवर्षी–४ का ६२ वर्षीय जयरामप्रसाद दासको मृत्यु भएको जानकारी मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले दिए । उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका दासलाई उपचारका लागि रंगेली अस्पताल पुर्‍याउनसाथ चिकित्सकले राति ८:४५ बजेतिर मृत घोषणा गरिदिएका हुन् । दुर्घटनामा परेर मोटरसाइकल चालक सुनवर्षी–४ का २७ वर्षीय अकलेशकुमार मण्डलसमेत घाइते भएका छन् ।


रंगेली अस्पतालमा सम्भव नभएपछि मध्यम अवस्थाका उनलाई थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पठाइएको छ । मोटरसाइकल र साइकललाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

त्यस्तै, मोरङको ग्रामथान गाउँपालिका–३ कौशल्या चोकमा रोकेर राखेको गाडीमा मोटरसाइकल ठोक्किँदा चालक गम्भीर घाइते भएका छन् । सडकमा रोकेर राखिएको को १ क २६१८ नम्बरको गाडी (सिमेन्ट घोल्ने मेसिन) मा विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको को ४० प १९२५ नम्बरको मोटरसाइकल राति ९:२० बजेतिर ठोक्किएर दुर्घटनामा परेको थियो ।

प्रहरीका अनुसार गाडीमा पछाडिबाट मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा चालक ग्रामथान–१ का ४० वर्षीय सन्तोषकुमार माझी गम्भीर घाइते भएका हुन् । शरीरको विभिन्न भागमा चोट लागेका उनलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको छ । दुवै सवारीसाधन तथा गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त भएका छन्। उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशपश्चात शुक्रबारर जिल्ला अदालत रुपन्देहीमा आवश्यक प्रक्रिया पूरा गरेपछि उनी थुनामुक्त भएका हुन्। थुनामुक्त भएर अदालत बाहिर निस्किएपछि सम्बोधन गर्दै उनले न्याय पाउन बाँकी रहेको बताए। उनले भने- 'उनीहरूले यो देशमाथि गरेको अन्यायको अगाडि ममाथि गरेको अन्याय केही पनि होइन। सम्पूर्ण ...
— सर्वोच्च अदालतले सरकार र जेन-जी बीचको सम्झौताविरुद्धको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै १५ दिनभित्र कारण देखाउ आदेश जारी गरेको हो । साथै अन्तरिम आदेशको विषयमा छलफल गर्न पुस ११ गते दुवै पक्षलाई अदालतमा उपस्थित हुन भनिएको छ । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र प्रधानमन्त्री ...
— काठमाडौंबाट चितवन हुँदै शुक्रबार साँझ रूपन्देही आइपुगेका रास्वपा सभापति रवि लामिछाने जिल्ला अदालत रूपन्देहीमा उपस्थित भएर थुनामुक्त भएका छन् । उनी शुक्रबार साँझ ५ बजेर ३७ मिनेटमा अदालतमा उपस्थित भएका हुन् । तुलसीपुर उच्च अदालतको आदेशमा रिहा भएपछि आवश्यक कागजी प्रक्रिया पूरा गर्न शुक्रबार साँझ जिल्ला अदालतमा उपस्थित भएका हुन् । खराब मौसमका कारण काठमाडौंबाट ...
— नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा देवचन्द्र लाल कर्णलाई नियुक्त गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यका अनुसार, मन्त्रीस्तरीय निर्णयबाट प्राधिकरणका उपमहानिर्देशक कर्णलाई महानिर्देशक नियुक्त गरिएको हो । प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार कर्णले शुक्रबार पद बहाली गरेका छन् । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई भक्तपुरस्थित नलिञ्चोक हेलिप्याड निर्माणमा भ्रष्टाचार गरेको अभियोग लगाएर ...
: नेकपा एमालेले पुर्नस्थापना हुने संसदबाट जेनजीका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ। एमालेको ११ औं राष्ट्रिय महाधिवशनले विभिन्न २४ बुँदै राजनीतिक प्रस्ताव पारित गर्दै पुनर्स्थापना हुने संसदमार्फत् युवाहरुका मागहरु संवैधानिक बाटोबाट सम्बोधन गर्ने प्रतिबद्धता जनाएको हो। जिम्मेवार दलहरुलाई वेवास्ता गरिएको र कार्यान्वयन हुन नसक्ने सम्झौताका नाममा सरकारले वास्तविक जेन–जीहरुलाई झुक्याउने र धोखा दिने काम ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम