मुख्य समाचार
अमेरिकाले ‘डाइभर्सिटी इमिग्रेन्ट भिसा (डीभी) लटरी’ कार्यक्रम स्थगित
अमेरिकाले ‘डाइभर्सिटी इमिग्रेन्ट भिसा (डीभी) लटरी’ कार्यक्रम स्थगित

: अमेरिकाले ‘डाइभर्सिटी इमिग्रेन्ट भिसा (डीभी) लटरी’ कार्यक्रम स्थगित गरेको छ। गृह सुरक्षा मन्त्री क्रिस्टी नोएमले बिहीबार राति राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा डीभी-१ स्थगित गरिएको जानकारी दिएकी छन्। ब्राउन विश्वविद्यालयमा भएको सामूहिक गोलीकाण्डपछि उक्त कार्यक्रम रोक्न संयुक्त राज्य नागरिकता तथा आप्रवासन सेवालाई आदेश दिएको उनको भनाइ छ।


'राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार यो विनाशकारी कार्यक्रमबाट थप कुनै अमेरिकी नागरिकमाथि क्षति नहोस् भन्ने सुनिश्चित गर्न डीभी-१ कार्यक्रम तत्काल स्थगित गरिएको छ,' एक्समा उनले भनेकी छन्। उनले उक्त कार्यक्रममार्फत नै ब्राउन विश्वविद्यालय गोलीकाण्डका शंकास्पद व्यक्ति अमेरिका प्रवेश गरेको दाबी गरेकी छन्।


शंकास्पद व्यक्ति ४८ वर्षीय पोर्चुगाली नागरिक हुन्, जो दुई दशकअघि ब्राउन विश्वविद्यालयका विद्यार्थी थिए। पछि उनले यही कार्यक्रमअन्तर्गत ग्रिन कार्ड प्राप्त गरेका थिए। 'यस्ता जघन्य अपराध गर्ने व्यक्ति हाम्रो देशमा कहिल्यै प्रवेश गर्न दिनु हुँदैनथ्यो,' नोएमले भनेकी छन्।

गत साता ब्राउन विश्वविद्यालयमा भएको सामूहिक गोलीकाण्डमा दुई जनाको मृत्यु र ९ जना घाइते भएका थिए। बिहीबार न्यू ह्याम्पशायर राज्यको एक भण्डारण केन्द्रमा शंकास्पद व्यक्ति आत्मघाती चोटका कारण मृत अवस्थामा फेला परेका छन्। घटनाको अनुसन्धान जारी रहेको अधिकारीहरूले जनाएका छन्। अनुसन्धानकर्ताहरूका अनुसार सोही व्यक्तिले सोमबार बोस्टनमा म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी)का प्राध्यापक नुनो एफजी लुरेइरोको पनि हत्या गरेको आशंका गरिएको छ।

डाइभर्सिटी इमिग्रेन्ट भिसा कार्यक्रममार्फत वार्षिक ५० हजारभन्दा बढी आप्रवासीलाई भिसा उपलब्ध गराइन्छ। अमेरिकी विदेश विभागका अनुसार कम आप्रवासन दर भएका मुलुकका नागरिकहरू यसमा आवेदन दिन योग्य हुन्छन्। यो कार्यक्रम अमेरिकी कंग्रेसले स्थापना गरेको हो। कार्यक्रम स्थगनको निर्णयलाई कानुनी चुनौती दिइने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: फिलीपिन्सको पालावान प्रान्तस्थित कोरोन क्षेत्र नजिकै समुद्रमा एक यात्रुवाहक फेरीमा भीषण आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ,भने ८७ जना यात्रु बेपत्ता भएका छन्। 'एमभी जुनियर एस्टर' नामको उक्त फेरी फिलिपिन्सको राजधानी मनिलाबाट पालावान प्रान्तको पर्यटकीय क्षेत्र कोरोनतर्फ जाँदै गर्दा अचानक आगलागी भएको हो। दुर्घटनाको खबर पाउनेबित्तिकै खटिएका कोस्ट गार्ड र उद्धारकर्ताहरूको टोलीले हालसम्म ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध आगामी नोभेम्बरमा हुने मध्यावधि (मिडटर्म) निर्वाचनलगत्तै समाप्त हुन सक्ने दाबी गरेका छन्। बिहीबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले इरान अब लामो समयसम्म युद्ध जारी राख्ने स्थितिमा नरहेको बताए। त्यसैगरी, निर्वाचन अघिसम्म इन्धनको मूल्य घट्ने सम्भावना नरहेको संकेत पनि उनले गरे। 'मलाई लाग्छ निर्वाचनको लगत्तै युद्ध सकिनेछ, किनभने उनीहरू ...
: पाकिस्तानले 'मक्का रक्षा सम्झौता' का तीन सदस्य राष्ट्रमध्ये कुनै एकमाथि आक्रमण भएमा त्यसलाई तीनै देशमाथिको संयुक्त आक्रमण मानिने स्पष्ट पारेको छ। उक्त प्रावधानका विषयमा कसैलाई पनि कुनै अन्योल नरहन पाकिस्तानले चेतावनी दिएको छ। बीबीसी फारसीलाई उद्धृत गर्दै पाकिस्तानी रक्षा मन्त्री ख्वाजा आसिफले साउदी अरबमाथि यमनका हुथी विद्रोहीहरूले शृङ्खलाबद्ध हमला गरेपछि यो सम्झौता लागू हुन सक्ने ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानेडियन मदिरा, केही दुग्धजन्य पदार्थ र ठूला मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। यस कदमले भन्सार महसुलबाट सुरु भएको व्यापार युद्धलाई अझ उग्र बनाएको छ। दशकौंदेखि आपसमा जोडिएको दुई देशको व्यापारिक सम्बन्धमा यस निर्णयले गम्भीर खटपट ल्याएको छ। यसले सीमाका दुवैतर्फका व्यवसायी तथा उपभोक्ताहरूलाई ठूलो असर पुर्याउने सम्भावना बढाएको छ। यो आयात ...
। इरानको रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) निकट समाचार एजेन्सीहरूले जोर्डनमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा मिसाइल आक्रमण भएको दाबी गरेका छन् । इरानी मिसाइलहरूले पूर्वी जोर्डनस्थित प्रिन्स हसन सैन्य आधार शिविरलाई निशाना बनाएको दाबी छ । इरानी स्रोतहरूले जोर्डनमा भएका मिसाइल आक्रमणको पहिलो चरणसँग सम्बन्धित धेरै भिडियो फुटेज प्रकाशित गरेका छन् । तीमध्ये केही भिडियोमा ‘इरानी मिसाइलहरू ...