मुख्य समाचार
अमेरिकामा आप्रवासनको प्रमुख आधार डाइभरसिटी भिसा (लोटरी) कार्यक्रम अन्ततः स्थगित
अमेरिकामा आप्रवासनको प्रमुख आधार डाइभरसिटी भिसा (लोटरी) कार्यक्रम अन्ततः स्थगित

: अमेरिकामा आप्रवासनको प्रमुख आधार डाइभरसिटी भिसा (लोटरी) कार्यक्रम अन्ततः स्थगित गरिएको छ। अमेरिकामा स्थायी बसोबासका लागि डाइभरसिटी भिसामार्फत प्रत्येक वर्ष ठूलो संख्यामा आप्रवासन हुने गरेको थियो। नेपालबाट पनि डाइभरसिटी भिसा लोटरीमार्फत अमेरिका आएकाको संख्या अत्यधिक रहेको छ। यो लोटरी कार्यक्रममार्फत सपरिवार ग्रिनकार्डसहित अमेरिका आउन सकिन्थ्यो।




डाइभरसिटी भिसा कार्यक्रमको विपक्षमा रहँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले अन्ततः डाइभरसिटी भिसा कार्यक्रम स्थगनको आदेश गरेका छन्। यो आदेश उनले रोड आइल्यान्ड राज्यमा रहेको ब्राउन विश्व विद्यालयमामा गोली काण्ड र विश्व प्रसिद्ध म्यासाच्युट्सइन्स्टिच्युट अफ टेक्नोलोजीका प्रोफेसर नुनो लौरेइरो (४७ वर्षीय) गोली हानी भएको हत्यामा संलग्न व्यक्ति डिभी कार्यक्रममार्फत छानिएका पोर्चुगेली नागरिक रहेको खुलेपछि दिएका हुन्।


डिसेम्बर १३ मा ब्राउन विश्वविद्यालयमा भएको गोली काण्डमा २ विद्यार्थीको मृत्यु भएको थियो भने ९ जना घाइते भएका थिए। त्यसको एक दिनपछि एमआईटीका प्रोफेसरको गोली हानी हत्या भएको थियो। दुवै घटनाका संदिग्धको खोजी गर्ने क्रममा प्रहरीले घटनामा संलग्न क्याल्याउदियो म्यान्युअल नेभेस भलेन्टे (४८ वर्षीय) एकै व्यक्ति भएको जनाउँदै ती व्यक्ति ब्राउन विश्वविद्यालयकै पूर्वविद्यार्थी रहेको र उनी सन् २००० मा अध्ययनका लागि अमेरिका आएका थिए उनलाई पछि सन् २०१७ मा डिभी परेको प्रहरी प्रशासनले जनाएको छ। घटनामा संलग्न व्यक्ति आप्रवासी भएको र उनी डिभीमार्फत अमेरिका बस्ने अनुमति प्राप्त व्यक्ति भएको खुलेपछि ट्रम्प प्रशासनले डिभी कार्यक्रम स्थगनको आदेश गरेको छ। घटनामा संलग्न व्यक्तिको पनि मृत्यु भएको छ सो घटनामा संलग्न भलेन्टको शव न्युह्यायसायर राज्यको एक स्टोरेजमा फेला परेको छ।




अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी सेक्रेटरी(गृहमन्त्री) क्रिस्टी नोयमले राष्ट्रपतिको आदेशअनुसार युनाइटेड स्टेट्स सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिसेजलाई डिभी कार्यक्रम स्थगित गर्न निर्देशन दिइएको जनाएकी छन्। डिभी कार्यक्रममार्फत अमेरिका आएकाहरू गम्भीर प्रकृतिका घटनामा संलग्न हुने गरेको देखिएकाले डिभी कार्यक्रम स्थगनको आदेश राष्ट्रपतिबाट आएको बिहीबार उल्लेख गरेकी छन्।

विभिन्न आपराधिक घटनामा संलग्नहरू आप्रवासी रहे र उनीहरू जुन देशबाट अमेरिका आएका थिए त्यो देशलाई नै लक्षित गर्ने गरी अमेरिकी प्रशासनले निर्णयहरू गर्न थालेको छ। त्यसै अनुरूप पछिल्लो समय विभिन्न देशका नागरिकलाई अमेरिकी भूमि प्रवेशमै प्रतिबन्ध लगाइएको छ भने भिसासमेत निलम्बन गर्ने गरिएको छ। साथै, अमेरिकाको स्थायी बसोबास अनुमति पाउने आधारहरूसमेत खारेजी, स्थगन वा उनीहरूका लागि त्यो सुविधा नहुने गरी निर्णय वा आदेश भइरहेको छ। अमेरिकाको स्थायी बसोबास अनुमति प्राप्त गर्ने विभिन्न आधारहरू रहेका छन् तर सबैभन्दा सजिलो आधारका रूपमा डाइभरसिटी भिसा कार्यक्रमलाई लिने गरिन्छ। सन् १९९५ देखि अमेरिकाले डाइभरसिटी भिसा कार्यक्रम सुरु गरेको थियो। अमेरिकामा आप्रवासीहरूको संख्याको अनुपात मिलाउने गरी इमिग्रेसन एक्ट १९९० मार्फत १९९५ बाट रिपब्लिकनकै उम्मेदवार राष्ट्रपति जर्न डब्लु बुस रहेको समयमा डिभी सञ्चालन भएको थियो। जसमार्फत प्रत्येक वर्ष ५५ हजार अमेरिका आप्रवासीका रूपमा आउने गर्दथे। सामान्यतः अर्को वर्षका लागि एक वर्षअघि नै आवेदन खुल्ने गर्दथ्यो, जुन आवेदनहरू लोटरीमार्फत छानिने गर्दथ्यो। अमेरिका सन् १७९० मै द नेचुरलायजेसन एक्ट ल्याएर आप्रवासन सुरु भएको थियो। त्यसको करिब २ सय वर्षपछि इमिग्रेसन एक्टमार्फत डिभी कार्यक्रम अघि बढेको थियो।

हालका राष्ट्रपति डोनाल्ड जे ट्रम्प आप्रवासीप्रति कठोर मानिन्छन्, आफ्नो पहिलो राष्ट्रपतिको कार्यकालमा समेत डिभी कार्यक्रम बन्द गर्न खोजेका उनी सफल नभए पनि दोस्रो कार्यकालमा भने विभिन्न कार्यक्रम अघि सार्दै डिभीको विकल्पको खोजीमा देखिएका छन्। एचवान भिसा कार्यक्रममा समेत लोटरी व्यवस्था रहेकामा त्यसलाई पनि ट्रम्पले स्थगन गर्दै एचवानमा कडाइ गरेका थिए।

सन् २०२७ का लागि डिभी कार्यक्रमका लागि आवेदनसमेत नखुलेको अवस्थामा ट्रम्पको पछिल्लो आदेशले त्यो सम्भावनाको पनि अन्त्य गरेको छ। पछिल्लोपटक सन् २०२६ का लागि नोभेम्बर ७, २०२४ मा आवेदन बन्द भएको थियो, जसमा ३ हजार ९ सय ३३ जना नेपाली डिभी लोटरीमा छानिएका थिए। यसअघि, २०२४ मा ३ हजार ८ सय ६३ जना नेपाली डिभी लोटरीमा छानिएका थिए। सन् २०११ मा २ हजार १ सय ८९ जना डिभीमार्फत छानिदा त्यसपछि वर्षहरू नेपालीले डिभी लोटरी पाउने संख्यासमेत क्रमशः बढ्दै गइरहेको थियो। डिभी लोटरीमार्फत अमेरिकामा आप्रवासनको शृखंला एकातर्फ बढिरहँदा अर्कोतर्फ यसलाई बन्द गर्नुपर्छ भन्ने आवाज र माग पनि अमेरिका उड्दै आएको देखिन्छ। डिभी कार्यक्रम स्थायी रूपमै बन्द गर्नुपर्ने माग दाबीसहितका बिलहरू कंग्रेस र सिनेटमा विचाराधीन रहेको छ। पछिल्लोपटक हाउस अफ रिप्रिजेन्टेटिभ्स माइक कोलिन्सले सेक्युरिटी एन्ड फेयरनेस इन्ह्यान्समेन्ट फर अमेरिका एक्ट अफ २०२५ लाई हाउसमा रिइन्ट्रिड्युस्ड गरेका छन्।

अन्य देशहरूसँगै नेपालबाट पनि प्रत्येक वर्ष करिब ४ हजारलाई डिभी लटरी पर्ने गर्दथ्यो, डिभीको जम्मा संख्यालाई डिभीका लागि योग्य अन्य देशको संख्यासँग अनुपात मिलाउँदा केही तलमाथि हुने गरे पनि औसतमा बर्सेनि करिब ४ हजार डिभीमा छानिने गर्दथे र उनीहरूले परिवारसहित अमेरिका स्थायी बसोबासको अनुमति पाउने गर्दथे। सन् २०२५ को डिभीका लागि २०२३ को अन्त्यमा खुलाइएको डिभी आवेदन कार्यक्रममार्फत ३८६१ जना छानिएका थिए।

नेपालबाट डिभी कार्यक्रममा भाग लिने को संख्या ठूलो रहेको छ। प्रत्येक वर्ष करिब १० लाखले आवेदन दिने गरेका छन्। र, डिभी कार्यक्रममार्फत अमेरिकी भूमि आउनेको संख्यामा नेपाल एसियामा इरान र अफगानिस्तानभन्दा मात्र पछि रहेको छ । अमेरिकामा हुने गरेको आपराधिक घटनामा संलग्नहरूमध्ये केही आप्रवासीहरू पनि परेपछि त्यसको मार आमआप्रवासीले खेप्नुपर्ने अवस्था देखिएको छ।

राष्ट्रपति डोनाल्ड जे ट्रम्पले एकपछि अर्को कार्यकारी आदेश जारी गर्दै आप्रवासीप्रति कठोर नीतिको पक्षमा आफू रहेको देखाएका छन्। टेम्पोररी प्रोटेक्टेड स्टाटस निलम्बन, स्थायी रूपमा अमेरिका बस्न वा काम गर्न अनुमति प्राप्त कागजात नभएकालाई अमेरिकाबाट निकाला गर्ने प्रक्रियालाई तीव्रता, शरणार्थीलगायत संरक्षण गर्ने प्रक्रियामा कठोर नीति, बोडरमा कडाइले अमेरिकी सपना साचेर आएका विभिन्न देशका नागरिक यतिखे चिन्तित भएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इरानस्थित अमेरिकी भर्चुअल दूतावासले अमेरिकी नागरिकहरूका लागि सुरक्षा सतर्कता जारी गरेको छ। अमेरिकाले जारी गरेको सुरक्षा सतर्कतामा आर्मेनिया वा टर्की हुँदै इरान छोड्न कुरामा पनि विचार गर्न आग्रह गरिएको छ। अमेरिकाले त्यहाँ रहेका नागरिकलाई सञ्चारका वैकल्पिक उपायका बारेमा सोच्न तथा सुरक्षित रहन पनि आग्रह गरेको छ। इरानमा हाल सडक बन्द, सार्वजनिक यातायात र इन्टरनेट सेवामा ...
: इरानी विदेशमन्त्री अब्बास अराघची ओमान पुगेका छन्। उनले शुक्रबार राजधानी मस्कटमा अमेरिकी राजदूतहरूसँग वार्ता गर्ने कार्यक्रम छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रम सीमित गर्न नयाँ सम्झौता नगरेसम्म इरानविरुद्ध सैन्य कारबाही गर्ने धम्की दिएका छन्। इरानले आणविक मुद्दामा वार्ता गर्न तयार रहेको बताएको छ। तर आफ्नो क्षेप्यास्त्र कार्यक्रम सीमित गर्ने जस्ता मागहरूमा वार्ता नगर्ने ...
: रुसको राजधानी मस्कोमा रुसी सेनाका जनरलमाथि गोली प्रहार भएको छ। लेफ्टिनेन्ट जनरल भ्लादिमिर अलेक्सेयेभलाई गोली हानी घाइते बनाइएको हो। शुक्रबार बिहान मस्कोको उत्तरपश्चिमी बाहिरी क्षेत्रमा रहेको भोलोकोलाम्स्कोय राजमार्ग नजिकैको एक आवासीय भवनमा उनीमाथि आक्रमण भएको बीबीसीमा समाचार छ। आक्रमणपछि गम्भीर घाइते अलेक्सेयेभलाई तत्काल अस्पतालमा भर्ना गरिएको भए पनि उनको स्वास्थ्य अवस्थाबारे हालसम्म विस्तृत जानकारी सार्वजनिक ...
: चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन वार्ता गरेका छन्। वार्ताका क्रममा सीले ताइवानलाई चीन–अमेरिका सम्बन्धको 'सबैभन्दा महत्त्वपूर्ण र संवेदनशील मुद्दा' का रूपमा उल्लेख गरेका छन्। चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति सीले ताइवानलाई हतियार उपलब्ध गराउने विषयमा अमेरिका ‘सावधानी’ अपनाउनुपर्ने स्पष्ट सन्देश दिएका छन्। उनले यस कदमले क्षेत्रीय स्थिरता र दुई देशबीचको सम्बन्धमा ...
डक्टरस विदाउट बोर्डर्स (एमएसएफ) ले दक्षिण सुडानको जोङ्लेई राज्यमा दुई लाख भन्दा बढी मानिसहरूलाई स्वास्थ्य सेवा दिईरहेको एक अस्पतालमा हवाई आक्रमण भएको बताएको छ । आक्रमणको क्रममा अस्पतालको मुख्य गोदाम नष्ट भएकाले चिकित्सा सेवा उपलब्ध गराउनका लागि अधिकांश सामग्रीहरू गुमाएको एमएसएफले बताएको छ । दक्षिण सुडानको सशस्त्र बलको सरकार देशमा हवाई आक्रमण गर्ने क्षमता भएको एक मात्र ...