मुख्य समाचार
ताइवानको राजधानी ताइपेईमा भएको चक्कु आक्रमणबाट तीन जनाको मृत्यु
ताइवानको राजधानी ताइपेईमा भएको चक्कु आक्रमणबाट तीन जनाको मृत्यु

: ताइवानको राजधानी ताइपेईमा भएको चक्कु आक्रमणबाट तीन जनाको मृत्यु भएको छ । धेरै जना घाइते भएका छन्। एक व्यक्तिले चक्कु र धुवाँयुक्त ग्रेनेडले आक्रमण गर्दा कम्तीमा तीन जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। घटनामा २७ वर्षीय चाङ वेनले ‘स्मोक बम’ प्रज्वलन गर्दै भीडभाड भएको क्षेत्रमा मानिसमाथि आक्रमण गरेका थिए।


ताइवानका प्रधानमन्त्री चो जुङ–ताइका अनुसार आक्रमणकारीले ताइपेईको मुख्य मेट्रो स्टेशनमा ‘स्मोक बम’ प्रहार गरेपछि नजिकैको व्यस्त किनमेल क्षेत्रमा रहेको अर्को स्टेशनतर्फ दौडिँदै मानिसहरूलाई चक्कुले आक्रमण गरेका थिए। आक्रमणकारीको नाम चाङ वेन रहेको र उनी ताइवानकै नागरिक भएको अधिकारीहरूले बताएका छन्।


प्रधानमन्त्रीका अनुसार आक्रमणकारी पछि एक बहुमन्जिला भवनबाट खसेका कारण गम्भीर घाइते भई अस्पतालमा मृत्यु भएको हो। उनको आक्रमणको उद्देश्य हालसम्म स्पष्ट हुन नसकेको बीबीसीमा उल्लेख छ।

घटना शुक्रबार साँझ करिब ५:२० बजे कार्यालय समयपछि भएको हो, जब मेट्रो स्टेशनहरूमा यात्रुको चाप बढी हुन्छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा धुवाँ फैलिएको सडकबाट मानिसहरू आतंकित हुँदै भागिरहेको देखिन्छ।

प्रहरीले घेरा हालेपछि आक्रमणकारी नजिकैको पुस्तक पसल तथा डिपार्टमेन्ट स्टोरमा पसेका थिए। त्यसक्रममा उनी भवनबाट खसेपछि नियन्त्रणमा लिइए पनि उपचारका क्रममा मृत्यु भएको हो।

यस घटनापछि ताइवान सरकारले मेट्रो र रेल स्टेशनहरू तथा विमानस्थलहरूमा सुरक्षा कडा बनाएको छ। राष्ट्रपति विलियम लाईले घटनाको छिटो र गहिरो अनुसन्धान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

ताइवानमा यस्ता हिंसात्मक घटनाहरू दुर्लभ मानिन्छन्। यसअघि सन् २०१४ मा ताइपेईको भूमिगत रेलमा भएको आक्रमणमा चार जनाको ज्यान गएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकामा आप्रवासनको प्रमुख आधार डाइभरसिटी भिसा (लोटरी) कार्यक्रम अन्ततः स्थगित गरिएको छ। अमेरिकामा स्थायी बसोबासका लागि डाइभरसिटी भिसामार्फत प्रत्येक वर्ष ठूलो संख्यामा आप्रवासन हुने गरेको थियो। नेपालबाट पनि डाइभरसिटी भिसा लोटरीमार्फत अमेरिका आएकाको संख्या अत्यधिक रहेको छ। यो लोटरी कार्यक्रममार्फत सपरिवार ग्रिनकार्डसहित अमेरिका आउन सकिन्थ्यो। डाइभरसिटी भिसा कार्यक्रमको विपक्षमा रहँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड जे ...
: अमेरिकाले ‘डाइभर्सिटी इमिग्रेन्ट भिसा (डीभी) लटरी’ कार्यक्रम स्थगित गरेको छ। गृह सुरक्षा मन्त्री क्रिस्टी नोएमले बिहीबार राति राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा डीभी-१ स्थगित गरिएको जानकारी दिएकी छन्। ब्राउन विश्वविद्यालयमा भएको सामूहिक गोलीकाण्डपछि उक्त कार्यक्रम रोक्न संयुक्त राज्य नागरिकता तथा आप्रवासन सेवालाई आदेश दिएको उनको भनाइ छ। 'राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार यो विनाशकारी कार्यक्रमबाट थप कुनै अमेरिकी ...
: युरोपेली संघका नेताहरूले युक्रेनलाई ९० अर्ब युरो ऋण उपलब्ध गराउन सहमत भएका छन्। यसअघि,युरोपेली नेताहरूले युद्धका कारण फ्रिज गरिएका रूसी सम्पत्तिहरू प्रयोग गर्ने कि नगर्ने भन्ने बारेमा छलफल गरेका थिए। नेताहरूले यो सम्झौताले आगामी दुई वर्षको लागि युक्रेनको सैन्य र आर्थिक आवश्यकताहरू पूरा गर्ने बताएका छन्। ब्रसेल्समा भएको शिखर सम्मेलनमा एक दिनभन्दा बढी समयको वार्तापछि ...
: बंगलादेशी विद्यार्थी नेता शरीफ उस्मान हादीको मृत्युपछि बंगलादेशमा पुनः हिंसात्मक अवस्था सिर्जना भएको छ। राजधानी ढाकाका विभिन्न क्षेत्रमा विरोध प्रदर्शनसँगै तोडफोड र आगजनीका घटनाहरू भएका छन्। बीबीसी बंगलाका अनुसार हादीको मृत्युपछि ढाकाको धनमन्डी,शाहबागलगायत क्षेत्रहरूमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। उनीहरूले सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन्। यसैबीच,बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले ...
— बंगलादेशमा लोकप्रिय विद्यार्थी नेताको निधनपछि प्रदर्शन चर्किएको छ। परिस्थिति नियन्त्रणबाहिर पुगेपछि शुक्रबार प्रहरी तथा अर्धसैन्य दस्तालाई ढाकासहित विभिन्न क्षेत्रमा परिचालन गरिएको छ। बिहीबार राति देशभर हिंसा, तोडफोड तथा आगजनीका घटना भएका थिए। दुई लोकप्रिय सञ्चारमाध्यम प्रोथोम आलो र डेली स्टार को कार्यालयमा पनि प्रदर्शनकारीले निशाना साँधेका छन्। आगामी फेब्रुअरी १२ मा बंगलादेशमा आम चुनाव हुने तय ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम