मुख्य समाचार
ताइवानको राजधानी ताइपेईमा भएको चक्कु आक्रमणबाट तीन जनाको मृत्यु
ताइवानको राजधानी ताइपेईमा भएको चक्कु आक्रमणबाट तीन जनाको मृत्यु

: ताइवानको राजधानी ताइपेईमा भएको चक्कु आक्रमणबाट तीन जनाको मृत्यु भएको छ । धेरै जना घाइते भएका छन्। एक व्यक्तिले चक्कु र धुवाँयुक्त ग्रेनेडले आक्रमण गर्दा कम्तीमा तीन जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। घटनामा २७ वर्षीय चाङ वेनले ‘स्मोक बम’ प्रज्वलन गर्दै भीडभाड भएको क्षेत्रमा मानिसमाथि आक्रमण गरेका थिए।


ताइवानका प्रधानमन्त्री चो जुङ–ताइका अनुसार आक्रमणकारीले ताइपेईको मुख्य मेट्रो स्टेशनमा ‘स्मोक बम’ प्रहार गरेपछि नजिकैको व्यस्त किनमेल क्षेत्रमा रहेको अर्को स्टेशनतर्फ दौडिँदै मानिसहरूलाई चक्कुले आक्रमण गरेका थिए। आक्रमणकारीको नाम चाङ वेन रहेको र उनी ताइवानकै नागरिक भएको अधिकारीहरूले बताएका छन्।


प्रधानमन्त्रीका अनुसार आक्रमणकारी पछि एक बहुमन्जिला भवनबाट खसेका कारण गम्भीर घाइते भई अस्पतालमा मृत्यु भएको हो। उनको आक्रमणको उद्देश्य हालसम्म स्पष्ट हुन नसकेको बीबीसीमा उल्लेख छ।

घटना शुक्रबार साँझ करिब ५:२० बजे कार्यालय समयपछि भएको हो, जब मेट्रो स्टेशनहरूमा यात्रुको चाप बढी हुन्छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा धुवाँ फैलिएको सडकबाट मानिसहरू आतंकित हुँदै भागिरहेको देखिन्छ।

प्रहरीले घेरा हालेपछि आक्रमणकारी नजिकैको पुस्तक पसल तथा डिपार्टमेन्ट स्टोरमा पसेका थिए। त्यसक्रममा उनी भवनबाट खसेपछि नियन्त्रणमा लिइए पनि उपचारका क्रममा मृत्यु भएको हो।

यस घटनापछि ताइवान सरकारले मेट्रो र रेल स्टेशनहरू तथा विमानस्थलहरूमा सुरक्षा कडा बनाएको छ। राष्ट्रपति विलियम लाईले घटनाको छिटो र गहिरो अनुसन्धान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

ताइवानमा यस्ता हिंसात्मक घटनाहरू दुर्लभ मानिन्छन्। यसअघि सन् २०१४ मा ताइपेईको भूमिगत रेलमा भएको आक्रमणमा चार जनाको ज्यान गएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: फिलीपिन्सको पालावान प्रान्तस्थित कोरोन क्षेत्र नजिकै समुद्रमा एक यात्रुवाहक फेरीमा भीषण आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ,भने ८७ जना यात्रु बेपत्ता भएका छन्। 'एमभी जुनियर एस्टर' नामको उक्त फेरी फिलिपिन्सको राजधानी मनिलाबाट पालावान प्रान्तको पर्यटकीय क्षेत्र कोरोनतर्फ जाँदै गर्दा अचानक आगलागी भएको हो। दुर्घटनाको खबर पाउनेबित्तिकै खटिएका कोस्ट गार्ड र उद्धारकर्ताहरूको टोलीले हालसम्म ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध आगामी नोभेम्बरमा हुने मध्यावधि (मिडटर्म) निर्वाचनलगत्तै समाप्त हुन सक्ने दाबी गरेका छन्। बिहीबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले इरान अब लामो समयसम्म युद्ध जारी राख्ने स्थितिमा नरहेको बताए। त्यसैगरी, निर्वाचन अघिसम्म इन्धनको मूल्य घट्ने सम्भावना नरहेको संकेत पनि उनले गरे। 'मलाई लाग्छ निर्वाचनको लगत्तै युद्ध सकिनेछ, किनभने उनीहरू ...
: पाकिस्तानले 'मक्का रक्षा सम्झौता' का तीन सदस्य राष्ट्रमध्ये कुनै एकमाथि आक्रमण भएमा त्यसलाई तीनै देशमाथिको संयुक्त आक्रमण मानिने स्पष्ट पारेको छ। उक्त प्रावधानका विषयमा कसैलाई पनि कुनै अन्योल नरहन पाकिस्तानले चेतावनी दिएको छ। बीबीसी फारसीलाई उद्धृत गर्दै पाकिस्तानी रक्षा मन्त्री ख्वाजा आसिफले साउदी अरबमाथि यमनका हुथी विद्रोहीहरूले शृङ्खलाबद्ध हमला गरेपछि यो सम्झौता लागू हुन सक्ने ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानेडियन मदिरा, केही दुग्धजन्य पदार्थ र ठूला मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। यस कदमले भन्सार महसुलबाट सुरु भएको व्यापार युद्धलाई अझ उग्र बनाएको छ। दशकौंदेखि आपसमा जोडिएको दुई देशको व्यापारिक सम्बन्धमा यस निर्णयले गम्भीर खटपट ल्याएको छ। यसले सीमाका दुवैतर्फका व्यवसायी तथा उपभोक्ताहरूलाई ठूलो असर पुर्याउने सम्भावना बढाएको छ। यो आयात ...
। इरानको रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) निकट समाचार एजेन्सीहरूले जोर्डनमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा मिसाइल आक्रमण भएको दाबी गरेका छन् । इरानी मिसाइलहरूले पूर्वी जोर्डनस्थित प्रिन्स हसन सैन्य आधार शिविरलाई निशाना बनाएको दाबी छ । इरानी स्रोतहरूले जोर्डनमा भएका मिसाइल आक्रमणको पहिलो चरणसँग सम्बन्धित धेरै भिडियो फुटेज प्रकाशित गरेका छन् । तीमध्ये केही भिडियोमा ‘इरानी मिसाइलहरू ...