मुख्य समाचार
कुनै तर्क र बहानामा निर्वाचनको मिति सार्ने दुस्साहस नगर्न चेतावनी
कुनै तर्क र बहानामा निर्वाचनको मिति सार्ने दुस्साहस नगर्न चेतावनी

: नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ʻप्रचण्डʼले कुनै तर्क र बहानामा निर्वाचनको मिति सार्ने दुस्साहस नगर्न चेतावनी दिएका छन्। शनिबार पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

संयोजक प्रचण्डले सरकारले निर्वाचनको मिति सार्ने वा धकेल्ने काम गर्‍यो भने चुप लागेर नबस्ने चेतावनी दिएका हुन्।



ʻतपाईंहरू कुनै तर्क र बहानामा निर्वाचनको मिति सार्ने दुस्साहस नगर्नुहोला। यदि तपाईंहरूले संविधान बारबार मिच्ने कोसिस नगर्नुहोस्। एकचोटी त मिचिसकेको छ केही हदसम्म, तर त्यसमा हामीले देशको असहज परिस्थितिलाई हेरेर अन्तरिम सरकार बनाउन सहजीकरण गरेकै हौँ,ʼउनले भने,ʻतर यो सरकारले फेरि निर्वाचनको मिति सार्ने, यसलाई धकेल्ने काम गर्‍यो भने फेरि संविधान मिचिन्छ। यदि त्यसो गरियो भने हामी चुप लागेर बस्ने छैनौँ।ʼ

संयोजक प्रचण्डले आफूहरूले देशभर जनताको विशाल उपस्थिति देखाइसकेको भन्दै यसलाई खेलाँची नठान्न आग्रह गरे। यो शक्तिलाई जिस्काएर संविधानसँग फेरि खेलबाड गरियो भने यो शक्ति सडकमा आउने उनले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–३१ बाँसपानीकी ७५ वर्षीया दालकुमारी परियारको यही पुस ३ गते धारिलो हतियार प्रयार गरी हत्या भएको थियो । प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा मृतकका नाति २२ वर्षीय आशिष परियारलाई शुक्रबार पोखरा–१० बुद्धचोकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी ...
— पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–३१ बाँसपानीकी ७५ वर्षीया दालकुमारी परियारको यही पुस ३ गते धारिलो हतियार प्रयार गरी हत्या भएको थियो । प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा मृतकका नाति २२ वर्षीय आशिष परियारलाई शुक्रबार पोखरा–१० बुद्धचोकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी ...
: नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले फागुन २१ गते तोकिएको निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र निष्पक्ष बनाउन सरकार गम्भीर हुनुपर्ने बताएका छन् । निर्वाचनको मिति नजिकिँदै जाँदा देशका विभिन्न स्थानमा देखिएको असुरक्षा, फरार कैदीको अवस्था र हातहतियार लुटिएका जस्ता घटनाले लोकतान्त्रिक प्रक्रियामै प्रश्न उठ्ने अवस्था सिर्जना भएको भन्दै उनले सरकारको भूमिकामाथि कडा प्रश्न गरेका ...
— मोटरसाइकल दुर्घटनामा कृषि ज्ञान केन्द्र खोटाङका कार्यालय सहयोगीको मृत्यु भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ३० वर्षीय दिनेश आचार्यले चलाएको मोटरसाइकल सोल्मामा शुक्रबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार सोही नगरपालिका–१ दिक्तेलका ५५ वर्षीय पदमबहादुर खड्काको मृत्यु भएको हो । दोर्पाबाट दिक्तेल आउँदै गरेको प्रदेश १–०५००१ प १७६४ नम्बरको मोटरसाइकल मध्यपहाडी लोकमार्गअन्तर्गत सोल्मामा ...
: नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधव नेपालले जनताको चाहनालाई साकार पार्न आफूहरू इमान्दारिताका साथ अगाडि बढिरहेको बताएका छन्। काठमाडौंमा आयोजित नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देशसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। सहसंयोजक नेपालले आफूहरूलाई एक पटक मौका दिनुपर्ने बताए। उनले भने,ʻहामी जनताको चाहनालाई साकार पार्नका लागि इमान्दारिताका साथ अगाडि बढेका छौँ कि छैनौँ। ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम