मुख्य समाचार
प्रदूषण र अतिक्रमणको चपेटामा परेको वीरगन्जको सिर्सिया नदीको सफाई र संरक्षणका लागि यहाँका युवाहरूले दबाबमुलक अभियान
प्रदूषण र अतिक्रमणको चपेटामा परेको वीरगन्जको सिर्सिया नदीको सफाई र संरक्षणका लागि यहाँका युवाहरूले दबाबमुलक अभियान

: झण्डै तीन दशकदेखि प्रदूषण र अतिक्रमणको चपेटामा परेको वीरगन्जको सिर्सिया नदीको सफाई र संरक्षणका लागि यहाँका युवाहरूले दबाबमुलक अभियान थालेका छन्। पर्सा–बारा औद्योगिक कोरिडोरका उद्योगहरूले उद्योगका रसायनयुक्त दूषित पानी र फोहारजन्य पदार्थ सिधै सिर्सिया नदीमा बिसर्जन गर्दै आएका कारण नदी करिब तीन दशकदेखि प्रदूषित छ।

नदीलाई प्रदूषण मुक्त बनाउन वीरगन्ज महाननगरपालिकाले निरन्तर रूपमा प्रयास गर्दै आएको भए पनि त्यसले सार्थकता नपाएपछि वीरगन्जका युवाहरू अब आफैं जागरुक भएर अगाडि सरेका हुन्। शनिबार बिहान वीरगन्जका जेनजी पुस्ताका करिब ३० जना युवाहरूले रानीघाटस्थित नदीमा पुगेर त्यहाँबाट २० वटा बोतलमा नदीको फोहोर पानी भरेर ती पानीका बोतलहरू जिल्ला प्रशासन कार्यालय र वीरगन्ज महानगरपालिकाको कार्यालयमा लगेर दिएका छन्।


सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन यसअघि महानगरसहित विभिन्न निकायले गरेको प्रयास सफल नभएपछि अब युवाहरू नै स्वस्फूर्त रूपमा अगाडि आएको युवाहरूको अगुवाइ गरिरहेका किसु सर्राफले बताए। सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउने अभियान अब युवाहरू आफैंले सुरु गरेको भन्दै उनले अभियानको पहिलो दिन शनिबार सिर्सिया नदीको कालो पानी २० वटा बोतलमा भरेर जिल्ला प्रशासन कार्यालय र वीरगन्ज महानगरपालिकामा लगेर दिएको बताए। उनले भने,‘केही व्यक्तिले नदी सफा भइसक्यो भन्ने भ्रमपनि छरेका थिए। तिनीहरूलाई वास्तविकता देखाउनका लागि पनि बोतलमा पानी भरेर हामीले लगेर दिएका हौं।’




सिर्सिया नदीलाई प्रदूषित बनाउने कार्यमा यहाँका उद्योगहरू नै मुख्य जिम्मेवार रहेकाले आगामी शनिबार बोतलमा नदीको पानी भरेर वीरगन्ज उद्योग वाणिज्य संघमा पनि लगेर दिने उनले जानकारी दिए। उनले भने,‘नदी प्रदूषित पार्ने उद्योगहरूको पक्षमा सधैँ उद्योग वाणिज्य संघले पक्षपोषण मात्रै गर्दै आइरहेको छ। त्यसका कारण उसलाई पनि नदीको यथार्थ अवस्थाबारे जानकारी गराउनु पर्नेछ।’

त्यसपछि बाराको परवानीपुर गाउँलिका, जीतपुरसिमरा उपमहानरपालिकाका साथै पर्सा र बाराबाट संघ र प्रदेश सभामा प्रतिनिधित्व गरेका निर्वतमान संघीय सांसद, पूर्व संघीय सांसद, प्रदेश सांसद, पूर्वमन्त्रीहरूको पनि घर र कार्यालयमै पुगेर फोहोर पानीसहितको बोतल लगेर दिने कार्यक्रम रहेको सर्राफले बताए। उनले भने,‘ म हाम्रा पूर्वमन्त्री र सांसदहरूलाई अहिले नै भन्छु कि तपाईंको घर वा अफिसको टेबलमा पनि सिर्सिया नदीको फोहोर पानीको बोतल उपहारका रूपमा पुग्नेवाला छ ,तयार भएर बस्नु होला।’

यसका अतिरिक्त युवाहरूले सिर्सिया नदीकै फोहोर पानीमा उभिएर कविता वाचन गर्ने, महाआरती गर्ने कार्यक्रमहरू पनि रहेको उनले जानकारी दिए। अर्का युवा आयुष गुप्ताले छठ पर्वका बेला मात्रै नदी प्रदूषणबारे प्रश्न उठ्ने गरेको भाष्यलाई चुनौती दिन अहिले छठ नभएको बेलामा पनि वीरगन्जका युवाहरूले नदी प्रदूषणमुक्त अभियान सुरु गरेको बताए।

वीरगन्ज शहरको लाइफलाइनकै रुपमा रहेको सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन युवाहरूले सुरु गरेको अभियानमा साथ र सहयोग दिन महानगरवासीसंग उनले आह्वान पनि गरे। बाराको रामवनबाट मुहान सुरु भएर बग्दै पर्साको वीरगन्ज महानगर हुँदै भारत बिहारको रक्सौलसम्म पुगेको सिर्सिया नदीमा पर्सा–बारा औद्योगिक कोरिडोरमा रहेकामध्ये २० भन्दा बढी उद्योगहरूले प्रदूषण गर्दै आइरहेका छन्। कपडा, कार्टुन , छाला , साबुन लगायतका उद्योगहरूले उद्योगको रसायनयुक्त पानी, फोहोरको लेदो, कोइलाको छाँई, खरानी, सडेगलेका छाला, रौं लगायतका फोहोर पदार्थ प्रशोधन नगरी सिधैं नदीमा मिसाउँदै आएका छन्।

सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउने निरन्तर प्रयास वीरगन्ज महानगरपालिकाले यसअघि पाँच वटा उद्योगहरूलाई जनही तीन तीन लाख रुपैयाँ आर्थिक जरिवाना गरिसकेको छ। त्यति गर्दा पनि नटरेपछि महानगरपालिकाले महानगरबाट संकलित फोहोर कचरा ती उद्योगहरू भित्रै लगेर खन्याएको थियो। तरपनि सिर्सिया नदी अझैसम्म प्रदूषणमु्क्त भने हुन सकेको छैन।

नदीको प्रदूषण र दुर्गन्धले नदी आसपासमा रहेका बारा र पर्साका करिब दुई दर्जन गाउँका बासिन्दा प्रभावित हुँदै आएका छन्। सिर्सिया नदीको प्रदूषित पानीका कारण नदी छेउका बासिन्दा तथा पशु चौपायामा रोगको संक्रमणसमेत देखिने गरेको नदी छेउका स्थानीय बताउँछन्।

२०६७ सालमा जिल्ला प्रशासन कार्यालय पर्साले सिर्सिया नदी अनुगमन समिति गठन गरेको थियो। उक्त समितिले नदीको स्थलगत अनुगमन गरी तयार पारेको प्रतिवेदनमा प्रदूषणको कारक उद्योगहरू नै रहेको उल्लेख थियो। प्रतिवेदनमा नदी प्रदूषण गर्ने र अविलम्ब कारबाही गर्नुपर्ने उद्योगहरूको नामै किटान गरिएको थियो।रितेश त्रिपाठी संयोजकत्वको समितिको प्रतिवेदनमा नदि प्रदूषित बनाउनेमा औद्योगिक करिडोरका ४६ वटा उद्योगहरूको नाम किटान गरिएको थियो। उक्त समितिले २०६७ साल मंसिर २२ मा तत्कालीन प्रमुख जिल्ला अधिकारी नागेन्द्र झालाई उक्त प्रतिवेदन बुझाएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–३१ बाँसपानीकी ७५ वर्षीया दालकुमारी परियारको यही पुस ३ गते धारिलो हतियार प्रयार गरी हत्या भएको थियो । प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा मृतकका नाति २२ वर्षीय आशिष परियारलाई शुक्रबार पोखरा–१० बुद्धचोकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी ...
— पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–३१ बाँसपानीकी ७५ वर्षीया दालकुमारी परियारको यही पुस ३ गते धारिलो हतियार प्रयार गरी हत्या भएको थियो । प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा मृतकका नाति २२ वर्षीय आशिष परियारलाई शुक्रबार पोखरा–१० बुद्धचोकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी ...
: नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले फागुन २१ गते तोकिएको निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र निष्पक्ष बनाउन सरकार गम्भीर हुनुपर्ने बताएका छन् । निर्वाचनको मिति नजिकिँदै जाँदा देशका विभिन्न स्थानमा देखिएको असुरक्षा, फरार कैदीको अवस्था र हातहतियार लुटिएका जस्ता घटनाले लोकतान्त्रिक प्रक्रियामै प्रश्न उठ्ने अवस्था सिर्जना भएको भन्दै उनले सरकारको भूमिकामाथि कडा प्रश्न गरेका ...
— मोटरसाइकल दुर्घटनामा कृषि ज्ञान केन्द्र खोटाङका कार्यालय सहयोगीको मृत्यु भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ३० वर्षीय दिनेश आचार्यले चलाएको मोटरसाइकल सोल्मामा शुक्रबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार सोही नगरपालिका–१ दिक्तेलका ५५ वर्षीय पदमबहादुर खड्काको मृत्यु भएको हो । दोर्पाबाट दिक्तेल आउँदै गरेको प्रदेश १–०५००१ प १७६४ नम्बरको मोटरसाइकल मध्यपहाडी लोकमार्गअन्तर्गत सोल्मामा ...
: नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधव नेपालले जनताको चाहनालाई साकार पार्न आफूहरू इमान्दारिताका साथ अगाडि बढिरहेको बताएका छन्। काठमाडौंमा आयोजित नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देशसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। सहसंयोजक नेपालले आफूहरूलाई एक पटक मौका दिनुपर्ने बताए। उनले भने,ʻहामी जनताको चाहनालाई साकार पार्नका लागि इमान्दारिताका साथ अगाडि बढेका छौँ कि छैनौँ। ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम