मुख्य समाचार
नेपालको सरकार विदेशीले बनाइदिने र ढालिदिने अवस्था रहेको टिप्पणी
नेपालको सरकार विदेशीले बनाइदिने र ढालिदिने अवस्था रहेको टिप्पणी

। श्रम संस्कृति पार्टीका संयोजक हर्कराई राई (साम्पाङ) ले नेपालको सरकार विदेशीले बनाइदिने र ढालिदिने अवस्था रहेको टिप्पणी गरेका छन् ।

शनिबार बुटवलमा श्रम संस्कृति पार्टी रुपन्देहीले आयोजना गरेको आमसभामा बोल्दै धरान उपमहानगरका मेयर समेत रहेका राईले साना देखि ठूला आयोजनाका लागि विदेशबाट ऋण मागेर लिएर काम गर्नुपर्ने अवस्थाका कारण विदेशीले हेप्ने गरेको बताए ।

‘सानो सडक, पुल, खानेपानी जे सुकै बनाउन पनि विदेशीसंग ऋण माग्ने परिपाटीले नेपाल माग्नेहरुको देश भन्ने छाप परेको छ,’ राईले भने, ‘यही कारण विदेशी हस्तक्षेप बढेको छ, राष्ट्रियता कमजोर बनेको छ ।’

उनले गफ गरेर र विदेशबाट ऋण ल्याएर मात्र देश बन्न नसक्ने भन्दै हप्तामा ६ दिन आफ्नो लागि र एकदिन देशको लागि श्रमदान गर्नुपर्ने बताए ।


चीन, जापान, कोरिया लगायतका देशहरु जनताको श्रमबाट नै विकसित र समृद्ध भएको उल्लेख गर्दै उनले ती देशबाट नेपालीले सिक्नुपर्ने बताए ।

‘नेपालमा गफ गरेर दिन बिताउने, परिवारको एकजनाले काम गर्ने अरु बसेर खाने परपाटी छ, सबैले काम गर्नु पर्छ,एक जनाको कमाईले हुँदैन,’ राईले भने ।

पार्टी संयोजक साम्पाङले चुनाव जितेर सरकारको नेतृत्व गरेपछि एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणति भए देश छाडेर शरणार्थी बन्न तयार भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्दले देशको प्रधानमन्त्री भइ देशको सेवा गर्ने चाहना रहेको बताएका छन् । काठमाडौंमा शनिबार आयोजित जेन–जीसँग अन्तरक्रिया कार्यक्रममा उनले आगामी निर्वाचनमा नेकपा माओवादीले पनि भाग लिने र जनताले विश्वास गरेमा देशको कार्यकारी भएर काम गर्ने चाहना भएको जिकिर गरे । तर तोकिएकै समय (फागुन २१) मा नेपालमा निर्वाचन ...
। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले फागुन २१ गते निर्वाचन नभए संसद पुन:स्थापना गर्नुपर्ने बताएका छन् । शनिबार काठमाडौ निर्वाचन क्षेत्र नम्बर १ मा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले हाल ट्रयाकबाट बाहिर गएको संविधानलाई सही बाटोमा ल्याउन निर्वाचन नै उपयुक्त माध्यम भएपनि निर्वाचन हुन नसकेमा संसद पुनर्स्थापनाको विकल्पलाई पनि खुला नै राख्नुपर्नेमा जोड ...
। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एमाले) ले निर्वाचनको तयारीमा केन्द्रित भएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टीको एकता सन्देश सभामा बोल्दै उनले बाहिर जे बोलेपनि एमालेले भित्री रुपमा निर्वाचनको तयारी गरिरहेको जिकिर गरेका हुन् । अध्यक्ष दाहालले निर्वाचन मुलुकलाई निकास दिने सबै भन्दा सहजविकल्प भएकाले दोहोरो चरित्र नदेखाई निर्वाचनको ...
पूर्वमन्त्री कुमार खड्का : अखण्ड र कांग्रेसबाट मन्त्री, अबको राजनीति रास्वपामा
। पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले कानून जनतालाई तगारोका रुपमा नभइ सहजीकरणका लागि बनाइनुपर्ने बताएका छन् । नेपाल कानुन समाजद्वारा काठमाठौंमा आयोजित तीन दिने कानुन निर्माणमा स्थानीय तहको प्रभावकारी भूमिका विषयक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कानुन निर्माणको कुरा जटिल रहेको भन्दै जटिलताको बीचमा सहजता र सरलता खोज्नुपर्ने बताए । ‘नागरिकले लाभ लिनसक्ने अवस्थामा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम