मुख्य समाचार
गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको बिदुरमा रहेको केन्द्रिय कारागारको खालि रहेको ब्लकलाई बाल सुधार गृहको रुपमा छिट्टै संचालनमा ल्याउनका लागि कारागारको स्थलगत अवलोकन
गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको बिदुरमा रहेको केन्द्रिय कारागारको खालि रहेको ब्लकलाई बाल सुधार गृहको रुपमा छिट्टै संचालनमा ल्याउनका लागि कारागारको स्थलगत अवलोकन

। गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको बिदुरमा रहेको केन्द्रिय कारागारको खालि रहेको ब्लकलाई बाल सुधार गृहको रुपमा छिट्टै संचालनमा ल्याउनका लागि शनिबार कारागारको स्थलगत अवलोकन गरेका छन् ।

मन्त्रिपरिषद्को यही पुस ३ गते बसेको बैठकले देशका विभिन्न बालसुधार गृहमा रहेका र अवधि बाँकी रहेका १८ वर्ष माथिका बालबिज्याइँकर्तालाई राख्नका लागि नुवाकोटको बिदुरमा रहेको केन्द्रीय कारागारको कुल चार वटा ब्लकमध्ये एउटा खाली रहेको ब्लकलाई बाल सुधार गृहको रूपमा परिणत गरी सञ्चालनमा ल्याउन स्वीकृति प्रदान गरेको थियो ।


अवलोकनका क्रममा मन्त्री अर्यालले अव बालबिज्याइँकर्तालाई यहाँ खालि गरिएको बाल सुधार गृहमा छिट्टै स्थानान्तरण गरिने बताए । सो क्रममा मन्त्री अर्यालले कारागारमा रहेका कैदीबन्दी र थुनुवाहरूसँग केहीबेर उनीहरूसँग कुरा गर्दै उनीहरूको गुनासा र परेका समस्याबारे सुनेको उनको सचिवालयले जनाएको छ ।

सोही क्रममा मन्त्री अर्यालले उनीहरूको दैनिक खाना, बस्ने व्यवस्था र अन्य सेवा सुविधाबारे चासो राख्नु भएको थियो। यस्तै, अवलोकन पछि, मन्त्री अर्यालले कैदीबन्दीहरूको मानवअधिकारको उच्च ख्याल गर्दै कारागार भित्र हुने हरेक गतिविधि कानुनी र मानवअधिकारका दृष्टिकोणले मर्यादित हुनु पर्नेमा ख्याल गर्न कारागार प्रशासनलाई निर्देशन दिए ।




यस्तै, कैदीबन्दीका आफन्तले कारागारमा आफ्ना आफन्त भेट्न आउँदा यस कारागारसम्म पुग्ने सडकको पूर्वाधार निकै कमजोर भएको अवगत गराउँदै यहाँको सडक पूर्वाधार छिट्टै सुधार गरिने प्रतिवद्दता पनि मन्त्री अर्यालले व्यक्त गरे ।

नुवाकोटको विदुरमा स्थापना गरिने बाल सुधार गृहमा बढीमा ५०० जना बाल बालबिज्याइँकर्ता सहज तरिकाले राख्न सकिने छ । नुवाकोटको तीन वटा ब्लकमा कार्तिक महिनाको मस्केबारी अनुसार ८७३ जना कैदीबन्दी र थुनुवा रहेका छन् भने खालि रहेको एउटा ब्लकमा बढीमा ५०० को संख्यामा बालबिज्याइँ राख्ने सरकारको तयारी छ ।

देशका मुख्य गरी बाँकेको जयेन्दु बाल सुधार गृह, वीरगञ्जको बिर्तास्थित बाल सुधार गृह र भक्तपुरको बाल सुधार गृहमा बेला बेलामा बालबिज्याइँकर्ताहरूबीच झडप हुने गरेको छ । यसको मुख्य समस्याको रुपमा उनीहरूको बढ्दो उमेर नै रहेको बुझिएको छ ।

हाल देशभर ८ वटा सुधार गृह छन्, तीमध्ये ४ वटा युसेफ नेपाल नामक गैरसरकारी संस्थाको व्यवस्थापनमा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्दले देशको प्रधानमन्त्री भइ देशको सेवा गर्ने चाहना रहेको बताएका छन् । काठमाडौंमा शनिबार आयोजित जेन–जीसँग अन्तरक्रिया कार्यक्रममा उनले आगामी निर्वाचनमा नेकपा माओवादीले पनि भाग लिने र जनताले विश्वास गरेमा देशको कार्यकारी भएर काम गर्ने चाहना भएको जिकिर गरे । तर तोकिएकै समय (फागुन २१) मा नेपालमा निर्वाचन ...
। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले फागुन २१ गते निर्वाचन नभए संसद पुन:स्थापना गर्नुपर्ने बताएका छन् । शनिबार काठमाडौ निर्वाचन क्षेत्र नम्बर १ मा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले हाल ट्रयाकबाट बाहिर गएको संविधानलाई सही बाटोमा ल्याउन निर्वाचन नै उपयुक्त माध्यम भएपनि निर्वाचन हुन नसकेमा संसद पुनर्स्थापनाको विकल्पलाई पनि खुला नै राख्नुपर्नेमा जोड ...
। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एमाले) ले निर्वाचनको तयारीमा केन्द्रित भएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टीको एकता सन्देश सभामा बोल्दै उनले बाहिर जे बोलेपनि एमालेले भित्री रुपमा निर्वाचनको तयारी गरिरहेको जिकिर गरेका हुन् । अध्यक्ष दाहालले निर्वाचन मुलुकलाई निकास दिने सबै भन्दा सहजविकल्प भएकाले दोहोरो चरित्र नदेखाई निर्वाचनको ...
पूर्वमन्त्री कुमार खड्का : अखण्ड र कांग्रेसबाट मन्त्री, अबको राजनीति रास्वपामा
। पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले कानून जनतालाई तगारोका रुपमा नभइ सहजीकरणका लागि बनाइनुपर्ने बताएका छन् । नेपाल कानुन समाजद्वारा काठमाठौंमा आयोजित तीन दिने कानुन निर्माणमा स्थानीय तहको प्रभावकारी भूमिका विषयक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कानुन निर्माणको कुरा जटिल रहेको भन्दै जटिलताको बीचमा सहजता र सरलता खोज्नुपर्ने बताए । ‘नागरिकले लाभ लिनसक्ने अवस्थामा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम