मुख्य समाचार
ईश्वर पोखरेल पक्षको भेलाले महाधिवेशनमा आफुहरूले उठाएका मुद्दाहरूलाई निरन्तर उठाउने निर्णय
ईश्वर पोखरेल पक्षको भेलाले महाधिवेशनमा आफुहरूले उठाएका मुद्दाहरूलाई निरन्तर उठाउने निर्णय

। नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षको भेलाले महाधिवेशनमा आफुहरूले उठाएका मुद्दाहरूलाई निरन्तर उठाउने निर्णय गरेको छ ।

शनिबार काठमाडौंमा बसेको सो पक्षको भेलाले पार्टीको पुनर्गठन, नेतृत्व हस्तान्तरण, जबजको आधारमा पार्टी निर्माण, आन्तरिक लोकतान्त्रिकरण लगाएतका मुद्दालाई पार्टीको विधि विधानभित्र बसेर निरन्तर उठाउने निर्णय गरेको एमाले उपसहासचिव योगेश भट्टराईले जानकारी दिए ।

‘हामीले उठाएका विचारहरूलाई पुनर्गठन, नेतृत्व हस्तान्तरण, जबजको आधारमा पार्टी निर्माण लगायतका विषयलाई विधि र विधानभित्र बसेर निरन्तर उठाउने निष्कर्ष निकालेका छौं,’ उनले भने ।

उनले पार्टीको मतपरिणामका कारण बिचलित नहुन नेताहरूलाई आग्रह गरिएको र पार्टीलाई थप एकता र सुदृढ बनाउन भूमिका खेल्ने अठोट गरिएको धारणा राखे ।

महाधिवेशनमा ईश्वर पोखरेलको नेतृत्वमा पदाधिकारी, केन्द्रीय सदस्य र केन्द्रीय आयोगमा उम्मेदवारी दिनुभएका कमरेडहरूको संक्षिप्त बैठक आयोजना गरेका हौं । महाधिवेशन कस्तो भयो यसको राजनीतिक सन्देश के भयो भन्ने देशव्यापी समीक्षा गर्ने तयारी गरेका छौं । हाम्रो यो भेलाले नेकपा एमालेलाई थप एकताबद्ध बनाउन हाम्रोतर्फबाट भूमिका खेल्ने निर्णय गरेका छौं ।

प्रतिनिधि छनोटदेखि बन्दसत्र सञ्चालनभित्र भएका क्रियाकलापले पार्टीको लोकतान्त्रिक अभ्यासमाथि गम्भीर प्रश्न उठाएको र पार्टी संरचनाको दूरुपयोग भएको भन्दै उनले लोकतान्त्रिक अभ्यासलाई अस्वस्थ बनाउने काम भएकोप्रति चिन्ता व्यक्त गरिएको बताए ।

‘लोकतान्त्रिक प्रतिस्पर्धा कति स्वस्थ र मर्यादित भयो भन्ने सबैले देखेकै छ । प्रतिनिधि छनोटदेखि बन्दसत्रसम्म भएका थुप्रै क्रियाकलापले हाम्रो पार्टीको लोकतान्त्रिक अभ्यासमाथि गम्भीर प्रश्न उठाएको छ । पार्टी संरचनाको दुरुपयोग गरिएको छ,’ उनले भने ।

भट्टराईले पार्टीभित्र गुटबन्दी र काखापाखा गर्ने प्रस्ताव आए प्रतिवाद गर्ने निर्णय गरिएको जानकारी दिए ।

‘पार्टीभित्र पक्षपात, गुटबन्दी, विभाजन, काखापाखा गर्ने प्रस्ताव आए भने हामी पार्टी संगठनभित्र बसेर प्रतिवाद गर्छौं,’ भट्टराईले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्दले देशको प्रधानमन्त्री भइ देशको सेवा गर्ने चाहना रहेको बताएका छन् । काठमाडौंमा शनिबार आयोजित जेन–जीसँग अन्तरक्रिया कार्यक्रममा उनले आगामी निर्वाचनमा नेकपा माओवादीले पनि भाग लिने र जनताले विश्वास गरेमा देशको कार्यकारी भएर काम गर्ने चाहना भएको जिकिर गरे । तर तोकिएकै समय (फागुन २१) मा नेपालमा निर्वाचन ...
। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले फागुन २१ गते निर्वाचन नभए संसद पुन:स्थापना गर्नुपर्ने बताएका छन् । शनिबार काठमाडौ निर्वाचन क्षेत्र नम्बर १ मा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले हाल ट्रयाकबाट बाहिर गएको संविधानलाई सही बाटोमा ल्याउन निर्वाचन नै उपयुक्त माध्यम भएपनि निर्वाचन हुन नसकेमा संसद पुनर्स्थापनाको विकल्पलाई पनि खुला नै राख्नुपर्नेमा जोड ...
। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एमाले) ले निर्वाचनको तयारीमा केन्द्रित भएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टीको एकता सन्देश सभामा बोल्दै उनले बाहिर जे बोलेपनि एमालेले भित्री रुपमा निर्वाचनको तयारी गरिरहेको जिकिर गरेका हुन् । अध्यक्ष दाहालले निर्वाचन मुलुकलाई निकास दिने सबै भन्दा सहजविकल्प भएकाले दोहोरो चरित्र नदेखाई निर्वाचनको ...
पूर्वमन्त्री कुमार खड्का : अखण्ड र कांग्रेसबाट मन्त्री, अबको राजनीति रास्वपामा
। पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले कानून जनतालाई तगारोका रुपमा नभइ सहजीकरणका लागि बनाइनुपर्ने बताएका छन् । नेपाल कानुन समाजद्वारा काठमाठौंमा आयोजित तीन दिने कानुन निर्माणमा स्थानीय तहको प्रभावकारी भूमिका विषयक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कानुन निर्माणको कुरा जटिल रहेको भन्दै जटिलताको बीचमा सहजता र सरलता खोज्नुपर्ने बताए । ‘नागरिकले लाभ लिनसक्ने अवस्थामा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम