मुख्य समाचार
अमेरिकी तट रक्षक बलले भेनेजुएला तट नजिक अर्को एक तेल ट्यांकर बोकेको जहाज कब्जामा लिएको छ
अमेरिकी तट रक्षक बलले भेनेजुएला तट नजिक अर्को एक तेल ट्यांकर बोकेको जहाज कब्जामा लिएको छ

। अमेरिकी तट रक्षक बलले भेनेजुएला तट नजिक अर्को एक तेल ट्यांकर बोकेको जहाज कब्जामा लिएको छ । यसले दुई देशबीचको तनाव झन् बढाएको छ भने भेनेजुएलाको तेल निर्यातमा असर परेको छ ।

अमेरिकाले यसअघि तेल बोकेका जहाजमा लागूऔषध रहेको भन्दै कब्जा गरेको थियो । साथै भेनेजुएलाबाट आउ–जाउ गर्ने सबै तेल ट्यांकरलाई रोक लगाएको थियो ।

यसैक्रममा अमेरिकाले तेल बोकेको भेनेजुएलाको ट्यांकर कब्जा गरेको हो । युएस डिपार्टमेन्ट अफ होमल्याण्ड सिक्योरिटीले त्यसको पुष्टि गरेको छ ।

होमल्याण्ड सिक्योरिटी डिपार्टमेन्ट सेक्रेटरी क्रिस्टी नोएमले तेल ट्यांकर कब्जामा लिएको भिडियो एक्समा सेयर गर्दै लेखेकी छन्, ‘ २० डिसेम्बरको बिहान एक एक्सनमा यूएस कोस्टगार्डले डिपार्टमेन्ट अफ वारको मद्दतमा एक तेल ट्यांकर कब्जामा लियो, जुन भेनेजुएलाबाट छुटेको थियो ।’

अपरेसनको सात मिनेट लामो भिडियोमा अमेरिकी हेलिकप्टर एक जहाजको डेकमा उत्रिएको देखिन्छ । त्यसको साइडमा सेन्चुरीज लेखिएको छ ।

नोएमले अमेरिकाले यस क्षेत्रमा नार्को टेररिज्म फन्डका लागि प्रयोग गरिने तेलको गैरकानुनी आउजाउ रोक्ने काम जारी राख्ने बताएकी छन् । उनले लेखेकी छन्, ‘हामी तिमीलाई खोज्नेछौं र रोक्नेछौं ।’

भेनेजुएलाले तेलबाट हुने कमाइ नशालु पदार्थको कारोबार र आतंकवादसँग सम्बन्धित गतिविधिमा प्रयोग गरेको आरोप अमेरिकाले लगाउँदै आएको छ । भेनेजुएला सरकारले भने अमेरिकी आरोपको खण्डन गर्दै आएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेनुएलाको तेल कारोबारमा नाकाबन्दी लगाउने अभिव्यक्ति दिएलगत्तै तेल ट्यांकर कब्जाका कारबाही हुँदै आएका छन् ।

अमेरिका र भेनेजुएलाबीचको यो तनावले अन्तर्राष्ट्रिय बजारमा तेल आपूर्ति प्रभावित हुने र मूल्य बढ्ने भनेर कतिपपयले चिन्ता व्यक्त गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पाकिस्तानको एक अदालतले पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७–१७ वर्षको कठोर कारावास सजाय सुनाएको छ । तोशाखाना अनुसन्धानसँग जोडिएको मुद्दामा शनिबार २० डिसेम्बरको दिन अदालतले खान दम्पतीलाई समान १७ वर्ष जेल सजाय सुनाएको हो । १७–१७ वर्षको जेल सजायसँगै अदालतले इमरान खान र बुशरा बीबीलाई १ करोड ६४ लाख पाकिस्तानी रुपैयाँ ...
प्रिमियर लिग : हालान्डको दुई गोलमा सिटीको जित, आर्सनलले एभर्टनलाई हरायो
— अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले श्रीलंकालाई झन्डै २० करोड ६० लाख अमेरिकी डलर आपत्कालीन सहयोग उपलब्ध गराउने भएको छ । शुक्रबार बसेको आईएमएफको कार्यकारी बोर्ड बैठकले विनाशकारी चक्रवात 'दितवा' बाट उत्पन्न समस्या तथा कठिनाइ समाधान गर्न यो सहयोग गर्ने निर्णय गरेको हो । नोभेम्बर १७ मा आएको दितवा चक्रवातले श्रीलंकामा ठूलो जनधनको क्षति गराएको छ । ...
— श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले खानेपानी मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्ने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा खानेपानी मन्त्रालयको कार्यभार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् । खानेपानी मन्त्रालयको जिम्मेवारी यसअघि प्रधानमन्त्रीले नै सम्हाल्दै आएकी थिइन् । मंसिर २६ गते भण्डारीले ...
— संघीय अनुसन्धान एजेन्सी (एफआईए)को विशेष अदालतले शनिबार पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) का संस्थापक इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय सुनाएको छ । अदालतको आदेशको प्रतिलिपिबाट उद्धृत गर्दै डनले रिपोर्ट गरेअनुसार दुवैलाई एक करोड ६४ लाख रुपैयाँ जरिवाना गरिएको छ, कानुन अनुसार, जरिवाना तिर्न असफल भएमा थप जेल सजाय ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम