मुख्य समाचार
इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७–१७ वर्षको कठोर कारावास सजाय
इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७–१७ वर्षको कठोर कारावास सजाय

। पाकिस्तानको एक अदालतले पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७–१७ वर्षको कठोर कारावास सजाय सुनाएको छ ।

तोशाखाना अनुसन्धानसँग जोडिएको मुद्दामा शनिबार २० डिसेम्बरको दिन अदालतले खान दम्पतीलाई समान १७ वर्ष जेल सजाय सुनाएको हो । १७–१७ वर्षको जेल सजायसँगै अदालतले इमरान खान र बुशरा बीबीलाई १ करोड ६४ लाख पाकिस्तानी रुपैयाँ जरिवाना पनि तोकेको छ ।

यो फैसला रावलपिण्डीस्थित अडियाला जेलमै बसेको विशेष अदालतले सुनाएको हो । इमरान खान हाल यही जेलमा थुनामा छन् ।

यो मुद्दा के हो ?

उनीहरूलाई देशले प्राप्त गरेका उपहार खरिद गर्दा अनियमितता गरेको आरोप छ । पाकिस्तानमा तोशाखाना प्रणालीअन्तर्गत विदेशबाट प्राप्त उपहारहरू राज्यको खजानामा बुझाउनुपर्ने वा तोकिएको मूल्य तिरेर खरिद गर्नुपर्ने व्यवस्था छ ।

आरोप अनुसार, इमरान खान र बुशरा बीबीले २०२१ मा साउदी युवराजबाट प्राप्त बुलगारी ब्रान्डको आभूषण सेट अत्यन्तै कम मूल्यमा खरिद गरेका थिए ।

अभियोजन पक्षका अनुसार करिब ३ लाख ८० हजार युरो मूल्य पर्ने उक्त सेट उनीहरूले करिब २९ लाख पाकिस्तानी रुपैयाँमै लिएका थिए, जसका कारण सरकारी ढुकुटीमा करोडौं रुपैयाँ बराबरको क्षति भएको दाबी गरिएको छ ।

फैसला सुनाउने न्यायाधीश शाहरुख अर्जुमन्दले दुवैलाई विश्वासघातको अभियोगमा १०–१० वर्षको कठोर कारावास र भ्रष्टाचार निवारण ऐनअन्तर्गत थप ७–७ वर्षको सजाय सुनाएका हुन् ।

उच्च अदालतमा चुनौती दिने तयारी

इमरान खान र बुशरा बीबीका तर्फबाट वकिलहरूले तुरुन्तै उच्च अदालतमा अपिल गर्ने बताएका छन् । उनीहरूको भनाइमा यो मुद्दा ‘राजनीतिक रूपमा प्रेरित’ र ‘आधारहीन’ छ ।

पाकिस्तानलाई क्रिकेट विश्वकप जिताउने टोलीका कप्तान रहिसकेका इमरान खान सन् २०१८ देखि २०२२ सम्म देशका प्रधानमन्त्री थिए । राजनीतिमा उनको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) ले व्यापक लोकप्रियता कमाएको थियो । तर अप्रिल २०२२ मा अविश्वास प्रस्तावमार्फत उनी सत्ता बाहिरिएका थिए । त्यसयता उनी यो तोशाखाना मुद्दासहित थुप्रै कानुनी मुद्दाको सामना गर्दै आएका छन् ।

इमरान खानको पार्टी पीटीआईले यस फैसलालाई राजनीतिक आक्रमणको संज्ञा दिएको छ र सेना तथा विपक्षी शक्तिहरूले मिलेर उनलाई राजनीतिबाट अलग गर्न षड्यन्त्र रचेको आरोप लगाएको छ । अदालतले जरिवाना नतिरे जेल सजाय थपिने चेतावनी पनि दिएको छ ।

यसबीच पीटीआईका समर्थकहरूले पाकिस्तानका विभिन्न स्थानमा लगातार प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी तट रक्षक बलले भेनेजुएला तट नजिक अर्को एक तेल ट्यांकर बोकेको जहाज कब्जामा लिएको छ । यसले दुई देशबीचको तनाव झन् बढाएको छ भने भेनेजुएलाको तेल निर्यातमा असर परेको छ । अमेरिकाले यसअघि तेल बोकेका जहाजमा लागूऔषध रहेको भन्दै कब्जा गरेको थियो । साथै भेनेजुएलाबाट आउ–जाउ गर्ने सबै तेल ट्यांकरलाई रोक लगाएको थियो । यसैक्रममा ...
प्रिमियर लिग : हालान्डको दुई गोलमा सिटीको जित, आर्सनलले एभर्टनलाई हरायो
— अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले श्रीलंकालाई झन्डै २० करोड ६० लाख अमेरिकी डलर आपत्कालीन सहयोग उपलब्ध गराउने भएको छ । शुक्रबार बसेको आईएमएफको कार्यकारी बोर्ड बैठकले विनाशकारी चक्रवात 'दितवा' बाट उत्पन्न समस्या तथा कठिनाइ समाधान गर्न यो सहयोग गर्ने निर्णय गरेको हो । नोभेम्बर १७ मा आएको दितवा चक्रवातले श्रीलंकामा ठूलो जनधनको क्षति गराएको छ । ...
— श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले खानेपानी मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्ने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा खानेपानी मन्त्रालयको कार्यभार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् । खानेपानी मन्त्रालयको जिम्मेवारी यसअघि प्रधानमन्त्रीले नै सम्हाल्दै आएकी थिइन् । मंसिर २६ गते भण्डारीले ...
— संघीय अनुसन्धान एजेन्सी (एफआईए)को विशेष अदालतले शनिबार पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) का संस्थापक इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय सुनाएको छ । अदालतको आदेशको प्रतिलिपिबाट उद्धृत गर्दै डनले रिपोर्ट गरेअनुसार दुवैलाई एक करोड ६४ लाख रुपैयाँ जरिवाना गरिएको छ, कानुन अनुसार, जरिवाना तिर्न असफल भएमा थप जेल सजाय ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम