मुख्य समाचार
प्रकाशमान सिंहले फागुन २१ गते निर्वाचन नभए संसद पुन:स्थापना गर्नुपर्ने बताए
प्रकाशमान सिंहले फागुन २१ गते निर्वाचन नभए संसद पुन:स्थापना गर्नुपर्ने बताए

। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले फागुन २१ गते निर्वाचन नभए संसद पुन:स्थापना गर्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौ निर्वाचन क्षेत्र नम्बर १ मा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले हाल ट्रयाकबाट बाहिर गएको संविधानलाई सही बाटोमा ल्याउन निर्वाचन नै उपयुक्त माध्यम भएपनि निर्वाचन हुन नसकेमा संसद पुनर्स्थापनाको विकल्पलाई पनि खुला नै राख्नुपर्नेमा जोड दिए ।

‘चुनाव २१ गतेको छ । यहाँ सुरक्षा व्यवस्थाको अवस्था हेर्‍यो जस्तै आजभोलि नै के होला भन्ने खालको असुरक्षाको महशुस भइरहेको छ । सरकारले चुनाव स्वच्छ र निष्पक्ष गराउँछु उदाहरणेको छ, त्यो बोलेर मात्रै होइन, गरेर देखाउनु पर्‍यो । ट्रयाकबाट बाहिर गएको संविधानलाई सही बाटोमा ल्याउन निर्वाचन नै राम्रो हो । तर कथं कदाचित विभिन्न कारणबाट निर्वाचन नभएको खण्डमा संसद् पुनर्स्थापनालाई पनि खुला राख्नुपर्छ । अब हामी निर्वाचनको लागि तयार हुनुपर्छ,’ उनले भने ।

वर्तमान सरकारले तोकिएको समयमा नै निर्वाचन गर्ने दाबी गरेपनि सुरक्षा व्यवस्थाको अवस्था हेर्दा त्यो सम्भव नरहेको उनको भनाइ थियो । पार्टीको महाधिवेशनमा पनि केन्द्रित हुन पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे ।

‘महाधिवेशन पनि एक किसिमले फागुन २१ गतेको आमनिर्वाचन जस्तै पार्टीभित्रको निर्वाचन हो । आम निर्वाचनको लागि मतदाता नामावली अपडेट गरेको हामीलाई थाहा छ नी, मतदाता नामावलीको अपडेट पुरा भएपछि न निर्वाचनको प्रक्रिया शुरु हुन्छ । नेपाली कांग्रेसको महाधिवेशन हुनको लागि पनि क्रियाशील वितरण गर्ने प्रक्रियालाई कांग्रेसको विधानअनुसार हुनुपर्छ,’ सिंहले भने ।

महाविधेशनको कार्यतालिका सर्वसम्मत रुपमा आएकाले १५ औँ महाधिवेशन हुनेमा शंका नगर्न समेत उनले आग्र गरे । तर महाधिवेशन विधिअनुसार हुनुपर्ने उनको भनाइ थियो ।

‘महाधिवेशन किन नहुने ? सर्वसम्मत रुपमा कार्यतालिका पारित भएको छ । यसको प्रक्रिया पूरा गर्नको लागि विधि पूरा गर्नुपर्छ । कसैलाई हतार भयो भन्दैमा विधि प्रक्रिया नै नपुर्‍याईविधि मिचेर महाधिवेशनलाई अगाडी बढाउने भन्ने चाहीँ हुँदैन,’ सिंहले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्दले देशको प्रधानमन्त्री भइ देशको सेवा गर्ने चाहना रहेको बताएका छन् । काठमाडौंमा शनिबार आयोजित जेन–जीसँग अन्तरक्रिया कार्यक्रममा उनले आगामी निर्वाचनमा नेकपा माओवादीले पनि भाग लिने र जनताले विश्वास गरेमा देशको कार्यकारी भएर काम गर्ने चाहना भएको जिकिर गरे । तर तोकिएकै समय (फागुन २१) मा नेपालमा निर्वाचन ...
। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एमाले) ले निर्वाचनको तयारीमा केन्द्रित भएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टीको एकता सन्देश सभामा बोल्दै उनले बाहिर जे बोलेपनि एमालेले भित्री रुपमा निर्वाचनको तयारी गरिरहेको जिकिर गरेका हुन् । अध्यक्ष दाहालले निर्वाचन मुलुकलाई निकास दिने सबै भन्दा सहजविकल्प भएकाले दोहोरो चरित्र नदेखाई निर्वाचनको ...
पूर्वमन्त्री कुमार खड्का : अखण्ड र कांग्रेसबाट मन्त्री, अबको राजनीति रास्वपामा
। पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले कानून जनतालाई तगारोका रुपमा नभइ सहजीकरणका लागि बनाइनुपर्ने बताएका छन् । नेपाल कानुन समाजद्वारा काठमाठौंमा आयोजित तीन दिने कानुन निर्माणमा स्थानीय तहको प्रभावकारी भूमिका विषयक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कानुन निर्माणको कुरा जटिल रहेको भन्दै जटिलताको बीचमा सहजता र सरलता खोज्नुपर्ने बताए । ‘नागरिकले लाभ लिनसक्ने अवस्थामा ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन आगामी प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ३ बाट एकल सिफारिस भएका छन् । पार्टीको क्षेत्रीय समितिले धमाधम केन्द्रमा उम्मेदवारहरू सिफारिस गरिरहेको छ । जस क्रममा लिङ्देनलाई झापा–३ बाट सिफारिस गरिएको हो । त्यस्तै, वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई काठमाडौं क्षेत्र नम्बर १ बाट सिफारिस गरिएको छ । ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम