मुख्य समाचार
नेत्रविक्रम चन्दले देशको प्रधानमन्त्री भइ देशको सेवा गर्ने चाहना रहेको बताएका छन्
नेत्रविक्रम चन्दले देशको प्रधानमन्त्री भइ देशको सेवा गर्ने चाहना रहेको बताएका छन्

। नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्दले देशको प्रधानमन्त्री भइ देशको सेवा गर्ने चाहना रहेको बताएका छन् ।

काठमाडौंमा शनिबार आयोजित जेन–जीसँग अन्तरक्रिया कार्यक्रममा उनले आगामी निर्वाचनमा नेकपा माओवादीले पनि भाग लिने र जनताले विश्वास गरेमा देशको कार्यकारी भएर काम गर्ने चाहना भएको जिकिर गरे । तर तोकिएकै समय (फागुन २१) मा नेपालमा निर्वाचन हुनेमा उनले आशंका जनाए ।

‘यो देशलाई राम्रो बनाउने हाम्रो सपना छ । हामीले बन्दुक पनि बोक्यौं, जेल पनि गयौँ, किताव पनि पढ्यौँ । अहिले नयाँ उद्योगधन्दा पनि चलाउँछौँ, काम गर्छौँ । यदी नेपालका किसान, मजदुर, बद्धिजिवी, व्यापारी, मध्यम वर्गले, शहरले, गाउँले हामीलाई मौका दिनुहुन्छ भने तिमिहरु एक चोटी गरेर देखाउ न भनेर तपाईंहरूले जिम्मा दिनुहुन्छ भने एकचोटी यो देशको प्रधानमन्त्री भएर, कार्यकारी प्रमुख भएर गोरू जस्तो जोतिएर देशको सेवा गर्ने चाहना पनि नेकपा माओवादीको छ, यो हामी गर्छौं,’ विप्लवले भने ।

सुशीला कार्की नेतृत्वको सरकारले निर्वाचन गर्नेकुरा कसैले नपत्याएको समेत उनको भनाइ छ । प्रहरी, कर्मचारीको मनोबल गिरेको, लुटिएका हतियार फिर्ता नभएको, निर्वाचनको लागि आवश्यक रकम नभएको कारण उल्लेख गर्दै उनले निर्वाचन हुनेमा शंका व्यक्त गरे ।

‘नेपालमा चुनाव हुन्छ कि हुन्न, एउटा शंका छ, सबैलाई । सुशीला कार्कीको सरकारको चुनावको कुरा पनि मान्छेले पत्याईरहेका छैनन् । पुलिसहरुको हतियार कति लुटियो भन्दाखेरी लगभग १६ सय हतियार लुटियो भन्नेछ । त्यो १६ सय हतियारहरु फिर्ता भएको छैन । प्रहरी साथीहरुसँग भेट हुँदा के भन्नुहुन्छ भने, चुनाव गर्न सक्नेगरि प्रहरीको मनोबल उठेको छैन,’ उनले भने ।

सर्वपक्षीय अन्तरिम सरकार गठन गरेर अगाडी बढ्नुपर्नेमा पनि उनले जोड दिए ।

‘हाम्रो पार्टीले के भनेको छ भने नयाँ अन्तरिम सर्वपक्षीय सरकार बनाएर जेनजीका मागहरु सम्बोधन गरेर अनि सम्भव हुन्छ भने नेपालमा एकचोटी प्रत्यक्ष चुनावबाट राष्ट्रपति चुन्ने या सबै जनताको भोटबाट प्रधानमन्त्री चुन्ने व्यवस्थातिर जानुपर्छ भन्ने जेन–जीको पनि माग हो, हाम्रो पार्टीको पनि माग हो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले फागुन २१ गते निर्वाचन नभए संसद पुन:स्थापना गर्नुपर्ने बताएका छन् । शनिबार काठमाडौ निर्वाचन क्षेत्र नम्बर १ मा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले हाल ट्रयाकबाट बाहिर गएको संविधानलाई सही बाटोमा ल्याउन निर्वाचन नै उपयुक्त माध्यम भएपनि निर्वाचन हुन नसकेमा संसद पुनर्स्थापनाको विकल्पलाई पनि खुला नै राख्नुपर्नेमा जोड ...
। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एमाले) ले निर्वाचनको तयारीमा केन्द्रित भएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टीको एकता सन्देश सभामा बोल्दै उनले बाहिर जे बोलेपनि एमालेले भित्री रुपमा निर्वाचनको तयारी गरिरहेको जिकिर गरेका हुन् । अध्यक्ष दाहालले निर्वाचन मुलुकलाई निकास दिने सबै भन्दा सहजविकल्प भएकाले दोहोरो चरित्र नदेखाई निर्वाचनको ...
पूर्वमन्त्री कुमार खड्का : अखण्ड र कांग्रेसबाट मन्त्री, अबको राजनीति रास्वपामा
। पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले कानून जनतालाई तगारोका रुपमा नभइ सहजीकरणका लागि बनाइनुपर्ने बताएका छन् । नेपाल कानुन समाजद्वारा काठमाठौंमा आयोजित तीन दिने कानुन निर्माणमा स्थानीय तहको प्रभावकारी भूमिका विषयक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कानुन निर्माणको कुरा जटिल रहेको भन्दै जटिलताको बीचमा सहजता र सरलता खोज्नुपर्ने बताए । ‘नागरिकले लाभ लिनसक्ने अवस्थामा ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन आगामी प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ३ बाट एकल सिफारिस भएका छन् । पार्टीको क्षेत्रीय समितिले धमाधम केन्द्रमा उम्मेदवारहरू सिफारिस गरिरहेको छ । जस क्रममा लिङ्देनलाई झापा–३ बाट सिफारिस गरिएको हो । त्यस्तै, वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई काठमाडौं क्षेत्र नम्बर १ बाट सिफारिस गरिएको छ । ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम