मुख्य समाचार
नेपाल ‘मिस कोस्मो’ मा अन्तिम २१ अगावै बाहिरियो, उपाधि अमेरिकालाई
नेपाल ‘मिस कोस्मो’ मा अन्तिम २१ अगावै बाहिरियो, उपाधि अमेरिकालाई

। सन् २०२५ मा नेपालले जति पनि विश्वप्रसिद्ध सौन्दर्य प्रतियोगितामा भाग लियो, त्यसको नतिजामा एउटा समानता देखिएको छ । कसैले पनि सेमिफाइनलमा स्थान बनाउन सकेनन् ।

मिस अर्थ, मिस इन्टरनेसनल, मिस युनिभर्स हुँदै मिस कोस्मोसम्म आइपुग्दा नेपालको नतिजा त्यस्तै देखिएको छ । शनिबार बेलुका भियतनाममा आयोजित मिस कोस्मोमा पनि नेपाली सहभागी दीपशिखा नेपाल अन्तिम २१ मा प्रवेश गर्न असफल रहिन् ।

यीमध्ये मिस वर्ल्ड हुन बाँकी छ, यसको तयारीमा लुना लुइँटेल ब्यस्त छिन् ।

कुरा गरौं मिस कोस्मोको । दीपशिखाले प्रारम्भिक राउण्डहरूमा धेरैको ध्यानाकर्षण त गर्न सकिन् तर, ग्रान्ड फिनाले उनको पक्षमा देखिएन ।

शनिबार राति भियतनाममा भएको ग्रान्ड फिनालेमा अमेरिकाकी योलिना लिन्डक्विस्टले ‘मिस कोस्मो २०२५’ को ताज जितेकी छिन् । उनले अन्तिम चरणको प्रतिस्पर्धामा फिलिपिन्सकी चेल्सी फर्नान्डेजलाई पछि पार्दै उपाधि सुरक्षित गरिन् ।

प्रतियोगिताका शीर्ष पाँच फाइनलिस्टमा ब्राजिलकी गेब्रिएला बोर्गेस, पानामाकी इटाली मोरा र म्यानमारकी मिन्ट म्याट मो लगायत विश्वभरका बलिया प्रतिस्पर्धीहरू थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्कर विजेता हलिउड अभिनेत्री मिसेल योहले नेपालमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित नागरिकप्रति दुःख व्यक्त गर्दै सहयोगका लागि विश्व समुदायलाई अपिल गरेकी छन् । योहले तिब्बत सीमावर्ती क्षेत्रनजिक आएको बाढीबाट प्रभावित नेपाल र पीडितप्रति आफ्नो सहानुभूति रहेको बताएकी हुन् । उनले हजारौं मानिस अझै बेपत्ता रहेको र केही सेकेन्डमै असंख्य घर बगाएको उल्लेख गरेकी छन् ...
। दक्षिण कोरियाली अभिनेता जंग इल-वू नेपालमा भीषण बाढीबाट प्रभावित नागरिक र बालबालिकाको सहयोगमा जुटेका छन् । गुड नेबर्सले बुधबार अभिनेता इल-वूले नेपालमा बाढीपछिको पुनस्र्थापना र विस्थापित पीडितलाई सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको जनाएको छ । उक्त रकम नुवाकोट र गोरखासहित बाढीबाट बढी प्रभावित क्षेत्रमा आपतकालीन राहतका लागि प्रयोग गरिनेछ । प्रभावित नागरिकलाई स्थानीयस्तरमै सहयोग ...
घटना भएको ३० वर्षपछि र्‍यापर टुपाक शुकुरको मुद्दामा अदालतले पहिलो पटक पूर्व ग्याङ नाइके ड्वेन केफी डी डेभिसलाई दोषी ठहर गरेको छ । आज अमेरिकाको नेभाडा राज्यस्थित लास भेगासको क्लार्क काउन्टी जिल्ला अदालतले यो निर्णय गरेको हो । घटना भएको लामो समय बितिसक्दा पनि यो मुद्दा सुल्झिएको थिएन । यो मुद्दामा भएको यो पहिलो सजाय पनि ...
। बलिउड अभिनेता सोनू सूद नेपाल आएका छन् । गत भदौ १० गते नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका नागरिकहरूलाई राहत सामग्री लिएर उनी मङ्गलबार काठमाडौँ आइपुगेका हुन् । उनले बाढी लगत्तै सामाजिक सञ्जालमार्फत पनि दु:ख व्यक्त गरेका थिए । अभिनेता सोनु सुदले सामाजिक सञ्जालमा नेपाली नागरिकको घाउमा मलम लगाउने वाचा गर्दै लेखेका थिए, ‘नेपाल, तिमी एक्लो छैनौँ। ...
। फिल्म ‘पार्वती’ ले ओपनिङ कलेक्सनको कमाइ भोटेकोशी बाढी पीडितका लागि प्रदान गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर कुल ग्रस कलेक्सनबाट निर्माताले पाउनुपर्ने मध्येको ११ लाख ३ हजार २७० रुपैयाँ प्रदान गरिएको वितरक करण श्रेष्ठले जानकारी दिए । निर्माताले रिलिजअघि नै पहिलो दिनको कमाइ प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा प्रदान गर्ने घोषणा गरेका थिए । निर्मात्री ...