मुख्य समाचार
एमालेका उपमहासचिव लेखराज भट्टका सहोदर भाई गोकर्ण भट्ट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश
एमालेका उपमहासचिव लेखराज भट्टका सहोदर भाई गोकर्ण भट्ट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश

। नेकपा एमालेका उपमहासचिव लेखराज भट्टका सहोदर भाई गोकर्ण भट्ट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् ।

नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य रहेका भट्टले १४ कात्तिकमा पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

त्यसयता एमालेमा निष्क्रिय रहेका उनी आज रास्वपामा प्रवेश गरेका हुन् । भट्ट एमालेका उपमहासभिव लेखराज भट्टका सहोदर भाइ हुन् ।

यसअघि भट्ट माओवादी केन्द्र हुँदै एमालेमा सक्रिय थिए । २०७४ सालमा कैलालीको गोदावरी नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवार थिए, पराजित भए । २०७९ सालमा पनि नगर प्रमुखमै उम्मेदवार भए, चुनाव जित्न सकेनन् ।


रास्वपामा प्रवेश गर्दै गरेको विषय उनले सामाजिक सञ्जालबाट समेत जानकारी दिएका थिए ।

पार्टी प्रवेश कार्यक्रममा नेता/कार्यकर्तालाई निम्ता गर्दै उनले शनिवार सामाजिक सञ्जालमा लेखेका थिए, ‘मेरो ४६ बर्षको राजनैतिक यात्रालाई अझ उचाइमा पुगाउन, गाउँमा बस्ने सोझा निमुखा जनता जो बिभिन्न राजनैतिक दलका नेताहरुका झुटा आश्वासनबाट आजका दिनसम्म ठगिँदै आइपुगेका दाजुभाइ दिदीबहिनीहरुलाई नयाँ नेपाल निर्माण गर्ने महान यात्राको अगुवाइ गर्ने जनताको प्यारो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा बिधिवत रुपमा पार्टी प्रबेश गर्ने कार्यक्रम रहेकोले दाजुभाइ दिदीबहिनीहरु तथा शुभेच्छुक सम्पुर्णमा उपस्थितिकालागी सबिनय निवेदन गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी आगामी बुधबार स्वदेश फर्कन लागेका राजदूत छनले यहाँस्थित चिनियाँ दूतावासमा आयोजित बिदाइ समारोहमा आफू जुनसुकै जिम्मेवारीमा रहे पनि नेपाललाई सक्दो सहयोग गरिरहने बताए । नेपाल ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लक्षित टिप्पणी गरेका छन् । आइतबार पार्टी कार्यालयमा स्वागत गर्न भेला भएका पार्टीका नेता, कार्यकर्ता एवं शुभचिन्तकलाई सम्बोधन गर्दै लामिछानेले ‘पार्टीको चुनाव जितेजस्तै आम चुनाव पनि जिते भैगो’ भन्दै ओली लक्षित टिप्पणी गरेका हुन् । केही दिन अघि मात्रै सम्पन्न ११औं महाधिवेशनबाट ...
। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जिम्मेवारी सम्हालेको तीन महिनाको अवधिमा गरेका ३० प्रमुख उपलब्धि सार्वजनिक गरेका छन् । गत असोज ६ गते सञ्चारमन्त्री बनेका खरेलले आज महत्त्वपूर्ण उपलब्धिको रुपमा आमसञ्चार, दूरसञ्चार, सूचना प्रविधि, हुलाक सेवा, मुद्रण, चलचित्र र अन्य विभिन्न क्षेत्रका ३० उपलब्धिहरू सार्वजनिक गरे । ‘धेरै चुनौतिकाबीच यति मुख्य उपलब्धि भएको छ । ...
। जिल्लाको फुङलिङ नगरपालिका–९ हाङ्देवामा भालुले पशुचौपायामाथि आक्रमण गरी क्षति पुर्‍याएको छ । फुङलिङ–९ का वडाध्यक्ष लक्ष्मण गुरुङले पछिल्ला केही दिनयता स्थानीय किसानका चारवटा खसी र एउटा भेडा भालुको आक्रमणबाट मरेका जानकारी दिए । अध्यक्ष गुरुङका अनुसार नारायणप्रसाद गुरुङको एउटा भेडा र एउटा खसी तथा भगीमान गुरुङका तीनवटा खसी भालुको आक्रमणमा मरेका हुन् । पछिल्ला केही दिनदेखि ...
कोशी प्राइड प्रालिको आयोजनामा तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट प्रतियोगिता आगामी फागुन ९ गतेदेखि सुरु हुने भएको छ
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम