मुख्य समाचार
कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप विवाद घटना छानबिन गर्न स्थानीय प्रशासनले समिति गठन
कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप विवाद घटना छानबिन गर्न स्थानीय प्रशासनले समिति गठन

। दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप विवाद घटना छानबिन गर्न स्थानीय प्रशासनले समिति गठन गरेको छ ।
गत शुक्रबार कैदीबन्दी र नाइकेबीच कारागारभित्र विवाद हुँदा भएको झडपमा आठ कैदीबन्दी घाइते भएका थिए । घाइतेमध्ये दुई जना कारागार फर्किएका छन् भने छ जनाको महाकाली प्रादेशिक अस्पतालमा उपचार हुँदैछ ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले कारागारको घटनाको यथार्थ बझ्न सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए ।
समितिमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहरा र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धर्मराज उपाध्याय सदस्य रहेका छन् । समितिलाई छानबिन गर्न सात दिनको समयावधि दिइएको प्रजिअ ढकालले जानकारी दिए ।
‘आज पनि कारागारको अनुगमनमा जाँदैछौँ,’ उनले भने, ‘घटनाको विस्तृत छानबिन समितिले प्रतिवेदनमार्फत पेस गर्ला ।’
नाइकेहरूले कारागारभित्र एकाधिकार गरेको आरोपसहित यहाँ कैदीबन्दी आन्दोलित भएका थिए । कैदीबन्दीले नाइकेहरुले आफूहरुले पाउने सेवा सुविधामा आर्थिक चलखेल गर्ने र कारागारभित्र अवैध गतिविधि गर्ने गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी आगामी बुधबार स्वदेश फर्कन लागेका राजदूत छनले यहाँस्थित चिनियाँ दूतावासमा आयोजित बिदाइ समारोहमा आफू जुनसुकै जिम्मेवारीमा रहे पनि नेपाललाई सक्दो सहयोग गरिरहने बताए । नेपाल ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लक्षित टिप्पणी गरेका छन् । आइतबार पार्टी कार्यालयमा स्वागत गर्न भेला भएका पार्टीका नेता, कार्यकर्ता एवं शुभचिन्तकलाई सम्बोधन गर्दै लामिछानेले ‘पार्टीको चुनाव जितेजस्तै आम चुनाव पनि जिते भैगो’ भन्दै ओली लक्षित टिप्पणी गरेका हुन् । केही दिन अघि मात्रै सम्पन्न ११औं महाधिवेशनबाट ...
। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जिम्मेवारी सम्हालेको तीन महिनाको अवधिमा गरेका ३० प्रमुख उपलब्धि सार्वजनिक गरेका छन् । गत असोज ६ गते सञ्चारमन्त्री बनेका खरेलले आज महत्त्वपूर्ण उपलब्धिको रुपमा आमसञ्चार, दूरसञ्चार, सूचना प्रविधि, हुलाक सेवा, मुद्रण, चलचित्र र अन्य विभिन्न क्षेत्रका ३० उपलब्धिहरू सार्वजनिक गरे । ‘धेरै चुनौतिकाबीच यति मुख्य उपलब्धि भएको छ । ...
। जिल्लाको फुङलिङ नगरपालिका–९ हाङ्देवामा भालुले पशुचौपायामाथि आक्रमण गरी क्षति पुर्‍याएको छ । फुङलिङ–९ का वडाध्यक्ष लक्ष्मण गुरुङले पछिल्ला केही दिनयता स्थानीय किसानका चारवटा खसी र एउटा भेडा भालुको आक्रमणबाट मरेका जानकारी दिए । अध्यक्ष गुरुङका अनुसार नारायणप्रसाद गुरुङको एउटा भेडा र एउटा खसी तथा भगीमान गुरुङका तीनवटा खसी भालुको आक्रमणमा मरेका हुन् । पछिल्ला केही दिनदेखि ...
कोशी प्राइड प्रालिको आयोजनामा तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट प्रतियोगिता आगामी फागुन ९ गतेदेखि सुरु हुने भएको छ
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम