। हलिउडको ‘अवतार ३’ र बलिउडको ‘धुरन्धर’ ले नेपाली बक्सअफिसमा उत्साहजनक कमाइ गरिरहेका छन् । ‘अवतार : फायर एन्ड यश’ ले शुक्रबार र शनिबार सिनेपाः बक्सअफिसमा बलियो डेब्यू गरेको छ ।
मिश्रित समीक्षाको बाबजुद १९७ मिनेट रनटाइमको ‘अवतार’ को तेस्रो श्रृंखलाको ओपनिङ आफैमा आक्रामक हो । रिलिज अघि नै फिल्मले नेपालमा ७० लाखको अग्रिम टिकट विक्री गरेको थियो ।
फिल्मले शुक्रबार, शनिबार र आइतबार मध्यान्हसम्म नेपालमा २ करोड २० लाख नेरु ग्रस कमाएको छ । धेरैपछि कुनै हलिउड फिल्मले २ करोडमाथिको सप्ताहन्त ओपनिङ गरेको हो ।
तरपनि फिल्मको रिभ्यू मिश्रित भएकाले यो फिल्म कति अघि जान्छ भन्ने कुरामा अन्योल छ ।
रणवीर सिंह र अक्षय खन्ना स्टारर बलिउडको फिल्म ‘धुरन्धर’ ले नेपालमा आइतबार मध्यान्हसम्म ७ करोड ६० लाख ग्रस कमाइ गरेको छ । धेरैपछि कुनै हिन्दी फिल्मले नेपालमा यति राम्रो कमाइ गरेको हो ।