मुख्य समाचार
कांग्रेसमा आगामी निर्वाचनका लागि जिल्ला-जिल्लाबाट उम्मेदवारका आकांक्षीहरूको नाम प्रदेश हुँदै केन्द्रमा सिफारिसको काम
कांग्रेसमा आगामी निर्वाचनका लागि जिल्ला-जिल्लाबाट उम्मेदवारका आकांक्षीहरूको नाम प्रदेश हुँदै केन्द्रमा सिफारिसको काम

। नेपाली कांग्रेसमा आगामी निर्वाचनका लागि जिल्ला-जिल्लाबाट उम्मेदवारका आकांक्षीहरूको नाम प्रदेश हुँदै केन्द्रमा सिफारिसको काम चलिरहेको छ ।

जिल्लाले नाम सिफारिस गर्दा सबैभन्दा धेरै महामन्त्री गगनकुमार थापाको नाम सिफारिस भएको छ । थापा विभिन्न जिल्लासँगै तेह्रथुमबाट एकल सिफारिस भएका थिए ।

तर, कोशी प्रदेश समितिले भने उनीसँगै सीता गुरुङको पनि नाम थपेर केन्द्रमा पठाएको छ । गुरुङ विघटित प्रतिनिधि सभामा कांग्रेसबाट प्रत्यक्ष निर्वाचन जित्ने एकमात्र सदस्य थिइन् ।

कोशी प्रदेश समितिका उपसभापति रमेशजंग रायमाझीले सीता गुरुङको नाम थपेर पठाइएको जानकारी दिए ।

उनले महामन्त्री र उनीनिटकहरूले ‘स्टन्ट’ गरिरहेको आरोप पनि लगाए । ‘महामन्त्री र उनका मान्छेहरूले स्टन्ट गरे । यसरी सिफारिस नै गर्ने हो भने शेरबहादुर देउवाको नाम सबै जिल्लाबाट हुन्थ्यो होला नि,’ उनले अनलाइनखबरसँग भने, ‘शेखर कोइरालाको त्यस्तै हुन्थ्यो होला, पूर्णबहादुर खड्काको पनि कति जिल्लाबाट नाम आउँथ्यो होला । निर्वाचन र उम्मेदवार सिफारिसको विषयमा आफ्नो क्षेत्र जहाँ हो त्यहीँ आवश्यक राजनीति गरौँ । यसरी स्टन्ट गरेर पार्टीलाई राजनीतिक रुपमा फाइदा हुँदैन नि ।’

यसअघि सीता गुरुङको नाम जिल्लाबाट सिफारिस नहुनुमा पूर्वसांसद तुलसी सुब्बा समूह हाबी भएको त्यहाँस्थित केही नेता बताउँछन् ।

‘अघिल्लो चुनावमा तुलसी त सीतालाई हराउन भनेर लागेको मान्छे हो नि । अहिले उनले उम्मेदवार नै सिफारिस नहुने गरी जिल्लामा राजनीति गरेका हुन्,’ तेह्रथुम जिल्ला कार्यसमितिका एक पदाधिकारीले भने, ‘तुलसीलाई त अनुशासनको कारबाही पनि गरिएको छ । कारबाही फुकुवा पनि भएको छैन ।’

सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ थापाको मात्रै र समानुपातिकतर्फ भने तेह्रथुम कांग्रेसले कृष्णमान तुम्बाहाम्फे, डिल्लीराम नेपाल, विजय सम्बाहाम्फे, रुद्र कन्दङ्वा, बसन्ती सुब्बा गुरुङ, शारदा कोइराला र शनिषा भेटवालको नाम सिफारिस गरेको थियो । समानुपातिकतर्फ भने प्रदेशले पनि कुनै नाथ थपघट नगरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी आगामी बुधबार स्वदेश फर्कन लागेका राजदूत छनले यहाँस्थित चिनियाँ दूतावासमा आयोजित बिदाइ समारोहमा आफू जुनसुकै जिम्मेवारीमा रहे पनि नेपाललाई सक्दो सहयोग गरिरहने बताए । नेपाल ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लक्षित टिप्पणी गरेका छन् । आइतबार पार्टी कार्यालयमा स्वागत गर्न भेला भएका पार्टीका नेता, कार्यकर्ता एवं शुभचिन्तकलाई सम्बोधन गर्दै लामिछानेले ‘पार्टीको चुनाव जितेजस्तै आम चुनाव पनि जिते भैगो’ भन्दै ओली लक्षित टिप्पणी गरेका हुन् । केही दिन अघि मात्रै सम्पन्न ११औं महाधिवेशनबाट ...
। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जिम्मेवारी सम्हालेको तीन महिनाको अवधिमा गरेका ३० प्रमुख उपलब्धि सार्वजनिक गरेका छन् । गत असोज ६ गते सञ्चारमन्त्री बनेका खरेलले आज महत्त्वपूर्ण उपलब्धिको रुपमा आमसञ्चार, दूरसञ्चार, सूचना प्रविधि, हुलाक सेवा, मुद्रण, चलचित्र र अन्य विभिन्न क्षेत्रका ३० उपलब्धिहरू सार्वजनिक गरे । ‘धेरै चुनौतिकाबीच यति मुख्य उपलब्धि भएको छ । ...
। जिल्लाको फुङलिङ नगरपालिका–९ हाङ्देवामा भालुले पशुचौपायामाथि आक्रमण गरी क्षति पुर्‍याएको छ । फुङलिङ–९ का वडाध्यक्ष लक्ष्मण गुरुङले पछिल्ला केही दिनयता स्थानीय किसानका चारवटा खसी र एउटा भेडा भालुको आक्रमणबाट मरेका जानकारी दिए । अध्यक्ष गुरुङका अनुसार नारायणप्रसाद गुरुङको एउटा भेडा र एउटा खसी तथा भगीमान गुरुङका तीनवटा खसी भालुको आक्रमणमा मरेका हुन् । पछिल्ला केही दिनदेखि ...
कोशी प्राइड प्रालिको आयोजनामा तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट प्रतियोगिता आगामी फागुन ९ गतेदेखि सुरु हुने भएको छ
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम