मुख्य समाचार
संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको तट नजिकबाट एउटा तेल ट्याङ्कर नियन्त्रणमा लिएको छ
संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको तट नजिकबाट एउटा तेल ट्याङ्कर नियन्त्रणमा लिएको छ

। संयुक्त राज्य अमेरिकाले शनिबार भेनेजुएलाको तट नजिकबाट एउटा तेल ट्याङ्कर नियन्त्रणमा लिएको छ ।

भेनेजुएलाले यस कदमलाई वासिङ्टनको दबाब अभियानको पछिल्लो कडी भन्दै ‘चोरी र अपहरण’ को संज्ञा दिएको छ ।

दुई हप्ताभित्र दोस्रो पटक अमेरिकी सेनाले यस क्षेत्रमा तेल ट्याङ्कर रोकेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा जाने र त्यहाँबाट बाहिरिने ‘प्रतिबन्धित तेल जहाजहरू’ अवरुद्ध गर्ने घोषणा गरेपछि यो घटना भएको हो ।

अमेरिकी गृहमन्त्री क्रिस्टी नोमले एक्समार्फत् जानकारी दिँदै डिसेम्बर २० को बिहान अमेरिकी तटरक्षकले रक्षा मन्त्रालयको सहयोगमा भेनेजुएलामा अन्तिम पटक डक गरिएको तेल ट्याङ्कर नियन्त्रणमा लिएको बताए । सो पोस्टसँगै सार्वजनिक गरिएको भिडियोमा हेलिकप्टर समुद्रमा रहेको ठूलो ट्याङ्करमाथि उडिरहेको दृश्य देखाइएको थियो ।




काराकासले यस घटनाको कडा निन्दा गर्दै यसलाई गम्भीर अन्तर्राष्ट्रिय अपराध भनेको छ र जिम्मेवार व्यक्तिहरूले न्याय र इतिहासको सामना गर्नुपर्ने चेतावनी दिएको छ ।

गृह मन्त्रालयका अनुसार ‘सेन्चुरी’ नामक उक्त जहाजले अमेरिकी प्रतिबन्धअन्तर्गत पर्ने तेल बोकेको आशङ्का गरिएको छ । ट्याङ्करट्र्याकरका अनुसार यो चिनियाँ स्वामित्वको, पानामाको झण्डा बोकेको तेल ट्याङ्कर हो ।

उक्त ट्याङ्करले यस महिनाको सुरुमा भेनेजुएलाको बन्दरगाहबाट करिब १८ लाख ब्यारेल कच्चा तेल लोड गरी डिसेम्बर १८ मा विशेष आर्थिक क्षेत्रबाट बाहिरिएको बताइएको छ ।

यद्यपि एएफपीको समीक्षाअनुसार उक्त जहाज अमेरिकी अर्थ मन्त्रालयको स्वीकृत सूचीमा प्रत्यक्ष रूपमा समावेश देखिँदैन ।

ह्वाइट हाउसकी उप प्रवक्ता अन्ना केलीले ट्याङ्करमा भेनेजुएलाको राज्य तेल कम्पनी पिडिभिएसएको स्वीकृत तेल रहेको दाबी गर्दै यसलाई ‘स्याडो फ्लीट’ अन्तर्गत झुटो झण्डा प्रयोग गरी सञ्चालन गरिएको जहाज बताएका छन् ।

यसअघि डिसेम्बर १० मा पनि अमेरिकी सेनाले भेनेजुएलाको तट नजिकै अर्को ठूलो ट्याङ्कर जफत गरेको थियो । उक्त ट्याङ्कर भेनेजुएलाबाट इरानतर्फ प्रतिबन्धित तेल ढुवानीमा संलग्न रहेको आरोप अमेरिकाको छ ।

अमेरिकाले लागुऔषध तस्करी नियन्त्रणका नाममा क्यारिबियन क्षेत्रमा ठूलो सैन्य तैनाथी बढाउँदै आएको छ तर भेनेजुएलाले यसलाई विशेष रूपमा आफूलाई लक्षित अभियानको रूपमा हेरेको छ ।

भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाद्रिनो लोपेजले राज्य टेलिभिजनमार्फत ‘हामी झूट, हेरफेर, हस्तक्षेप र सैन्य धम्कीविरुद्ध लडिरहेका छौँ, यसले हामीलाई डराउने छैन’ भन्दै प्रतिवाद गरेका छन् ।

विदेशमन्त्री यवन गिलले इरानले अमेरिकी ‘समुद्री डकैती र अन्तर्राष्ट्रिय आतङ्कवाद’ विरुद्ध भेनेजुएलालाई सबै क्षेत्रमा समर्थन गर्न तयार रहेको जानकारी दिएका छन् । हाल क्यारिबियन क्षेत्रमा ११ अमेरिकी युद्धपोत तैनाथ छन्, जसमा विश्वकै ठूलो विमानवाहक जहाजसमेत समावेश छ ।

काराकासले यस अभियानलाई राष्ट्रपति निकोलस मदुरोलाई सत्ताबाट हटाउने र भेनेजुएलाको तेल ‘चोर्ने’ प्रयासको रूपमा व्याख्या गरेको छ ।

यसैबीच, दक्षिण अमेरिकी मर्कोसुर शिखर सम्मेलनका क्रममा पनि भेनेजुएला मुद्दाले क्षेत्रीय र अन्तर्राष्ट्रिय राजनीतिक बहसलाई थप चर्काएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकामा दोषी प्रमाणित यौन अपराधी जेफ्री एपस्टिनसम्बन्धी मुद्दाका लामो समयदेखि प्रतीक्षित फाइलहरू आंशिक रूपमा सार्वजनिक गरिएपछि पीडित तथा सांसदहरूले तीव्र असन्तोष व्यक्त गरेका छन् । धेरै कागजातका पृष्ठहरू कालो पारिएको र तस्वीरहरू सेन्सर गरिएको भन्दै उनीहरूले यसलाई उच्च तहको ढाकछोपको निरन्तरता भनेका छन् । अमेरिकी न्याय मन्त्रालयले सार्वजनिक गरेको सामग्रीमा पूर्व राष्ट्रपति बिल क्लिन्टन तथा एपस्टिनको ...
। बंगलादेशमा भारतविरोधी आन्दोलन चर्किएसँगै भारतीय दूतावासले भिसा केन्द्र अनिश्चितकालका लागि बन्द गरेको छ । भारतीय भिसा आवेदन केन्द्र (आईभीएसी) ले चटगाउँस्थित भिसा केन्द्र अनिश्चितकालका लागि बन्द गरेको हो । आईवीएसीले हालै चटगाउँमा भएको घटनाले सुरक्षा संवदेनशीलता बढेको भन्दै २१ डिसेम्बर (आज) देखि लागू हुनेगरी अर्को सूचना जारी नभएसम्म बन्द गरिएको जनाएको छ । बंगलादेशमा विद्यार्थी नेता उस्मान ...
। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आफू र आफ्नी धर्मपत्नी बुशरा बिबीलाई तोसाखाना–२ भ्रष्टाचार मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएपछि देशव्यापी विरोध प्रदर्शनको तयारी गर्न आफ्ना समर्थकहरूलाई आह्वान गरेका छन् । उनले उक्त फैसलाविरुद्ध इस्लामाबाद उच्च अदालतमा चुनौती दिने स्पष्ट सङ्केत दिएका छन् । हाल हिरासतमा रहेका तथा सामाजिक सञ्जालमा प्रत्यक्ष पहुँचमा नरहेका खानले आफ्नो कानुनी टोलीमार्फत ...
अमेरिकी यौन अपराधी जेफ्री एपस्टिनसँग सम्बन्धित फाइलहरूमध्ये १६ वटा फाइल शनिबार अबेर राति वेबसाइटबाट गायब भएका छन्
। पाकिस्तानको एक अदालतले पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७–१७ वर्षको कठोर कारावास सजाय सुनाएको छ । तोशाखाना अनुसन्धानसँग जोडिएको मुद्दामा शनिबार २० डिसेम्बरको दिन अदालतले खान दम्पतीलाई समान १७ वर्ष जेल सजाय सुनाएको हो । १७–१७ वर्षको जेल सजायसँगै अदालतले इमरान खान र बुशरा बीबीलाई १ करोड ६४ लाख पाकिस्तानी रुपैयाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम