मुख्य समाचार
एसियाली फुटबल महासंघ (एएफसी) ले एएफसी नेसन्स लिग फुटबल आयोजना गर्नका लागि तयारी
एसियाली फुटबल महासंघ (एएफसी) ले एएफसी नेसन्स लिग फुटबल आयोजना गर्नका लागि तयारी

। एसियाली फुटबल महासंघ (एएफसी) ले एएफसी नेसन्स लिग फुटबल आयोजना गर्नका लागि तयारी अघि बढाएको छ।

एएफसीले एसिया महादेशभरका राष्ट्रिय फुटबल टोलीको स्तर उकास्ने उद्देश्यसहित यो प्रतियोगिता सुरुवात गर्न लागिएको जनाएको छ ।

एसियाका राष्ट्रिय टोली फुटबललाई सुदृढ बनाउने प्रतिबद्धतालाई पुनः पुष्टि गर्दै, सदस्य संघहरू (एमएहरू) का लागि विकासका अवसरहरू बढाउने तथा अन्तर्राष्ट्रिय खेलहरूको अझ संरचित र दिगो ढाँचा स्थापना गर्ने उद्देश्यका साथ आगामी दिनमा एएफसी नेसन्स लिग सुरु गर्ने योजना सार्वजनिक गरेको हो ।

एएफसीले आफ्नो महादेशभर एएफसीका क्लब प्रतियोगितामा सफलतापूर्वक गरिएका सुधारहरूसँगै, दिगो विकास, प्रतिस्पर्धात्मक सन्तुलन र अर्थपूर्ण खेल अवसरहरूलाई समर्थन गर्ने रणनीतिक पहलहरूलाई निरन्तरता दिएको जनाएको छ ।


फिफा अन्तर्राष्ट्रिय ‘म्याच विन्डो‘को प्रभावकारी उपयोग, सीमित प्रतिद्वन्द्वी उपलब्धता, बढ्दो खर्च र जटिल व्यवस्थापनका कारण राष्ट्रिय टोलीहरुले अपेक्षा अनुसार खेल्न नपाइरहेको भन्दै एएफसीले दिगो ढाँचा आवश्यक रहेको निष्कर्ष नजिकाल्दै नेसन्स लिगको अवधारणा अघि सारेको हो ।

एएफसीका महासचिव दातुक सेरी विन्डसर जोनले एएफसी नेसन्स लिग आफ्नो ४७ सदस्य संघहरूको विकासलाई समर्थन गर्ने निरन्तर प्रतिबद्धतामा एक महत्वपूर्ण कदम भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम