मुख्य समाचार
एसियाली फुटबल महासंघ (एएफसी) ले एएफसी नेसन्स लिग फुटबल आयोजना गर्नका लागि तयारी
एसियाली फुटबल महासंघ (एएफसी) ले एएफसी नेसन्स लिग फुटबल आयोजना गर्नका लागि तयारी

। एसियाली फुटबल महासंघ (एएफसी) ले एएफसी नेसन्स लिग फुटबल आयोजना गर्नका लागि तयारी अघि बढाएको छ।

एएफसीले एसिया महादेशभरका राष्ट्रिय फुटबल टोलीको स्तर उकास्ने उद्देश्यसहित यो प्रतियोगिता सुरुवात गर्न लागिएको जनाएको छ ।

एसियाका राष्ट्रिय टोली फुटबललाई सुदृढ बनाउने प्रतिबद्धतालाई पुनः पुष्टि गर्दै, सदस्य संघहरू (एमएहरू) का लागि विकासका अवसरहरू बढाउने तथा अन्तर्राष्ट्रिय खेलहरूको अझ संरचित र दिगो ढाँचा स्थापना गर्ने उद्देश्यका साथ आगामी दिनमा एएफसी नेसन्स लिग सुरु गर्ने योजना सार्वजनिक गरेको हो ।

एएफसीले आफ्नो महादेशभर एएफसीका क्लब प्रतियोगितामा सफलतापूर्वक गरिएका सुधारहरूसँगै, दिगो विकास, प्रतिस्पर्धात्मक सन्तुलन र अर्थपूर्ण खेल अवसरहरूलाई समर्थन गर्ने रणनीतिक पहलहरूलाई निरन्तरता दिएको जनाएको छ ।


फिफा अन्तर्राष्ट्रिय ‘म्याच विन्डो‘को प्रभावकारी उपयोग, सीमित प्रतिद्वन्द्वी उपलब्धता, बढ्दो खर्च र जटिल व्यवस्थापनका कारण राष्ट्रिय टोलीहरुले अपेक्षा अनुसार खेल्न नपाइरहेको भन्दै एएफसीले दिगो ढाँचा आवश्यक रहेको निष्कर्ष नजिकाल्दै नेसन्स लिगको अवधारणा अघि सारेको हो ।

एएफसीका महासचिव दातुक सेरी विन्डसर जोनले एएफसी नेसन्स लिग आफ्नो ४७ सदस्य संघहरूको विकासलाई समर्थन गर्ने निरन्तर प्रतिबद्धतामा एक महत्वपूर्ण कदम भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आईसीसी टी-२० विश्वकप २०२६ का लागि नेपाली क्रिकेट टोलीको प्रारम्भिक चरणको प्रशिक्षण क्याम्प घोषणा भएको छ । क्याम्पका लागि २४ खेलाडी बोलाइएका छन् । एनपीएलमा शानदार प्रदर्शन गरेका उदीयमान खेलाडी घोषित शेर मल्ल पनि क्याम्पमा परेका छन् । यस्तै विनोद भण्डारी, अविनाश बोहरा, प्रतिश जीसी, इशान पान्डे र बसिर अहमद पनि परेका छन् । क्याम्प भोलि ...
पाकिस्तानले एसीसी यू-१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा भारतलाई १९१ रनले हराउँदै पाकिस्तानले उपाधि जितेको हो ।
इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार बेलुका भएको खेलमा न्युकासल युनाइटेड र चेल्सीले २-२ गोलको बराबरी खेलेका छन्
बद्री कुन्ता मेमोरियल यू–१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुलले टोटनहममाथि २-१ को जित हासिल गरेको छ ।
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम