मुख्य समाचार
आतंकवादविरुद्ध अस्ट्रेलियामा एकता प्रदर्शन
आतंकवादविरुद्ध अस्ट्रेलियामा एकता प्रदर्शन

: साँझको ६ बजेर ४७ मिनेट भएको थियो। तीव्र गतिमा दौडिरहेको प्रमुख व्यापारिक सहर सिड्नी ठप्प रोकियो। अनि, राजधानी क्यानभरा पनि। संसद् भवन, प्रधानमन्त्रीको कार्यालय, सैनिक सँगै सबै सुरक्षा सरकारी निकायका मुख्यालयहरू ठप्प भए। विश्वको छैटौं ठूलो देशमा आतंकवादी हमलाबाट मारिएका १५ निर्दोषको स्मृतिमा राष्ट्रिय मौन त भयो नै, शोक व्यक्त गर्न सर्वत्र मैन बत्तीहरू बालिए। हरेकका शिर ६० सेकेन्ड निहुँरिए।




आइतबार साँझ यस्ता दृश्य सिड्नीदेखि ७ किलोमिटर पर्ने बोन्डाइको आर्चर पार्कसम्म देखिए। जहाँ आतंकवादी आक्रमणमा मारिएका १५ निर्दोष जनाको सम्झनामा राष्ट्रिय स्मरण दिवस मनाउन प्रधानमन्त्री एन्थोनी अल्वानीज, न्यूसाउथ वेल्समा मुख्यमन्त्री क्रिस मिन्स र विपक्षी नेतृ सुसान सँगै ठूलो संख्यामा मानिसहरूको सहभागिता रहेको थियो। आक्रमणका पीडितहरू प्रतिसम्मान अर्पण स्थल समुद्र तटमा सुरक्षाका लागि सशस्त्र प्रहरी तैनाथ गरिएको थियो। कुनै सुरक्षा खतराको संकेत थिएन।


‘पभिलियन’ मा फूलका गुुच्छाहरू राखेर श्रद्धाञ्जलि अर्पण गर्दा धेरै जना भक्कानिएका थिए। बोन्डाइ तटीय क्षेत्रमा यहुदी समुदायको बाहुुल्यता छ। प्रधानमन्त्री एन्थोनी अल्वानीजले सरकार सँगै पूरै अस्टे«लियनहरू उनीहरूको पीडामा साथ दिन तयार भएको भन्दै त्रास मुक्त हुन आग्रह गरे। अल्वानिजले एकताको शक्तिशाली प्रदर्शन गर्न गरेको आग्रह लगत्तै अस्ट्रेलियनहरूले आतंकवादी हमलाको विरोध गर्दै यहुदी समुदायको साथमा रहेको सन्देश दिए।




समुद्री किनारको पार्कमा डिसेम्बर १४ को साँझ घातक आतंकवादी हमला भएको थियो। त्यसको एक साता पूरा भएको साँझा बोन्डाइ सँगै देशभर मैनबत्ती बाल्न र एक मिनेट मौन धारण गर्न प्रधानमन्त्रीले आग्रह गरेका थिए। जसको सबैले पालना गरेका छन्। प्रधानमन्त्री अल्बानेजीको आग्रह थियो, ‘दैनिक जीवनको कोलाहलबाट अलग गरिएका ६० सेकेन्ड, हामीसँग हुनुपर्ने १५ अस्ट्रेलियालीहरूको सम्झनामा समर्पित गरेका छौं।’ उनले उक्त क्षणलाई ‘रोकिएर सोच्ने, र घृणा तथा हिंसाविरुद्ध एकता र प्रतिबद्धता दोहोर्‍याउने अवसर’ भएको बताए।

बोन्डाइबाहेक देशभर अस्ट्रेलियालीहरूले आफ्नो स्थानमा उभिर मौनधारण गर्नेगरी पीडितहरूको सम्झना गरेको दृश्यले शक्तिशाली एकताको सन्देश दिएको थियो। समुद्री तटमा विशेष कार्यक्रम गरिए पनि घटनाबाट प्रभावित सबैलाई राष्ट्रिय स्तरमा सम्मान गर्न सकियोस् भन्ने उद्देश्यले सरकार र समुदायका संगठनहरूले सार्वजनिक र निजी स्थानहरूमा समेत सम्मान कार्यक्रमको आयोजना गरेका थिए।

ब्रिसबेन र अन्य स्थानहरूमा स्थानीय समुदायका सभाहरू, फूल अर्पण स्थलहरूमा स्मरणका गतिविधि भएका छन्। ब्रिसबेनको यहुदी समुदायको शिविर र स्यानोगग नजिक फूल राखिएको थियो। अहिले बोन्डाइएको तटीय क्षेत्रको जीवन विस्तारै सामान्य अवस्थामा फर्किँदै गएको छ। जहाँ गहिरो शोक र अन्त्येष्टिपछि शान्त स्मरण कार्यक्रमहरू भइरहेका छन्।

हजारौंको संख्यामा स्मृति स्थलमा राखिएका फूलहरू इतिहासका लागि सुरक्षित राखिने भएको छ। आक्रमणमा मृत्यु भएका व्यक्तिहरूको सम्झनामा समुदायका सदस्यहरूले राखेका पुष्पगुच्छा ऐतिहासिक संरक्षणको लागि सिड्नी यहुदी संग्रहालय र अस्ट्रेलियन यहुदी ऐतिहासिक समाजले सग्रह गरेर सुरक्षित राख्ने भएको छ।

यसैबीच प्रधानमन्त्रीले गुप्तचर र कानुन कार्यान्वयन निकायहरूको समीक्षाको घोषणा गरेका छन्। उनले बोन्डाइ आक्रमणपछि गुप्तचर तथा कानुन कार्यान्वयन निकायहरूको समीक्षा गरिने बताएका हुन्। समीक्षा रोयल कमिसन आयोग गठनको मागपछि अघि बढाइएको हो। समीक्षाको उद्देश्य बोन्डाइमा भएको यहुदी विरोधी आतंकवादी आक्रमणपछि अस्ट्रेलियालीहरूलाई सुरक्षित राख्न यी निकायसँग पर्याप्त अधिकार, संरचना, प्रक्रिया र सूचना आदान-प्रदानको व्यवस्था छ कि छैन भनेर मूल्यांकन गर्नु रहेको छ।

समीक्षाको प्रतिवेदन अप्रिल २०२६ भित्र सम्पन्न गरी सरकारलाई बुझाइने छ। प्रतिवेदन पूर्वगुप्तचर प्रमुख डेनिस रिचर्डसनको नेतृत्वमा तयार गरिने भएको छ। जसले अस्ट्रेलियाका सुरक्षा निकायहरू आतंकवादी गतिविधिमा प्रतिक्रिया दिन कत्तिको सक्षम छन् ? भन्ने विषयका विभिन्न पक्षहरूको जाँच गर्ने छ।

डेनिस रिचर्डसन यहाँका अत्यन्तै वरिष्ठ र अनुभवि पूर्वसरकारी अधिकारी हुन्। उनले देशका प्रमुख सुरक्षा र कूटनीतिक निकायहरूको नेतृत्व गरिसकेका छन्। गुप्तचर, सुरक्षा, रक्षा र कूटनीतिमा लामो अनुभव भएकाले प्रधानमन्त्री एन्थोनीले आक्रमणपछि संघीय गुप्तचर र कानुन कार्यान्वयन निकायहरूको समीक्षा नेतृत्व गर्न जिम्मा दिएका हुन्।

राष्ट्रिय सुरक्षा प्रणालीमा कमजोरी देखिएको प्रश्न उठेपछि प्रधानमन्त्रीले जारी गरेको एक वक्तव्यमा भनेका छन्, ‘गत आइतबार भएको आईएसआई प्रेरित जघन्य घटनाले देशको सुरक्षा वातावरण तीव्र रूपमा परिवर्तन हुँदै गएको कुरालाई पुनः पुष्टि गरेको छ। हाम्रा सुरक्षा निकायहरू प्रतिक्रिया दिन सबैभन्दा राम्रो अवस्थामा हुनैपर्छ।’ तर, स्मृतिसभा स्थलमा पुग्ने भएका प्रधानमन्त्रीको असन्तुष्ट पक्षले विरोध पनि गरेका थिए।

न्यूसाउथ वेल्सका प्रिमियर क्रिस मिन्सले आक्रमणले कारबाहीको आवश्यकता स्पष्ट रूपमा देखाएको बताएका छन्। उनले भने स्मृतिसभाललाई सम्बोधन गर्दै भने, ‘यसलाई केवल एउटा अपवाद वा दुःखद एकल घटना भनेर पन्छाउनु गलत हुनेछ।’
‘यसले मृत्यु भएका र घाइते भएकाहरूलाई न्याय दिने छैन, र भविष्यमा यस्तो घटना दोहोरिन नदिन आवश्यक कदम चाल्न पनि हामीलाई सक्षम बनाउने छैन’ उनले भने। उनका अनुसार, आक्रमणले समाजभित्र रहेको यहुदीविरुद्धको घृणाको गहिरो समस्यालाई उजागर गरेको छ।

जसको सामना गर्न अब निर्णायक कदम आवश्यक छ। सभा स्थलमा कतिपयले इजरायली झन्डाहरू पनि फहराएका थिए। सिड्नीको केन्द्रीय व्यापारिक केन्द्रबाट ७ किलोमिटर पूर्वपर्ने बार्रबेली काउन्सिलअन्तर्गत पर्ने आक्रमण स्थल सबैभन्दा ठूलो यहुदी समुदाय बासोबास भएको क्षेत्र हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लोकप्रिय पप गायक, द भ्वाइस अफ नेपालका निर्णायक तथा मङ्गोलियन हार्ट ब्यान्डका मुख्य गायक राजु लामाले युरोपको सर्वोच्च शिखर माउन्ट एल्ब्रस सफलतापूर्वक आरोहण गरेका छन् । सामाजिक संजालबाट उनले आफूले ५६४२ मिटर अग्लो हिमाल चढेको जनाएका छन् । लामाले एल्ब्रस आफ्नो ‘सेभेन समिट्स च्यालेन्ज’ अन्तर्गतको तेस्रो सफल आरोहण रहेको बताएका छन् । उनले पर्वत र प्रकृतिसँग ...
। उत्तर कोरियाली प्रिमियर पाक थाई-सोङ शुक्रबार चीन प्रस्थान गर्दै छन्। उनी दुई देशबीचको मैत्री सन्धि स्थापना भएको वर्षगाँठ मनाउन तीन दिने भ्रमणका लागि त्यहाँ जान लागेका हुन्। यो भ्रमणले यी दुई परम्परागत मित्र राष्ट्रहरूबीचको सम्बन्धमा सुधार आउँदै गरेको अर्को संकेत दिन्छ। यस वर्ष चीन-उत्तर कोरिया मैत्री, सहयोग र पारस्परिक सहायता सम्झौतामा हस्ताक्षर भएको ६५औँ वर्षगाँठ ...
। अमेरिकी सेनाले इरानमाथि लगातार दोस्रो रात पनि आक्रमण गरेको बताएको छ। उसले इरानभरि करिब ९० वटा ठेगानाहरूलाई निशाना बनाएको छ। अमेरिकी सेन्टकमले यी आक्रमणहरूका भिडियोहरू एक्समा पोस्ट गरेको छ। सेन्टकमले यी आक्रमणहरूको उद्देश्य होर्मुज स्ट्रेटमा कमर्सियल जहाजहरू र निर्दोष नाविकहरूमाथि आक्रमण गर्ने इरानको क्षमतालाई अझ कमजोर बनाउनु रहेको लेखेको छ। निशाना बनाइएका ठेगानाहरूमा एयर डिफेन्स सिस्टम ...
: अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले इरानविरुद्धको शृङ्खलाबद्ध आक्रमणका क्रममा ८० भन्दा बढी ठेगानाहरूलाई निशाना बनाएको दाबी गरेको छ। सामाजिक सञ्जालमा एक पोस्ट सार्वजनिक गर्दै सेन्टकमले होर्मुज स्ट्रेट भएर गुड्ने व्यावसायिक जहाजहरूमाथि इरानले हालै गरेको आक्रमणको जवाफमा यो कारबाही गरिएको जनाएको छ। सेन्टकमका अनुसार अमेरिकी सेनाले होर्मुज स्ट्रेट र त्यसको वरपरका क्षेत्रमा इरानी हवाई रक्षा प्रणाली ...
। इरानमा अमेरिकी आक्रमणको नयाँ शृङ्खलाका कारण कतारले आपतकालीन सुरक्षा सतर्कता जारी गरेको छ । बहराइन र कुवेतमा पनि खतराको संकेतस्वरुप चेतावनीका साइरनहरू बजेका छन् । कतारको गृह मन्त्रालयले आफ्ना नागरिक र बासिन्दाहरूलाई पठाएको आपतकालीन सन्देशमा सुरक्षा खतराको स्तर उच्च रहेको बताउँदै सार्वजनिक स्थानमा ननिस्कन र घर वा सुरक्षित स्थानमा रहन तथा आधिकारिक निर्देशनहरू पालना ...