मुख्य समाचार
अदालतको फैसला कार्यान्वयनका क्रममा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई ८ वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई पक्राउ
अदालतको फैसला कार्यान्वयनका क्रममा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई ८ वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई पक्राउ

: जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्वी भाग)ले अदालतको फैसला कार्यान्वयनका क्रममा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई ८ वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक लालबहादुर बि.क.का अनुसार पुथाउत्तरगंगा गाउँपालिका–१३ ओख्मा बस्ने २८ वर्षीय सुनिल बुढा कर्तव्य ज्यान मुद्दामा रुकुमकोट जिल्ला अदालतको २०७५ जेठ ७ गतेको फैसलाअनुसार जन्मकैद सजाय हुने ठहर भई फैसला पश्चात् फरार भएका थिए।


फरार प्रतिवादी बुढालाई खोजतलास गर्दा आइतबार अदालतमा उपस्थित गराई बुढालाई सर्वोच्च अदालतको मिति २०८१ मंसिर २४ गतेको आदेश अनुसार बाँकी रहेको ९ वर्ष ७ महिना १३ दिन कैद सजाय भुक्तान गर्न कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्वी)ले फरार प्रतिवादीहरूको खोजतलास गरी अदालतको फैसला कार्यान्वयनलाई निरन्तरता दिइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि प्रयोग हुने ५१ सामग्रीहरूको सूची तयार पारेको छ । जसमध्ये ३७ वटा सामग्री जिल्लास्तरबाट नै खरिद गरिनेछ भने बाँकी १४ वटा सामग्री आयोगले नै खरिद गरी उपलब्ध गराउनेछ । सिंहदरबारमा जारी सर्वपक्षीय छलफलमा निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगले उपलब्ध गराउनुपर्ने सामग्री खरिद गर्ने प्रक्रिया ...
— गत भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि कोशी प्रदेश सरकार निष्क्रिय जस्तै अवस्थामा छ ।
— प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक बन्दसूची पेस गर्ने म्याद थप गर्न कांग्रेसले आग्रह गरेको छ । कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले समानुपातिक बन्दसूची बुझाउने समय अभाव हुने भएकाले केही समय थप गर्नुपर्ने बताएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय, नागरिक समाजको सोमबारको बैठकमा यादवले प्रतिनिधिसभाको फागुन ...
— पूर्वसांसद तथा संविधानविद् राधेश्याम अधिकारीले राजनीतिक दलका प्रमुख नेताहरूलाई एक ठाउँबाट अर्को ठाउँमा जानबाट बन्देज लगाएर चुनावकाे वातावरण नबन्ने बताएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन कानुन एवं व्यवस्थापनसम्बन्धी राजनीतिक दल र नागरिक प्रतिनिधिहरूसँगकाे छलफल तथा गृह मन्त्रालय र निर्वाचन आयोगको प्रस्तुतिकरण कार्यक्रममा वरिष्ठ अधिवक्ता अधिकारीले नेताहरूलाई बयानमा बाेलाउन तर स्थानहद हटाउनु पर्ने ...
— नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता राजेन्द्र पाण्डेले युवा पुस्तालाई झुक्याउने काम कारबाही नगर्न सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले सोमबार बोलाएको राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र नागरिक समाजका प्रतिनिधिको बैठकमा नेकपाका नेता पाण्डेले निर्वाचनको मुखमा आएर विभिन्न कानुन संशोधन अध्यादेश ल्याएर झुक्याउने काम नगर्न आग्रह गरेका छन् । फागुन २१ का लागि ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम