मुख्य समाचार
वीरगन्जबाट प्रहरीले फेरि ठूलो परिमाणमा लागूऔषध चरेससहित दुई जनालाई पक्राउ
वीरगन्जबाट प्रहरीले फेरि ठूलो परिमाणमा लागूऔषध चरेससहित दुई जनालाई पक्राउ

: वीरगन्जबाट प्रहरीले फेरि ठूलो परिमाणमा लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ। एक हप्ताअघि मात्रै वीरगन्जबाटै १७६ केजी गाँजासहित एक जनालाई पक्राउ गरेको प्रहरीले शनिबार राति भने २ सय ४० केजी चरेससहित दुई जनालाई नियन्त्रणमा लिन सफल भएको हो।


वीरगन्ज महानगरपालिका-२२ जगरनाथपुरबाट शनिबार राति प्रहरीले एउटा ट्रकबाट २ सय ४० केजी चरेस बरामद गरेको पर्साका प्रहरी उपरीक्षक सुदिपराज पाठकले जानकारी दिए। चरेससँगै उक्त ट्रकका चालकलाई पनि नियन्त्रणमा लिइएको उनले बताए।


प्रहरी उपरीक्षक पाठकका अनुसार शनिबार राति वीरगन्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुरस्थित सडकमा सवारी साधनको नियमित चेकजाँच लागि प्रहरीको टोली खटिएको थियो। त्यस क्रममा मकवानपुरबाट वीरगन्ज आउँदै गरेको ना ३ ख ५०९३ नम्बरको ट्रकलाई प्रहरीले रोकेर चेकजाँच गर्दा उक्त ट्रकको क्याबिनको माथितिर फल्स बटम बनाएर लकुाइएको १३६ प्याकेटमा रहेको २ सय ४० केजी चरेस भेटिएको प्रहरी उपरीक्षक पाठकले जानकारी दिए।

चरेस बरामद भएपछि उक्त ट्रकसँगै त्यसका चालक मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ११ घर भएका २९ वर्षीय सरोज मोक्तान र ट्रकमै सवार थाहा नगरपालिका वडा नम्बर ११ कै २१ वर्षीय नवराज लोलाई पनि नियन्त्रणमा लिइएको पाठकले बताए।

चरेस र ट्रकसहित नियन्त्रणमा लिइएका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पाठकले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले षड्यन्त्रको आँखा बन्द गर्न आग्रह गरेका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बोल्दै उनले यस्तो बताएका हुन्। सभापति लामिछानेले संसद् पुनर्स्थापनाका लागि दौडधुप सुरु भएको सुनेको भन्दै यस्तो नगर्न चेतावनी दिए। उनले धेरै आँखा नचम्काउन पनि आग्रह गरे। ʻम सुनिरहेको छु, संसद् पुनर्स्थापनाका लागि मानिसहरू दौडधुप गर्न ...
: नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले प्रतिनिधिसभा प्रत्यक्ष,समानुपातिक र राष्ट्रिय सभाका गरी कूल ४३० जना उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको छ । पार्टीका क्षेत्रीय समिति हुँदै जिल्लाबाट पठाइएका नाममध्ये प्रदेश समितिले नवलपरासी र रुपन्देहीबाट पठाइएकामध्ये केहीको नाम थपघट गरेर केन्द्रमा सिफारिस गरेको हो । अन्य जिल्लाको यथावत छ । त्यसरी जिल्लाबाट आएका नाममध्ये १३९ जना ...
: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भदौ २४ गतेको विध्वंसमा जेनजीहरुको हात नरहेको जिकिर गरेका छन्। आइतबार विराटनगरमा आयोजना गरिएको कांग्रेस र नेपालको यात्रा, हिजो, आज र भोली– चुनौती, अवसर र सम्भावनाबारे युवासँग संवादमा बोल्दै उनले भदौ २३ गते गरिएको जेनजी आन्दोलन अत्यन्त शान्तिपूर्ण र युवाहरूको आवाज अभिव्यक्त भएको बताएका हुन्। भदौ २४ गते गरिएको ...
: कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले चालू आर्थिक वर्षमा संघीय संसदमा पेस गर्नका लागि १ सय २१ वटा विधेयकहरूको प्राथमिकता निर्धारण गरिएको बताएका छन्। सिंहदरबारमा आइतबार बसेको राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको संयुक्त बैठकमा मन्त्री सिन्हाले यसअघि नै तय भएका विधेयकहरूमध्ये १ सय २१ वटा विधेयकहरूको प्राथमिकता ...
: प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्नेमा जोड दिएकी छन्। आइतबार सिंहदरबारमा इलाम क्षेत्र नं २ का निवर्तमान सांसद सुहाङ नेम्वाङ नेतृत्वको प्रतिनिधिमण्डलसँगको छलफलका क्रममा उनले वर्तमान सरकार चुनाव गराउनैका लागि आएकाले अब कुनै दुबिधा नराखी चुनावको तयारी गर्न आग्रह समेत गरिन्। प्रधानमन्त्री कार्कीले शान्ति स्थापना र ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम