मुख्य समाचार
कोशी प्राइड लिग (केपीएल)को तेस्रो संस्करण फागुन ९ देखि २१ गतेसम्म हुने
कोशी प्राइड लिग (केपीएल)को तेस्रो संस्करण फागुन ९ देखि २१ गतेसम्म हुने

: कोशी प्राइड लिग (केपीएल)को तेस्रो संस्करण फागुन ९ देखि २१ गतेसम्म हुने भएको छ। कोशी प्राइड प्रालिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो।

प्रतियोगिता सुनसरीको इनरुवास्थित डा.खलील आजाद क्रिकेट मैदानमा तेस्रो संस्करणको केपीएल आयोजना गरिनेछ।


प्रतियोगिताको यस संस्करणमा नमुना ब्लास्टर्स, इटहरी आदर्श जायन्ट्स, बिर्तामोड हिट्स, पूर्वेली सुपर किंग्स, एभरेस्ट थन्डर्स, बीएन कोशी अर्ना र गोर्खा एभेन्जर्स गरी सात टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ।

घरेलु क्रिकेटमा कोशी क्रिकेट संघले केपीएल आयोजना हुँदा अन्य प्रदेशलाई पनि घरेलु लिग गर्न प्रोत्साहन मिल्ने नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले बताए। ‘आफैँले निजी मैदानलाई परिपक्व बनाएर केपीएल गर्नु अन्य प्रदेशहरूलाई पनि यस्तै ठूलो लिग गर्न प्रोत्साहन मिल्नेछ,’ उनले लिगका लागि कोशी क्रिकेट संघलाईं शुभकामना पनि दिए।

पत्रकार सम्मेलनमा प्रतियोगिताका प्राविधिक निर्देशक एवम् सुनसरी क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेलले कोशी प्रदेशमा क्रिकेट विकास र ग्रासरुट क्रिकेटलाई मजबुत बनाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको बताए। ‘हामीले लामो समयदेखि विभिन्न प्रतियोगिता गर्दै आएका छौँ। क्यान निलम्बित हुँ पनि हामीले प्रतियोगिता गरेका थियौँ। कोशीमा राम्रो मैदान नहुँदा अहिले आएर नयाँ मैदानमा केपीएल हुनु सुखद पक्ष हो,’ यो लिगले घरेलु क्रिकेटलाई माथि उकास्न मद्दत पुर्‍याउने उनले बताए।

प्रतियोगितामा सहभागी टिममा ११ खेलाडी रहने आयोजकले जनाएको छ। जसमा एक मार्की, एक आइकोनिक, राष्ट्रिय टिमबाट ड्राफ्ट हुने तीन खेलाडी, क्याटगोरी ‘ए’ का तीन, ‘बी’ का दुई र ‘सी’ का एक खेलाडी अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको कोशी प्राइड प्रालिले जानकारी दिएको छ।

क्याटगोरी ‘ए’ को मूल्य ४५ देखि ६५ हजार, क्याटगोरी ‘बी’को लागि २५ देखि ४५ हजारसम्म हुनेछ। क्याटगोरी ‘सी’ को खेलाडीलाई ५ देखि २५ हजार रकम तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले अपि हिमाललाई समर्पित गर्दै नयाँ जर्सी सार्वजनिक गरेको छ। टोलीले जर्सीलाई ‘अपि एडिसन’ नाम दिएको छ । सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, पर्यटन सम्भावना र जैविक विविधतालाई प्रवर्द्धन गर्ने उद्देश्यले तयार पारिएको जर्सीले अपि हिमाललाई विशेष रूपमा सम्मान गरेको छ । जर्सीको पछाडिको भागमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने ...
: आइसीसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम शृंखलाको पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको छ। नेपालले क्यानडालाई २४ रनले पराजित गरेको हो। ओमानस्थित एल अमेरत क्रिकेट मैदान(ट्रफ-१)मा नेपालले क्यानडालाई २११ रनमा अलआउट गरेको हो। क्यानडाका लागि आरोन जहन्सनले सर्वाधिक ४४ रन बनाए। त्यस्तै समित गोहेलले ३५, हम्जा तारिकले २६, श्रेयस मुफाले २६ र अखिल कुमार ३० रनमा अविजित ...
: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एकदिवसीय पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आइतबार क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमरातस्थित ओमान क्रिकेट मैदानमा हुने लिग–२ को अन्तिम शृंखला नेपालका लागि अंक तालिकामा आफ्नो अवस्था सुधार्ने र विश्वकप छनोटको सम्भावना बलियो बनाउने महत्त्वपूर्ण अवसर हो। यसअघिका शृंखलामा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको नेपाललाई अबका खेलमा नतिजामुखी प्रदर्शन आवश्यक छ। नेपाल ...
: दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशको सहभागिता र पदकको सम्भावना बढाउन खेलाडी छनोटदेखि बन्द प्रशिक्षणसम्मको तयारीलाई व्यवस्थित रुपमा अघि बढाइएको छ। छनोटमा ९ हजारभन्दा बढी खेलाडी सहभागी छन्। प्रदेशका १४ जिल्लाबाट ९ हजार ३१० खेलाडीले नाम दर्ता गराएपछि उत्कृष्ट खेलाडी पहिचान गर्ने प्रतिस्पर्धा सुरु भएको हो। छनोटका विभिन्न चरण पार गरेर यकिन गरिएका ...
। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले फिफा विश्वकप २०२६ छनोट अन्तर्गत नेपाल र बहराइनबीचको अन्तर्राष्ट्रिय खेलमा अखिल नेपाल फुटबल संघ एन्फा नेतृत्व मिलेमतो तथा अनियमिता गरेको निष्कर्ष निकालेको छ । सीआईबीले गरेको अनुसन्धानले दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय मान्यताबाट अयोग्य बनाउन एन्फा नै लागेका निष्कर्ष निकालेको हो । विश्वकप छनोटको यमनसँगको खेलपछि बहराइनसँग खेल हुन करिब ...