मुख्य समाचार
मेयर बालेन शाहले राष्ट्रिय मानव अधिकार आयोग पुगेर बयान दिएका छन्
मेयर बालेन शाहले राष्ट्रिय मानव अधिकार आयोग पुगेर बयान दिएका छन्

— काठमाडौं महानगरपालिका मेयर बालेन शाहले राष्ट्रिय मानव अधिकार आयोग पुगेर बयान दिएका छन् ।
भदौ २३ र २४ गतेको घटनामा छानबिन गरिरहेको आयोगले उनलाई बोलाएपछि शाहले सोमबार आयोग पुगेर बयान दिएका हुन् ।

आयोगस्रोतका अनुसार करिब २ घन्टा आयोगले शाहलाई सोधपुछ गरेको थियो । २३ गतेको घटना देखि २४ गतेको घटना हुदाँ कहाँ हुनुहुन्थ्योदेखि सामाजिक सञ्जालका विषयसम्म आयोगले सोधेको थियो । आयोगले सिंहदबार जलाउने प्रसंगदेखि महानगरको सुरक्षा र दमकल समयमा नपुगेको गुनासोसम्ममा प्रश्न सोधेको थियो । शाहले के जवाफ दिए भन्नेबारे केही बताउन नमिल्ने भन्दै आयोगले खुलाउन चाहेन ।

आयोगले २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनमा भएको मानव अधिकार हनन र दमनका विषयमा अलग्गै छानबिन गरिरहेको छ । आयोगले हालसम्म १४६ जनासँग बयान लिएको छ ।
.
आयोगले चार वटा विषयमा विभाजन गरेर छानबिन गरिरहेको छ।


आयोगले जेन–जी आन्दोलनका क्रममा भएको मानव अधिकार हनन, २३ गतेको आन्दोलनमा प्रहरीको बल प्रयोग(दमन), पादरदर्शिता र जवाफदेहीता र दण्डहीनतााई मूल आधार बनाएर छानबिन गरिरहेको र उक्त छानबिन अन्तिम चरणमा पुगेको आयोगका प्रवक्ता टिकाराम पोखरेलले बताए ।

यता सरकारले गठन गरेको जाँचबुझ आयोगले पनि घटनामा संलग्नहरुको बयान लिइरहेको छ । पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोगले सुरुमा तीन महिना म्याद पाएको थियो भने हालैमात्र सरकारले एक महिना थप गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवाला पक्षसँग सुझाव मागेको छ । प्रधानमन्त्री सुशीला कार्कीले बाेलाएकाे सिंहदरबारमा जारी सर्वपक्षीय छलफलमा गृह मन्त्रालयले तीनवटा विषयमा सुझाव मागेको हो । सरकारले विदेशमा रहेका नेपालीलाई मतदानकाे अधिकार दिनेबारे, अन्तर निर्वाचन क्षेत्र मतदान र नो भोटको प्रावधानबारे दल र नागरिक समाजसहितसँग सुझाव माग गरेको हो । यी तीन ...
— राष्ट्रिय प्रजातन्त्र पार्टीले विदेशमा रहेका नेपालीहरूको पैसाचाँहि नेपाल आउन मिल्ने अनि भाेटचाँहि हाल्न किन नमिल्ने भनी प्रश्न उठाएको छ। प्रधानमन्त्रीले बोलाएको सर्वदलीय-सर्वपक्षीय बैठकमा बोल्दै राप्रपाका नेता राजेन्द्र गुरुङले विदेशमा रहेका नेपालीले पैसा नेपालमा पठाउन मिल्ने, तर भाेट हाल्न चाँहि किन नमिल्ने होला? भनी प्रश्न गरेका हुन्। उनले विदेशमा रहेका नेपालीलाई मताधिकार दिनुपर्ने सुझाव राखे। उनले फागुन २१ ...
— जेन–जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको म्याग्जिन र गोली चिया बगानमा फेला परेको छ । आइतबार दिउँसो बिर्तामोड नगरपालिका–६ स्यालडाागीस्थित चिया बगानमा ईन्सास राईफलको म्याग्जिन एक थान र मार्का थ्री राइफलको ३ राउण्ड गोली बेवारिसे अवस्थामा फेला परेको हो । हातहतियार तथा गोलीगठ्ठा बेवारिसे अवस्थामा फेला परेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी ...
— राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध, विद्युत् गृह लगायतका सिभिल संरचना, गेटलगायतका हाइड्रो मेकानिकल उपकरण आपूर्ति तथा जडानको कामको ठेक्का तोडेपछिको मूल्यांकन भइरहेको छ । आयोजनाले २४ कात्तिकमा उक्त प्याकेज निर्माणका लागि पटेल–रमण जेभीसँगको ठेक्का सम्झौता तोड्ने १४ दिने सार्वजनिक सूचना जारी गरेको थियो । सम्झौतामा भएको व्यवस्था बमोजिम गत ८ मंसिरबाट ठेक्का ...
भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलन तथा त्यसपछिको अशान्त परिस्थितिमा नेपाली सेनाले संविधानको अक्षर र मर्मअनुसार संयमित भूमिका निर्वाह गरेको जनाएको छ
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम