: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। देउवा निवास महाराजगन्जमा उनीहरूबीच भेटवार्ता भएको हो।
भेटमा एमालेका महासचिव शंकर पोखरेल र देउवा पत्नी आरजु राणा देउवा पनि सहभागी थिए। उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ। त्यस्तै संसद पुनर्स्थपनाको विषयमा पनि उनीहरूबीच छलफल भएको थियो।
स्रोतका अनुसार एमाले महाधिवेशनबाट निर्वाचित अध्यक्ष ओली र महासचिव पोखरेललाई देउवाले बधाई दिएका थिए।