मुख्य समाचार
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

: अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा धादिङको निलकण्ठ नगरपालिका-१३ घर भई ललितपुरको ललितपुर महानगरपालिका-४ बस्ने २४ वर्षीय सुजन आले मगर पक्राउ परेका हुन्।




सुजनले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५५ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-११ पक्राउ गरेको हो।


उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रतिनिधिसभाको फागुन २१ का लागि तोकिएको निर्वाचनमा अन्तरजिल्ला भोट गर्ने व्यवस्था हुन्छ कि हुँदैन भनेर जेन-जी प्रतिनिधि भावना राउतले सरकार र निर्वाचन आयोगसँग प्रश्न गरेकी छन् ।
— सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवाला पक्षसँग सुझाव मागेको छ । प्रधानमन्त्री सुशीला कार्कीले बाेलाएकाे सिंहदरबारमा जारी सर्वपक्षीय छलफलमा गृह मन्त्रालयले तीनवटा विषयमा सुझाव मागेको हो । सरकारले विदेशमा रहेका नेपालीलाई मतदानकाे अधिकार दिनेबारे, अन्तर निर्वाचन क्षेत्र मतदान र नो भोटको प्रावधानबारे दल र नागरिक समाजसहितसँग सुझाव माग गरेको हो । यी तीन ...
— राष्ट्रिय प्रजातन्त्र पार्टीले विदेशमा रहेका नेपालीहरूको पैसाचाँहि नेपाल आउन मिल्ने अनि भाेटचाँहि हाल्न किन नमिल्ने भनी प्रश्न उठाएको छ। प्रधानमन्त्रीले बोलाएको सर्वदलीय-सर्वपक्षीय बैठकमा बोल्दै राप्रपाका नेता राजेन्द्र गुरुङले विदेशमा रहेका नेपालीले पैसा नेपालमा पठाउन मिल्ने, तर भाेट हाल्न चाँहि किन नमिल्ने होला? भनी प्रश्न गरेका हुन्। उनले विदेशमा रहेका नेपालीलाई मताधिकार दिनुपर्ने सुझाव राखे। उनले फागुन २१ ...
— जेन–जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको म्याग्जिन र गोली चिया बगानमा फेला परेको छ । आइतबार दिउँसो बिर्तामोड नगरपालिका–६ स्यालडाागीस्थित चिया बगानमा ईन्सास राईफलको म्याग्जिन एक थान र मार्का थ्री राइफलको ३ राउण्ड गोली बेवारिसे अवस्थामा फेला परेको हो । हातहतियार तथा गोलीगठ्ठा बेवारिसे अवस्थामा फेला परेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी ...
— राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध, विद्युत् गृह लगायतका सिभिल संरचना, गेटलगायतका हाइड्रो मेकानिकल उपकरण आपूर्ति तथा जडानको कामको ठेक्का तोडेपछिको मूल्यांकन भइरहेको छ । आयोजनाले २४ कात्तिकमा उक्त प्याकेज निर्माणका लागि पटेल–रमण जेभीसँगको ठेक्का सम्झौता तोड्ने १४ दिने सार्वजनिक सूचना जारी गरेको थियो । सम्झौतामा भएको व्यवस्था बमोजिम गत ८ मंसिरबाट ठेक्का ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम