मुख्य समाचार
इजरायलको सुरक्षा परिषद्ले कब्जा गरिएको १९ वटा नयाँ बस्तीलाई मान्यता दिने निर्णय
इजरायलको सुरक्षा परिषद्ले कब्जा गरिएको १९ वटा नयाँ बस्तीलाई मान्यता दिने निर्णय

इजरायलको सुरक्षा परिषद्ले कब्जा गरिएको १९ वटा नयाँ बस्तीलाई मान्यता दिने निर्णय गरेको छ।


अति दक्षिणपन्थी नेता तथा अर्थमन्त्री बेजालेल स्मोट्रिचले रक्षामन्त्री इजरायल काट्जसँग मिलेर यो प्रस्ताव प्रस्तुत गरेका बीबीसीले जनाएको छ। स्मोट्रिचले यो निर्णय प्यालेस्टिनी राज्यको स्थापना रोक्नका लागि गरिएको बताएका छन्।


बेजालेल स्मोट्रिच आफैं एक बस्तीमा बस्ने व्यक्ति हुन्। कब्जा गरिएको वेस्ट बैंकमा इजरायली बस्तीहरू अन्तर्राष्ट्रिय कानून अन्तर्गत अवैध मानिन्छन्।

साउदी अरेबियाले यस कदमको निन्दा गरेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायलको बस्ती विस्तारको निरन्तरताले तनाव बढाइरहेको, प्यालेस्टिनीहरूको भूमिमा पहुँच प्रतिबन्धित गरिरहेको र सार्वभौम प्यालेस्टिनी राज्यको सम्भावनालाई खतरामा पारिरहेको बताएका छन्।

अक्टोबर २०२३ मा गाजामा युद्ध सुरु भएदेखि नै कब्जा गरिएको वेस्ट बैंकमा हिंसा बढेको छ। यसले बस्ती विस्तारले इजरायलको कब्जालाई अझ बलियो बनाउन र दुई-राष्ट्र सिद्धान्तलाई कमजोर पार्न सक्ने डर बढाएको छ।

मे महिनाको सुरुमा इजरायलले कब्जा गरिएको वेस्ट बैंकमा २२ नयाँ बस्तीहरूलाई अनुमोदन गरेको थियो। जुन दशकहरूमा यसको सबैभन्दा ठूलो विस्तार मानिएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार नयाँ दिल्लीमा भेट भएको छ। भेटमा उनीहरूले व्यापार, ऊर्जा र रक्षाबारे छलफल गरेका छन्। राष्ट्रपति पुटिन भोलिदेखि सुरू हुने ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आएका हुन्। मस्को नयाँ दिल्लीको सबैभन्दा महत्वपूर्ण रणनीतिक साझेदार र सैन्य आपूर्तिकर्ता हो। भारतीय मिडियामा दुवै नेता नयाँ ...
। गत अगस्टमा इरानको दक्षिणी समुद्र तटबाट हराएका दश जना इरानी माझीहरू संयुक्त अरब इमिरेट्समा भेटिएका छन्। आजदेखि उनीहरू स्वदेश फर्किन थालेका छन्। इरानी सञ्चारमाध्यमहरूले युद्धका समय युएईमा फसेका आफ्ना नागरिक छिट्टै परिवारसँग भेट्ने प्रवन्ध सरकारले मिलाएको जनाएका छन्। मध्यपूर्वमा युद्ध चर्किरहेका बेला यी माझीहरू बेपत्ता भएका थिए। हर्मुज जलमार्ग अहिले तेहरान र वासिङ्टनबीचको ठूलो विवादको केन्द्र ...
। साउदी अरबले ड्रोन हमलापछि आफ्नो महत्वपूर्ण इस्ट–वेस्ट तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको छ। साउदी अधिकारीका अनुसार ड्रोन हमलामा केही व्यक्ति घाइते भएका छन् भने पाइपलाइनमा समेत क्षति पुगेको छ। साउदी प्रेस एजेन्सी (एसपीए)ले ऊर्जा मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै १० सेप्टेम्बरको बिहान इस्ट–वेस्ट पाइपलाइनमा पटक–पटक ड्रोन हमला भएको जनाएको छ। त्यसपछि थप क्षति रोक्न र ...
: फिलीपिन्सको पालावान प्रान्तस्थित कोरोन क्षेत्र नजिकै समुद्रमा एक यात्रुवाहक फेरीमा भीषण आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ,भने ८७ जना यात्रु बेपत्ता भएका छन्। 'एमभी जुनियर एस्टर' नामको उक्त फेरी फिलिपिन्सको राजधानी मनिलाबाट पालावान प्रान्तको पर्यटकीय क्षेत्र कोरोनतर्फ जाँदै गर्दा अचानक आगलागी भएको हो। दुर्घटनाको खबर पाउनेबित्तिकै खटिएका कोस्ट गार्ड र उद्धारकर्ताहरूको टोलीले हालसम्म ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध आगामी नोभेम्बरमा हुने मध्यावधि (मिडटर्म) निर्वाचनलगत्तै समाप्त हुन सक्ने दाबी गरेका छन्। बिहीबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले इरान अब लामो समयसम्म युद्ध जारी राख्ने स्थितिमा नरहेको बताए। त्यसैगरी, निर्वाचन अघिसम्म इन्धनको मूल्य घट्ने सम्भावना नरहेको संकेत पनि उनले गरे। 'मलाई लाग्छ निर्वाचनको लगत्तै युद्ध सकिनेछ, किनभने उनीहरू ...