मुख्य समाचार
— अधिकांश तराई भेग बाक्लो हुस्सुले ढाकिँदा चितवनमा दिउँसो घाम झुल्केकै हुन्छ ।
— अधिकांश तराई भेग बाक्लो हुस्सुले ढाकिँदा चितवनमा दिउँसो घाम झुल्केकै हुन्छ ।

— अधिकांश तराई भेग बाक्लो हुस्सुले ढाकिँदा चितवनमा दिउँसो घाम झुल्केकै हुन्छ । मौसम त्यति न्यानो नभए पनि पछिल्लो समय चितवनमा राजनैतिक रापताप पनि बढेको छ ।



फागुन २१ को प्रतिनिधिसभा निर्वाचन लक्षित गरी राजनीतिक दलहरुले गतिविधि बढाएका छन् ।
पुरानादेखि नयाँ दलहरुका गतिविधिले चितवनको राजनीतिक ताप बढाएको हो । फागुन २१ मा निर्वाचन हुन नसक्ने भन्दै आएको एमालेदेखि निर्वाचनकै मुखमा खुलेका उज्यालो नेपाललगायतका पार्टीले पछिल्लो समय यहाँ राजनीतिक गतिविधि गरेका छन् ।

भदौ २३ को जेन–जी आन्दोलन र भोलिपल्टको पदर्शनपछि बद्लएिको परिस्थितिपछि चितवनमा एमाले, धरान उपमहानगर प्रमुख हर्क साम्पाङ नेतृत्वको नयाँ दल श्रम संस्कृति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजनीतिक प्रर्दशन गरे भने नयाँ गठन भएका अन्य दलहरुले पनि सांगठनिक गतिविधि तथा सभा आयोजना गरेका छन् ।

संसद पुनर्स्थापनाको माग गर्दै आएको एमालेले गएको कात्तिक २९ गते नारायणगढमा जिल्ला तहको प्रदर्शन गर्‍यो । एमालेको केन्द्रीय नीति र योजना बमोजिम देशव्यापी रुपमा वडा र पालिका तहमा कार्यक्रम हुँदै ऊक्तदिन जिल्ला तहमा कार्यत्रम भएको थियो । नारायणगढमा भएको ऊक्त कार्यत्रममा पार्टीका तत्कालीन उपाध्यक्ष रामबहादुर थापा भाषण गर्न आएका थिए ।

Yamaha Quiz Banner
What supplies mobil to different parts?
1/10
Questions
All of them
Carburetor
Choke
Oil pump
संसद विघटन भएर नयाँ निर्वाचन हुन लागेको कुरालाई उनले विदेशी शक्ति केन्द्रको योजनामा भएको भनेर टिप्पणी गरेका थिए । उनको भनाइ थियो ‘घोषित निर्वाचन नौटकी र विदेशीको हनी ट्रयाप हो । त्यसैले हामी संसद पुर्नस्थापना गर्नु पर्दछ भनिरहेका छौं ।’

Hardik IVF
Laxmi Sunrise bank

सिङ्गो एमालेको यस्तो मान्यतालाई शनिबार चितवनमा ठूलै स्वरमा प्रतिवाद गरे रास्वपा सभापति रवि लामिछानेले । ‘जनताको विद्रोहलाई चुनौति दिने भन्दै संसद ब्युतोउने हो कि भनेर आँखा चम्काउने र नचाउनेहरु हो होसियार । सहिदको रगत अझै सुकेको छैन । सहिदकी आमाको आँशु अझै ओभाएको छैन, खबरदार ! धेरै आँखा नचम्काउनु होला’ शनिबार भरतपुरको चौबिसकोठीमा भएको समर्थकहरुको भेलामा लामिछानेले चर्को आवाजमा यसो भनेका थिए ।

सहकारी ठगी मुद्दामा थुनामा रहेका लामिछाने कारागारबाट मुक्त भएपछि उनको यो पहिलो सभा थियो । जहाँ उनी फागुन २१ मा घोषित निर्वाचनको पक्षमा दह्रोसँग उभिए । लामिछाने चितवन–२ बाट २०७९ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । त्यसपछि गृहमन्त्री भए पनि नागरिकता विवादपछि त्यहाँ भएको उपनिर्वाचनमा पनि उनी विजयी भए । सहकारी ठगी प्रकरणमा उनको नाम मुछियो । चितवनको साहारा सहकारीबाट उनी राजनीतिमा आउनुअघि सञ्चालक साझेदार रहेको गोर्खा मिडियामा नियम विपरित १० करोड रुपैयाँ हाराहारीमा नगद गएको देखियो । सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध चितवन जिल्ला अदालतमा पनि मुद्दा छ ।



सम्पत्ति शुद्धीकरणको अभियोग पनि लागेपछि उनी संसदबाट निलम्बित भए । सोही संसद भदौ २३ र २४ को जेन–जी आन्दोलनछि विघटन भयो । रुपन्देही जिल्ला अदालतमा धरौटी बुझाएर शुक्रबार थुनामुक्त भएपछि शनिबार लामिछाने यहाँ आउँदा चौबिसकोठीमा समर्थकको भीड लागेको थियो । समर्थकको उपस्थिती देखेर उत्साहित देखिएका उनले भने, ‘हामीले त ८४ कुरेका थियौं । जेन–जीले ८२ मै बजाइदिए ।’ समर्थकको यो तहको उपस्थिती पुराना हुन् या नयाँ अन्य दलका कार्यक्रममा हुने गरेको छैन ।

पछिल्लो समय एमाले र रास्वपाले सार्वजनिकस्थलमा कार्यक्रम गरेका छन् । तर अरु दलहरुले सार्वजनिकस्थलमा भन्दा होटल र पार्टी प्यालेसका हलमा नै कार्यक्रम राखेका छन् । एमाले र रास्वपा जस्तै धरान उपमहानगर प्रमुख हर्क साम्पाङ नेतृत्वको नयाँ दल श्रम संस्कृति पार्टीले मंसिर २१ मा सार्वजनिकस्थल नारायणगढ नारायणी नदी किनारमा राखेको कार्यक्रममा पनि उपस्थिती पातलो देखिन्थ्यो । यी तीन दलबाहेक चर्चामा रहेका अन्यले यसरी खुला ठाऊँमा कार्यक्रम गरेका छैनन् ।

चौबिसकोठीमा लामिछानेको कार्यत्रम भएकै दिन शनिबार कुलमान घिसिङ संरक्षक रहेको नयाँ दल उज्यालो नेपाल पार्टीको चितवनमा भेला सम्पन्न भएको छ । घिसिङ आफै सहभागी उक्त भेला भरतपुरको एक होटलको हलमा भएको थियो । यसअघि नेपाल प्रहरीका पूर्वआईजीपी सवेन्द्र खनालले पनि आफ्नो नवगठित दल समुन्नत नेपाल पार्टीको औपचारिक घोषणा सभा मंसिर २९ मा भरतपुरकै एक होटलको हलमा आयोजना गरेका थिए ।

तत्कालीन माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलहरु एकीकरण हुने भएपछि अलग भएका जनार्दन शर्मालगायतका नेताहरुका समर्थकले पनि चितवनमा संगठानिक चहलपहल देखाएका छन् । एकता प्रक्रियामा सामेल नभएका शर्मा समर्थकले कात्तिक ३० मै एक होटलमा भेला गरेका थिए । यसरी नयाँ पुराना सवै दलको सक्रियता चितवनमा छ ।

आ–आफ्नो संगठन र नेतृत्वको प्रभाव अनुसार कोहीले सार्वजनिक रुपमा त कसैले होटलका हलमै कार्यक्रम गरे पनि कांग्रेसले आन्तरिकबाहेक सार्वजनिक गतिविधि खासै गरेको देखिदैन । यद्यपि कांग्रेसले पनि केन्द्रीय परिपत्र अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि सम्भावित उम्मेद्वारहरुको नामावली केन्द्रमा पठाएको छ । क्षेत्रीय समितिले तीन जनाका दरले प्रतिनिधिसभाका लागि चितवनका तीन क्षेत्रबाट नाम सिफारिस गर्नुपर्नेमा यो संख्याभन्दा निकै धेरै नाम आएपछि जिल्लालै सबै नाम केन्द्रमा पठाएको छ । बाहिर खासै गतिविधि गर्न नसकेको चितवन कांग्रेसमा उम्मेदवारका आकांक्षीहरु धेरैनै रहेको सिफारिस भएका नामले देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि प्रयोग हुने ५१ सामग्रीहरूको सूची तयार पारेको छ । जसमध्ये ३७ वटा सामग्री जिल्लास्तरबाट नै खरिद गरिनेछ भने बाँकी १४ वटा सामग्री आयोगले नै खरिद गरी उपलब्ध गराउनेछ । सिंहदरबारमा जारी सर्वपक्षीय छलफलमा निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगले उपलब्ध गराउनुपर्ने सामग्री खरिद गर्ने प्रक्रिया ...
— गत भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि कोशी प्रदेश सरकार निष्क्रिय जस्तै अवस्थामा छ ।
— प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक बन्दसूची पेस गर्ने म्याद थप गर्न कांग्रेसले आग्रह गरेको छ । कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले समानुपातिक बन्दसूची बुझाउने समय अभाव हुने भएकाले केही समय थप गर्नुपर्ने बताएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय, नागरिक समाजको सोमबारको बैठकमा यादवले प्रतिनिधिसभाको फागुन ...
— पूर्वसांसद तथा संविधानविद् राधेश्याम अधिकारीले राजनीतिक दलका प्रमुख नेताहरूलाई एक ठाउँबाट अर्को ठाउँमा जानबाट बन्देज लगाएर चुनावकाे वातावरण नबन्ने बताएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन कानुन एवं व्यवस्थापनसम्बन्धी राजनीतिक दल र नागरिक प्रतिनिधिहरूसँगकाे छलफल तथा गृह मन्त्रालय र निर्वाचन आयोगको प्रस्तुतिकरण कार्यक्रममा वरिष्ठ अधिवक्ता अधिकारीले नेताहरूलाई बयानमा बाेलाउन तर स्थानहद हटाउनु पर्ने ...
— नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता राजेन्द्र पाण्डेले युवा पुस्तालाई झुक्याउने काम कारबाही नगर्न सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले सोमबार बोलाएको राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र नागरिक समाजका प्रतिनिधिको बैठकमा नेकपाका नेता पाण्डेले निर्वाचनको मुखमा आएर विभिन्न कानुन संशोधन अध्यादेश ल्याएर झुक्याउने काम नगर्न आग्रह गरेका छन् । फागुन २१ का लागि ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम