मुख्य समाचार
हायु हत्या प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले अर्को शव पनि फेला पार्‍यो
हायु हत्या प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले अर्को शव पनि फेला पार्‍यो

— सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ स्थायी घर भएका २५ वर्षीय केशवराज हायुको ललितपुरमा हत्या प्रकरणबारे अनुसन्धान गरिरहेको प्रहरीले उनका साथीको पनि शव फेला पारेको छ ।



उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, लतिलपुरको टोलीले सोमबार बिहान लतिलपुरको लाकुरी भन्ज्याङ जंगलमा भोजपुर स्थायी घर भएका पारुहाङ राईको शव पारेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी होविन्द्र बोगटीले शव बरामद गरिएको पुष्टि गरेका छन् । यसअघि प्रहरीले हायुको हत्यामा उनकै ज्वाइँलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको थियो । उनीसहित पक्राउ परेका दुई जनाले पारुहाङसमेतको मिलेमतोमा हत्या भएको दाबी गर्दै आएका थिए ।

प्रहरीका अनुसार, दुवै जना वैदेशिक रोजगारीमा जाने तयारी गरिरहेका थिए । हायुको शव लुभुमा रहेको एक कृषि फार्मको इनारमा फ्याँकेको अवस्थामा भेटिएको थियो । पारुहाङ पनि सोही फर्ममा काम गर्दै आएका थिए ।

अनुसन्धानमा खटिएका एक अधिकृतका अनुसार, हालसम्मको जाँचमा हायुको अन्यत्रै हत्या गरेर मोटरसाइकलमा त्यहाँसम्म ल्याएर छाडेको हुनसक्ने देखिएको थियो । ‘यो आर्थिक विषयका कारण दुई/तीन जनाको संलग्नतामा भएको हत्या जस्तो देखिन्छ,’ ती अधिकृतले भने, ‘थप केही व्यक्ति पक्राउ पर्ने वित्तिकै विस्तृतमा खुल्छ ।’


प्रहरीका अनुसार, आरोपीमध्ये एकजनाको कोठाबाट हत्यामा प्रयोग भएको हम्मर, कपडा लगायत समेत बरामद भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि प्रयोग हुने ५१ सामग्रीहरूको सूची तयार पारेको छ । जसमध्ये ३७ वटा सामग्री जिल्लास्तरबाट नै खरिद गरिनेछ भने बाँकी १४ वटा सामग्री आयोगले नै खरिद गरी उपलब्ध गराउनेछ । सिंहदरबारमा जारी सर्वपक्षीय छलफलमा निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगले उपलब्ध गराउनुपर्ने सामग्री खरिद गर्ने प्रक्रिया ...
— गत भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि कोशी प्रदेश सरकार निष्क्रिय जस्तै अवस्थामा छ ।
— प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक बन्दसूची पेस गर्ने म्याद थप गर्न कांग्रेसले आग्रह गरेको छ । कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले समानुपातिक बन्दसूची बुझाउने समय अभाव हुने भएकाले केही समय थप गर्नुपर्ने बताएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय, नागरिक समाजको सोमबारको बैठकमा यादवले प्रतिनिधिसभाको फागुन ...
— पूर्वसांसद तथा संविधानविद् राधेश्याम अधिकारीले राजनीतिक दलका प्रमुख नेताहरूलाई एक ठाउँबाट अर्को ठाउँमा जानबाट बन्देज लगाएर चुनावकाे वातावरण नबन्ने बताएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन कानुन एवं व्यवस्थापनसम्बन्धी राजनीतिक दल र नागरिक प्रतिनिधिहरूसँगकाे छलफल तथा गृह मन्त्रालय र निर्वाचन आयोगको प्रस्तुतिकरण कार्यक्रममा वरिष्ठ अधिवक्ता अधिकारीले नेताहरूलाई बयानमा बाेलाउन तर स्थानहद हटाउनु पर्ने ...
— नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता राजेन्द्र पाण्डेले युवा पुस्तालाई झुक्याउने काम कारबाही नगर्न सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले सोमबार बोलाएको राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र नागरिक समाजका प्रतिनिधिको बैठकमा नेकपाका नेता पाण्डेले निर्वाचनको मुखमा आएर विभिन्न कानुन संशोधन अध्यादेश ल्याएर झुक्याउने काम नगर्न आग्रह गरेका छन् । फागुन २१ का लागि ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम