मुख्य समाचार
२०२५ मा एआईका कारण ५० हजारभन्दा बढीले गुमाए रोजगारी
२०२५ मा एआईका कारण ५० हजारभन्दा बढीले गुमाए रोजगारी

— गएका केही वर्षयता प्रविधि कम्पनीहरूले निरन्तर रोजगारी कटौती गर्दै आएकोमा सन् २०२५ मा विश्वव्यापी रूपमा यो झनै बढेर गएको देखिन्छ । विशेषगरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग, लागत घटाउने दबाब र अपेक्षाभन्दा कमजोर आम्दानी लगायत कारण ठूलो संख्यामा रोजगारी कटौती भएको विश्लेषकहरूको अनुमान छ ।

रोजगारी कटौती ट्रयाकिङ गर्ने ‘लेअफ्स डट एफवाईआई’ को तथ्यांकअनुसार सन् २०२५ मा विश्वभरका २५७ वटा प्रविधि कम्पनीहरूमा १ लाख २२ हजारभन्दा बढी रोजगारी औपचारिक रूपमा कटौती भएका छन् । द टाइम्स अफ इन्डियाले प्रकासित गरेको रिपोर्टअनुसार कम्तीमा ५० हजारभन्दा बढी कर्मचारी कटौतीलाई कम्पनीहरू स्वयंमले एआई र स्वचालित प्रविधिसँग प्रत्यक्ष रूपमा जोडेर व्याख्या गरेका छन् ।

सीएनबीसीका अनुसार सेल्सफोर्सले सेप्टेम्बरमा 'कस्टम सपोर्ट' का ४ हजार कर्मचारीलाई कामबाट निकालेको थियो । कम्पनीका अनुसार अब त्यहाँको ५० प्रतिशत काम एआईले नै गर्न सक्छ । भाषा सिकाउन एप 'डुओलिंगो' ले गत अप्रिलमा एआईले गर्नसक्ने काममा 'कन्ट्रयाक्टर' अर्थात बाह्य विज्ञ नराख्ने बताएको थियो ।

वर्षभर कम्पनीहरूले आफ्ना एआई पूर्वाधार र उपकरणमा लगानी बढाए । साथै, अटोमेसन वा स्वचालनले प्रतिस्थापन गर्न सक्ने वा भविष्यको रणनीतिसँग मेल नखाने भूमिकाका कर्मचारी भने घटाउँदै लाने मनस्थितिमा देखिए । अमेरिकामा मात्रै वर्ष २०२५ मा सबै क्षेत्रमा गरेर ११ लाखभन्दा बढी रोजगारी कटौती भएको विभिन्न तथ्यांकले देखाउँछन् । योसँगै रोजगारी गुम्ने सन्दर्भमा, यो वर्ष कोभिड महामारीपछिको सबैभन्दा खराब वर्ष बनेको छ ।

प्रविधि क्षेत्रमा ठूला र मध्यम आकारका कम्पनीहरूले सबैभन्दा धेरै रोजगारी कटौती गरे । इन्टेलले करिब २४ हजार कर्मचारीलाई अवकास दिँदै वर्षकै सबैभन्दा ठूलो रोजगारी कटौती गरेको थियो । चिप निर्माण र उत्पादन रणनीति पुनर्संरचनाका क्रममा प्रतिस्पर्धी दबाब र ठूलो पूँजी खर्चलाई सो कम्पनीले मुख्य कारणका रूपमा प्रस्तुत गरेको थियो । अमाजनले करिब १४ हजार कर्पोरेट पद स्थगन गर्‍यो । यसलाई पनि व्यवस्थापन तह सरल बनाउने र आन्तरिक प्रक्रियाहरूमा एआईको प्रयोग विस्तार गर्ने योजनासँग जोडियो ।


यसैगरी, माइक्रोसफ्टले हजारौँ कर्मचारी हटायो । गेमिङ र ग्राहक सहायता एकाइमा काम गर्ने करिब ९ हजारजनाको रोजगारी गुमेको थियो । तर, कम्पनीले एआई अनुशन्धान, क्लाउड र डेटा सेन्टरमा लगानी र नयाँ सिपका कर्मचारी भर्ती भने निरन्तर बढाइरहेको जनाएको छ ।

भारतको आईटी सेवा क्षेत्रमा टाटा कन्सल्टेन्सी सर्भिसेजले करिब २० हजार रोजगारी कटौती गर्‍यो । कम्पनीले एआई र स्वचालनका कारण ग्राहकको माग र आवश्यक सीपबीच असन्तुलन बढेको व्याख्या गरेको थियो ।



More than 50,000 jobs could be lost due to AI by 2025

टेकक्रन्च, बिजनेस इन्साइडर र फास्ट कम्पनीका रिपोर्टहरूले पनि ठूलो संख्याका इन्टरप्राइज सफ्टवेयर, परामर्श, साइबर सुरक्षा र प्लाटफर्म कम्पनीहरूमा यस्तै प्रवृत्ति देखिएको जनाएका छन् । एकातर्फ नियमित प्राविधिक कर्मचारीहरू हटाउने तर अर्कोतर्फ लाखौँ डलर खर्च गरेर अर्को कम्पनीका विज्ञ भित्र्याउने मेटाका मालिक मार्क जकरबर्गको पनि वर्ष २०२५ मा राम्रै चर्चा भएको थियो ।

सीएनबीसीसँगको कुराकानीमा कतिपय विज्ञहरूले कर्मचारी निष्कासनका लागि एआई बहाना मात्रै भएको प्रशंग पनि औँल्याएका छन् । यसलाई उनीहरूले 'एआई-वासिङ' को संज्ञा दिएका छन् । यसको अर्थ, आफ्नो व्यावसायिक असफलता वा खर्च कटौती गर्ने पुरानो रणनीतिलाई लुकाउन उनीहरूले एआईलाई बहाना बनाएर कर्मचारी निकालिरहेका हुन सक्छन् ।

तर, यो कटौती प्रवृत्ति प्रविधि क्षेत्रमा मात्र सीमित रहेन । अमेरिकामा कटौती भएका ११ लाख ७० हजारभन्दा बढी रोजगारीमा खुद्रा व्यापार, उत्पादन, व्यवस्थापन र वित्तीय सेवामा पनि उल्लेख्य संख्यामा कर्मचारी हटाइएका छन् ।

विश्लेषकहरूले ब्याजदर, कमजोर उपभोक्ता माग र लागत दबाबलाई कारणका रूपमा औँल्याए पनि, धेरै कम्पनीहरूले एआई र स्वचालनलाई नै प्रत्यक्ष कारणका रूपमा सार्वजनिक गरेका छन् । केही कम्पनीले एआई प्रविधिका कारण उत्पादकत्व (प्रोडक्टिभिटी) बढेपछि प्रशासनिक, सहयोगी र नियमित भूमिकामा कम जनशक्ति हुँदा पर्याप्त हुने उल्लेख गरेका छन् । एआईले प्रत्यक्ष विस्थापित गर्न नसक्ने भूमिकाहरूलाई पनि एआई र अन्य प्रविधिको सहयोगमा घटाउँदै लाने प्रवृत्ति कम्पनीहरूमा देखिएको छ ।

सन् २०२६ तर्फ हेर्दा कटौतीको यो ट्रेन्ड जारी रहने श्रम बजार विश्लेषकहरूको अनुमान छ । अटोमेसनको सम्भावना रहेका कुनै पनि काम मानिसको सट्टा मसिनलाई लगाउने प्रवृत्तीका कारण श्रम बजारमा दबाब कायम रहने अनुमान गरिएको छ। म्याकिन्से र गोल्डम्यान स्याक्सका पछिल्ला अध्ययनहरूले जेनेरेटिभ एआईले विश्वव्यापी रूपमा ठूलो संख्यामा प्रशासनिक र ज्ञानमा आधारित काम विस्थापित गर्न सक्ने चेतावनी दिएका छन् ।

बिजनेश इन्साइडरले हालको कटौतीलाई ‘कार्य संरचना नै बदल्ने विघटनकारी प्रविधिको प्रभाव’ भनी उल्लेख गरेको छ । यसलाई इन्टरनेट र मोबाइल प्रविधिले ल्याएको परिवर्तनसँग तुलना गरेको छ । एआईमा लगानी बढ्दै जाँदा सीमित क्षेत्रमा मात्रै रोजगारी सिर्जना केन्द्रित हुनु श्रमिक र नीतिनिर्माताका लागि दीर्घकालीन चुनौती बन्दै गएको संकेत २०२५ का तथ्यांकले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि प्रयोग हुने ५१ सामग्रीहरूको सूची तयार पारेको छ । जसमध्ये ३७ वटा सामग्री जिल्लास्तरबाट नै खरिद गरिनेछ भने बाँकी १४ वटा सामग्री आयोगले नै खरिद गरी उपलब्ध गराउनेछ । सिंहदरबारमा जारी सर्वपक्षीय छलफलमा निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगले उपलब्ध गराउनुपर्ने सामग्री खरिद गर्ने प्रक्रिया ...
— गत भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि कोशी प्रदेश सरकार निष्क्रिय जस्तै अवस्थामा छ ।
— प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक बन्दसूची पेस गर्ने म्याद थप गर्न कांग्रेसले आग्रह गरेको छ । कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले समानुपातिक बन्दसूची बुझाउने समय अभाव हुने भएकाले केही समय थप गर्नुपर्ने बताएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय, नागरिक समाजको सोमबारको बैठकमा यादवले प्रतिनिधिसभाको फागुन ...
— पूर्वसांसद तथा संविधानविद् राधेश्याम अधिकारीले राजनीतिक दलका प्रमुख नेताहरूलाई एक ठाउँबाट अर्को ठाउँमा जानबाट बन्देज लगाएर चुनावकाे वातावरण नबन्ने बताएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन कानुन एवं व्यवस्थापनसम्बन्धी राजनीतिक दल र नागरिक प्रतिनिधिहरूसँगकाे छलफल तथा गृह मन्त्रालय र निर्वाचन आयोगको प्रस्तुतिकरण कार्यक्रममा वरिष्ठ अधिवक्ता अधिकारीले नेताहरूलाई बयानमा बाेलाउन तर स्थानहद हटाउनु पर्ने ...
— नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता राजेन्द्र पाण्डेले युवा पुस्तालाई झुक्याउने काम कारबाही नगर्न सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले सोमबार बोलाएको राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र नागरिक समाजका प्रतिनिधिको बैठकमा नेकपाका नेता पाण्डेले निर्वाचनको मुखमा आएर विभिन्न कानुन संशोधन अध्यादेश ल्याएर झुक्याउने काम नगर्न आग्रह गरेका छन् । फागुन २१ का लागि ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम