मुख्य समाचार
वर्षमान पुनले प्रतिनिधिसभा विघटन भएको ६ महिनाभित्र अर्को संसद् आउनुपर्ने संवैधानिक व्यवस्थाको ख्याल गर्न सरकारलाई सुझाव
वर्षमान पुनले प्रतिनिधिसभा विघटन भएको ६ महिनाभित्र अर्को संसद् आउनुपर्ने संवैधानिक व्यवस्थाको ख्याल गर्न सरकारलाई सुझाव

— नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले प्रतिनिधिसभा विघटन भएको ६ महिनाभित्र अर्को संसद् आउनुपर्ने संवैधानिक व्यवस्थाको ख्याल गर्न सरकारलाई सुझाव दिएका छन् ।

सरकारले आगामी फागुनभित्र चुनाव नगराएमा सरकारलाई पार्टीको समर्थन नरहने पुनले स्पष्ट पारे ।

प्रधानमन्त्री सुशीला कार्कीले सोमबार बोलाएको राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र नागरिक समाजका प्रतिनिधिको बैठकमा पुनले संविधानको दायरामा रहेर निर्वाचन सम्पन्न गर्नका लागि सरकारलाई सुझाव दिएका हुन् । 'प्रतिनिधिसभा विघटन भएको ६ महिनाभित्र चुनाव भएन भने सरकारलाई हाम्रो समर्थन हुँदैन । त्यस्तो अवस्थामा कि सडकले निर्णय गर्छ कि संसद् पुनःस्थापना हुन्छ,' उनले भने ।

प्रधानमन्त्री कार्की र मन्त्रीहरूले निर्वाचनप्रति प्रतिबद्धता जनाएको देखिएको पनि पुनको भनाइ थियो । राजनीतिक दलहरूलाई निर्वाचनमा ल्याउनका लागि सरकारले अझै प्रोात्साहित गर्नुपर्ने उनले बताए । 'निर्वाचन प्रक्रियामा एमाले र कांग्रेस तयार देखिन्छ । दल दर्तामा सहभागी छन्, अझै प्रोत्साहित गर्नुपर्छ । जेन-जी पनि निर्वाचन प्रक्रियामा सहभागी हुनु राम्रो कुरा हो,' उनले भने ।

पछिल्लो समय कांग्रेस र एमाले पनि निर्वाचनमा भाग लिनका लागि तयार भएको देखिएको पुनको भनाइ थियो । समानुपातिक बन्दसूची बुझाउने समय थप गर्दा राम्रो हुने उनले बताए । १३ गतेदेखि १० दिनसम्म बन्दसूची बुझाउने व्यवस्था गर्न उनको सुझाव थियो । कांग्रेस महाधिवेशनमा लागेको र एमालेले हालैमात्र महाधिवेशन सकेकाले समानुपातिक सूची तयार पार्न नसकेको कुरालाई मध्यनजर गर्नुपर्ने उनको भनाइ थियो।

निर्वाचन घोषणा भएपछि अध्यादेश ल्याउने र कानुन संशोधनका कार्य नगर्न पनि पुनले सरकारलाई आग्रह गरेका छन् । निर्वाचन घोषणा भइसकेको अवस्थामा विगतमा मन्त्रिपरिषद् विस्तार गर्दा सर्वोच्च अदालतले रोक लगाएको कुरा पनि पुनले प्रधानमन्त्रीलाई स्मरण गराएका छन् । 'निर्वाचन घोषणा भएपछि सरकारमा मन्त्री थप्न मिल्दैन । खेल सुरु भइसकेपछि खेलको नियम बदल्दा प्रश्न उठ्छन्,' उनले भने ।



विदेशमा रहेका नेपालीलाई चुनावमा सहभागी हुनका लागि कत्तिको सहज छ भन्ने कुरा ख्याल गर्न पुनले सरकारको ध्यानाकर्षण गराए । अहिले प्रतिनिधिमूलक रुपमा विदेशमा रहेका नेपालीलाई चुनावमा सहभागी गराउन सकिने पनि उनले बताए ।

तर, चुनाव सार्नका लागि विदेशमा रहेका नेपालीलाई भोटिङको व्यवस्थाको बहस गराउन खोजिएको हो भने स्वीकार्य नहुने पुनले बताए । त्यस्तै, समानुपातिकमा अन्तरजिल्ला भोटिङको व्यवस्था गर्न सकिने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि प्रयोग हुने ५१ सामग्रीहरूको सूची तयार पारेको छ । जसमध्ये ३७ वटा सामग्री जिल्लास्तरबाट नै खरिद गरिनेछ भने बाँकी १४ वटा सामग्री आयोगले नै खरिद गरी उपलब्ध गराउनेछ । सिंहदरबारमा जारी सर्वपक्षीय छलफलमा निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगले उपलब्ध गराउनुपर्ने सामग्री खरिद गर्ने प्रक्रिया ...
— गत भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि कोशी प्रदेश सरकार निष्क्रिय जस्तै अवस्थामा छ ।
— प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक बन्दसूची पेस गर्ने म्याद थप गर्न कांग्रेसले आग्रह गरेको छ । कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले समानुपातिक बन्दसूची बुझाउने समय अभाव हुने भएकाले केही समय थप गर्नुपर्ने बताएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय, नागरिक समाजको सोमबारको बैठकमा यादवले प्रतिनिधिसभाको फागुन ...
— पूर्वसांसद तथा संविधानविद् राधेश्याम अधिकारीले राजनीतिक दलका प्रमुख नेताहरूलाई एक ठाउँबाट अर्को ठाउँमा जानबाट बन्देज लगाएर चुनावकाे वातावरण नबन्ने बताएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन कानुन एवं व्यवस्थापनसम्बन्धी राजनीतिक दल र नागरिक प्रतिनिधिहरूसँगकाे छलफल तथा गृह मन्त्रालय र निर्वाचन आयोगको प्रस्तुतिकरण कार्यक्रममा वरिष्ठ अधिवक्ता अधिकारीले नेताहरूलाई बयानमा बाेलाउन तर स्थानहद हटाउनु पर्ने ...
— नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता राजेन्द्र पाण्डेले युवा पुस्तालाई झुक्याउने काम कारबाही नगर्न सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले सोमबार बोलाएको राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र नागरिक समाजका प्रतिनिधिको बैठकमा नेकपाका नेता पाण्डेले निर्वाचनको मुखमा आएर विभिन्न कानुन संशोधन अध्यादेश ल्याएर झुक्याउने काम नगर्न आग्रह गरेका छन् । फागुन २१ का लागि ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम