— जेन–जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको म्याग्जिन र गोली चिया बगानमा फेला परेको छ ।
आइतबार दिउँसो बिर्तामोड नगरपालिका–६ स्यालडाागीस्थित चिया बगानमा ईन्सास राईफलको म्याग्जिन एक थान र मार्का थ्री राइफलको ३ राउण्ड गोली बेवारिसे अवस्थामा फेला परेको हो ।
हातहतियार तथा गोलीगठ्ठा बेवारिसे अवस्थामा फेला परेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी टोली खटिएर बरामद गरेको थियो ।
बरामद भएको म्याग्जिन र गोली जेन–जी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय अनारमनीको जिन्सी भण्डार कक्षबाट लुटेर लगेको अभिलेखबाट खुल्न आएको प्रहरीले जनाएको छ ।