मुख्य समाचार
विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न राप्रपाको सुझाव
विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न राप्रपाको सुझाव

— राष्ट्रिय प्रजातन्त्र पार्टीले विदेशमा रहेका नेपालीहरूको पैसाचाँहि नेपाल आउन मिल्ने अनि भाेटचाँहि हाल्न किन नमिल्ने भनी प्रश्न उठाएको छ।

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय-सर्वपक्षीय बैठकमा बोल्दै राप्रपाका नेता राजेन्द्र गुरुङले विदेशमा रहेका नेपालीले पैसा नेपालमा पठाउन मिल्ने, तर भाेट हाल्न चाँहि किन नमिल्ने होला? भनी प्रश्न गरेका हुन्।

उनले विदेशमा रहेका नेपालीलाई मताधिकार दिनुपर्ने सुझाव राखे।

उनले फागुन २१ काे निर्वाचनमा प्रमुख दलहरूले शङ्का उपशंका सर्वदलीय बैठकमा पनि गरेको भन्दै उनले यसको सम्बोधन गर्न प्रधानमन्त्री सुशीला कार्कीसँग आग्रह गरे। दलमात्र नभई जेन-जीहरुकाे पनि असन्तुष्टि व्यक्त गरिरहेको अवस्थामा निर्वाचनमा कुनै असर पर्छ कि पर्दैन भनी जिज्ञासा राखे ।

उनले भदौ २३ र २४ काे परिवर्तनको चाहानालाई अपुरो र अधुरो राख्न नहुने भन्दै अधुरै राख्दा पुन विद्रोह हुनसक्ने बताए। उनले जेन-जी आन्दाेलन केवल फागुन २१ काे निर्वाचनका लागि मात्र नभएको भन्दै उक्त दिन खोजेको परिवर्तन पनि संस्थागत हुनुपर्ने दाबी गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि प्रयोग हुने ५१ सामग्रीहरूको सूची तयार पारेको छ । जसमध्ये ३७ वटा सामग्री जिल्लास्तरबाट नै खरिद गरिनेछ भने बाँकी १४ वटा सामग्री आयोगले नै खरिद गरी उपलब्ध गराउनेछ । सिंहदरबारमा जारी सर्वपक्षीय छलफलमा निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगले उपलब्ध गराउनुपर्ने सामग्री खरिद गर्ने प्रक्रिया ...
— गत भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि कोशी प्रदेश सरकार निष्क्रिय जस्तै अवस्थामा छ ।
— प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक बन्दसूची पेस गर्ने म्याद थप गर्न कांग्रेसले आग्रह गरेको छ । कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले समानुपातिक बन्दसूची बुझाउने समय अभाव हुने भएकाले केही समय थप गर्नुपर्ने बताएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय, नागरिक समाजको सोमबारको बैठकमा यादवले प्रतिनिधिसभाको फागुन ...
— पूर्वसांसद तथा संविधानविद् राधेश्याम अधिकारीले राजनीतिक दलका प्रमुख नेताहरूलाई एक ठाउँबाट अर्को ठाउँमा जानबाट बन्देज लगाएर चुनावकाे वातावरण नबन्ने बताएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन कानुन एवं व्यवस्थापनसम्बन्धी राजनीतिक दल र नागरिक प्रतिनिधिहरूसँगकाे छलफल तथा गृह मन्त्रालय र निर्वाचन आयोगको प्रस्तुतिकरण कार्यक्रममा वरिष्ठ अधिवक्ता अधिकारीले नेताहरूलाई बयानमा बाेलाउन तर स्थानहद हटाउनु पर्ने ...
— नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता राजेन्द्र पाण्डेले युवा पुस्तालाई झुक्याउने काम कारबाही नगर्न सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले सोमबार बोलाएको राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र नागरिक समाजका प्रतिनिधिको बैठकमा नेकपाका नेता पाण्डेले निर्वाचनको मुखमा आएर विभिन्न कानुन संशोधन अध्यादेश ल्याएर झुक्याउने काम नगर्न आग्रह गरेका छन् । फागुन २१ का लागि ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम