मुख्य समाचार
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता राजेन्द्र पाण्डेले युवा पुस्तालाई झुक्याउने काम कारबाही नगर्न सरकारलाई सुझाव
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता राजेन्द्र पाण्डेले युवा पुस्तालाई झुक्याउने काम कारबाही नगर्न सरकारलाई सुझाव

— नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता राजेन्द्र पाण्डेले युवा पुस्तालाई झुक्याउने काम कारबाही नगर्न सरकारलाई सुझाव दिएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले सोमबार बोलाएको राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र नागरिक समाजका प्रतिनिधिको बैठकमा नेकपाका नेता पाण्डेले निर्वाचनको मुखमा आएर विभिन्न कानुन संशोधन अध्यादेश ल्याएर झुक्याउने काम नगर्न आग्रह गरेका छन् ।

फागुन २१ का लागि तोकिएको निर्वाचन आउन ७३ दिन मात्रै बाँकी रहेको अवस्थामा सरकारले निर्वाचनसँग सम्बन्धित अध्यादेश ल्याउने काम नगर्न पाण्डेले आग्रह गरेका हुन् । 'अहिले ल्याइने अध्यादेश, ऐनले निर्वाचनको तयारी पुग्दैन । तयारी नपुग्ने काम नगर्नुस्,' पाण्डेले भने, 'विदेशमा बस्ने नेपालीलाई चुनावमा भाग लिन पाउने अध्यादेश ल्याउँदै हुनुहुन्छ । यस्ता कुरा नगरौं । युवापुस्तालाई झुक्याउने काम कारबाही नगरौं ।'

सरकारले सार्वजनिक रूपमा लोकप्रियता प्राप्त गर्नका लागि केही कदम चालिरहेको तर त्यसले निर्वाचनको काम भने नहुने देखिएको पाण्डेको भनाइ थियो । 'चारैतिरबाट हाइ-हाइ हुने काम गर्नुभयो भने हाइ-हाइ मात्रै हुन्छ, काम हुँदैन,' उनले भने । युवा पुस्तालाई राजनीतिमा ल्याउनुपर्ने र राष्ट्र निर्माणमा भूमिका खेल्न लगाउनुपर्ने पनि उनको भनाइ थियो ।

सरकारले कुनै दलले भाग नलिए पनि चुनाव हुन्छ भन्ने धारणा राख्न नहुने पाण्डेले बताए । 'कुनै दलले चुनावमा भाग नलिए नलेओस् भने चुनाव हुँदैन,' उनले भने, 'चुनावका कुरा गर्ने अनि मुल नेताहरूलाई काठमाडौंमा घरमै बस् भन्ने ? स्थानहद लगाउने ? स्थानहद गर्ने कुराहरूमा जानु हुँदैन । सरकारको ध्यान निर्वाचनमा केन्द्रित गरौं । तपाईंहामी निर्वाचन केन्द्रित भएनौं भने निर्वाचन हुँदैन ।'


मन्त्रीहरूका अभिव्यक्ति नियन्त्रित हुनुपर्ने पनि पाण्डेको भनाइ थियो । मन्त्रीहरूका अभिव्यक्तिले निर्वाचनको वातावरण बिथोल्ने उनले बताए । 'तपाईंहरूका बोलीले निर्वाचनको वातावरण बिथोलिएको छ । मुख बन्द गर्नुस्, धेरै नबोल्नुस् । तपाईंहरूलाई राष्ट्रले ऐतिहासिक जिम्मेवारी दिएको छ, निर्वाचन गर्नुस् । स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा निर्वाचन गर्नुस् । होइन भने मन्त्री भएर नबस्नुस्,' पाण्डेले भने ।

जेन-जी प्रदर्शनका क्रममा लुटिएका हतियार कति फिर्ता भए र जेलबाट भागेका कैदी फिर्ता ल्याउनेबारे गृहमन्त्रालयले कति काम गरेको भन्ने कुरा बैठकमा राखख्नुपर्ने पनि पाण्डेको माग थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि प्रयोग हुने ५१ सामग्रीहरूको सूची तयार पारेको छ । जसमध्ये ३७ वटा सामग्री जिल्लास्तरबाट नै खरिद गरिनेछ भने बाँकी १४ वटा सामग्री आयोगले नै खरिद गरी उपलब्ध गराउनेछ । सिंहदरबारमा जारी सर्वपक्षीय छलफलमा निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगले उपलब्ध गराउनुपर्ने सामग्री खरिद गर्ने प्रक्रिया ...
— गत भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि कोशी प्रदेश सरकार निष्क्रिय जस्तै अवस्थामा छ ।
— प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक बन्दसूची पेस गर्ने म्याद थप गर्न कांग्रेसले आग्रह गरेको छ । कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले समानुपातिक बन्दसूची बुझाउने समय अभाव हुने भएकाले केही समय थप गर्नुपर्ने बताएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय, नागरिक समाजको सोमबारको बैठकमा यादवले प्रतिनिधिसभाको फागुन ...
— पूर्वसांसद तथा संविधानविद् राधेश्याम अधिकारीले राजनीतिक दलका प्रमुख नेताहरूलाई एक ठाउँबाट अर्को ठाउँमा जानबाट बन्देज लगाएर चुनावकाे वातावरण नबन्ने बताएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन कानुन एवं व्यवस्थापनसम्बन्धी राजनीतिक दल र नागरिक प्रतिनिधिहरूसँगकाे छलफल तथा गृह मन्त्रालय र निर्वाचन आयोगको प्रस्तुतिकरण कार्यक्रममा वरिष्ठ अधिवक्ता अधिकारीले नेताहरूलाई बयानमा बाेलाउन तर स्थानहद हटाउनु पर्ने ...
— सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना फुकुवा गर्ने प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको बताएका छन् । मन्त्री नियुक्त भएपछि पहिलो पटक गृहजिल्ला रामेछाप सदरमुकाम मन्थली आइपुगेका घिसिङले सोमबार जिल्ला स्तरीय सरोकारवालासँगको छलफल कार्यक्रममा यस्तो जानकारी दिएका हुन् । उनका अनुसार अर्थ मन्त्रालयले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम