मुख्य समाचार
प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक बन्दसूची पेस गर्ने म्याद थप गर्न कांग्रेसले आग्रह
प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक बन्दसूची पेस गर्ने म्याद थप गर्न कांग्रेसले आग्रह

— प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक बन्दसूची पेस गर्ने म्याद थप गर्न कांग्रेसले आग्रह गरेको छ । कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले समानुपातिक बन्दसूची बुझाउने समय अभाव हुने भएकाले केही समय थप गर्नुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय, नागरिक समाजको सोमबारको बैठकमा यादवले प्रतिनिधिसभाको फागुन २१ को निर्वाचन सम्पन्न गर्नुलाई ध्यान दिनका लागि सुझाव दिए ।

'समानुपातिकको बन्दसूची बुझाउने समय अपुग छ । दुई-चार दिन सार्नुपर्छ । मूलतः फागुन २१ गते हो,' यादवले भने । निर्वाचन आयोगले पुस १३ र १४ गते समानुपातिक बन्दसूची बुझाउने कार्यतालिका सार्वजनिक गरेको छ ।

सहमहामन्त्री यादवले राजनीतिक दलका प्रमुख नेताहरूसँग छलफल गर्न पनि प्रधानमन्त्री सुशीला कार्कीलाई सुझाव दिएका छन् । 'निर्वाचनको लागि राजनीतिक दल नै महत्त्वपूर्ण हुन्छ । राजनीतिक दलका प्रमुख, शीर्ष नेताहरूसँग तपाईंले छलफल गर्नुस्,' यादवले प्रधानमन्त्रीलाई भने, 'अहिले नेपालको प्रथम नागरिक तपाईं हो । नेपाललाई निकास पनि दिनुछ, जेन-जी लगायत सबैको दायित्व हो । विगतमा केही कमजोरी भयो होला तर अब यसलाई सुधार्नु हामी सबैको दायित्व हो ।'

फागुन २१ को निर्वाचन मितिलाई तलमाथि नगरी अगाडि बढ्न सरकारलाई कांग्रेसको आग्रह थियो । कांग्रेसले आन्तरिक तयारी गरिरहेको पनि यादवले बताए । कांग्रेसले जिल्लाबाट उम्मेदवार चयन थालेको जानकारी दिँदै उनले भने, 'हामीले आन्तरिक तयारी गरिरहेका छौं । उम्मेदवार सिफारिस ल्याएका छौं । सरकारको दायित्व पनि हो । राष्ट्रपतिले पनि बारम्बार भनिरहनुभएको छ । सरकारले पनि भनिरहेको छ । सुरक्षा निकाले पनि केही काम अगाडि बढाएका छन् ।'


नेताहरूलाई लगाएको स्थानहदको विषय पनि कांग्रेसले प्रधानमन्त्रीसँगको छलफलमा उठाएको छ । 'आम निर्वाचनमा हाम्रो संविधानले दिएको अधिकार अनुसार कुनै पनि नागरिक वा कुनै दलका नेता १६५ निर्वाचन क्षेत्र जहाँबाट पनि लड्न पाउँछ,' उनले भने, 'खाली निर्वाचन भनेर हुँदैन । निर्वाचनको वातावरण बन्नुपर्‍यो । जनताले निर्वाचन चाहिरहेका छन् ।'

सरकारले नेताहरूको सुरक्षा खोसेको कुरा पनि कांग्रेसले प्रश्न उठाएका छन् । 'नेताहरूको सुरक्षा खोसेको अवस्था छ । सबैले स्वीकार गरेको छ, अहिले भयको वातावरण छ । सबैलाई सुरक्षा चाहिन्छ तर थ्रेट भएका कसैमाथि घटना घट्यो भने त्यसको जिम्मेवार सरकार हुन्छ,' उनले भने ।

निर्वाचन भएन भने त्यसको भोलिपल्टको अवस्था आँकलन गरेर सरकार अगाडि बढ्नुपर्ने र संविधानमा प्रतिनिधिसभा विघटन भएको ६ महिनाभित्र नयाँ संसद् आउनुपर्ने व्यवस्था ख्याल राख्न पनि कांग्रेसले सरकारलाई आग्रह गरेको छ । तोकिएको मितिमा चुनाव भएन भने प्रधानमन्त्रीसँगै राष्ट्रपतिमाथि पनि प्रश्न उठ्ने यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि प्रयोग हुने ५१ सामग्रीहरूको सूची तयार पारेको छ । जसमध्ये ३७ वटा सामग्री जिल्लास्तरबाट नै खरिद गरिनेछ भने बाँकी १४ वटा सामग्री आयोगले नै खरिद गरी उपलब्ध गराउनेछ । सिंहदरबारमा जारी सर्वपक्षीय छलफलमा निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगले उपलब्ध गराउनुपर्ने सामग्री खरिद गर्ने प्रक्रिया ...
— गत भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि कोशी प्रदेश सरकार निष्क्रिय जस्तै अवस्थामा छ ।
— पूर्वसांसद तथा संविधानविद् राधेश्याम अधिकारीले राजनीतिक दलका प्रमुख नेताहरूलाई एक ठाउँबाट अर्को ठाउँमा जानबाट बन्देज लगाएर चुनावकाे वातावरण नबन्ने बताएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन कानुन एवं व्यवस्थापनसम्बन्धी राजनीतिक दल र नागरिक प्रतिनिधिहरूसँगकाे छलफल तथा गृह मन्त्रालय र निर्वाचन आयोगको प्रस्तुतिकरण कार्यक्रममा वरिष्ठ अधिवक्ता अधिकारीले नेताहरूलाई बयानमा बाेलाउन तर स्थानहद हटाउनु पर्ने ...
— नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता राजेन्द्र पाण्डेले युवा पुस्तालाई झुक्याउने काम कारबाही नगर्न सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले सोमबार बोलाएको राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र नागरिक समाजका प्रतिनिधिको बैठकमा नेकपाका नेता पाण्डेले निर्वाचनको मुखमा आएर विभिन्न कानुन संशोधन अध्यादेश ल्याएर झुक्याउने काम नगर्न आग्रह गरेका छन् । फागुन २१ का लागि ...
— सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना फुकुवा गर्ने प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको बताएका छन् । मन्त्री नियुक्त भएपछि पहिलो पटक गृहजिल्ला रामेछाप सदरमुकाम मन्थली आइपुगेका घिसिङले सोमबार जिल्ला स्तरीय सरोकारवालासँगको छलफल कार्यक्रममा यस्तो जानकारी दिएका हुन् । उनका अनुसार अर्थ मन्त्रालयले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम