मुख्य समाचार
सापटी दिएको १७ लाख माग्दा मारिए हायु र राई, दुईजना पक्राउ
सापटी दिएको १७ लाख माग्दा मारिए हायु र राई, दुईजना पक्राउ

: ललितपुरको महालक्ष्मी नगरपालिका–८ को शेरेफाटमा फार्म हाउस चलाएर बसेका सिन्धुलीको गोलञ्जोर ५ घर भई हाल ललितपुर बस्ने केशवराज हायु र पारुहाङ राईको क्रूर तरिकाले हत्या गरिएको छ। उनीहरूको हत्या गर्ने रमेश भन्ने देवराज ढुंगेल पनि उनीहरूसँगै फार्म हाउस चलाउँथे। सिन्धुलीको सुनकोशी-४ घर भई हाल ललितपुरको महालक्ष्मी बस्ने २१ वर्षीय देवराजले लिएको पैसा नर्तिनका लागि राई र हायुको क्रूर तरिकाले हत्या गरेका हुन्।




जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता चक्रराज जोशीका अनुसार देवराजले केशवराज हायुसँग १२ लाख र पारुहाङ राईसँग ५ लाख सापटी लिएका थिए। वैदेशिक रोजगारीमा जान तयारी गरिरहेका हायुले देवराजसँग सापटी दिएको पैसा फिर्ता मागे। पैसा फिर्ता मागेपछि रिसाएका देवराजले उनलाई ज्यामिरेकोटको जंगलमा लगेर अत्यधिक मदिरा खुवाएर हत्या गरेका थिए।


गत मंसिर २४ गते राति ८ बजे हायुलाई घुम्न जाम भनि ज्यामिरेकोटमा लगेका थिए। त्यहाँ गोल्डेनओक नामक मदिरा अत्यधिक खुवाएर ढलेको अवस्थामा ह्याम्मरले हानेर देवराजले हत्या गरेका थिए। सिन्धुलीकै जयराम अधिकारीसँगको मिलेर ढुंगेलले हायुको हत्या गरेका हुन्।




उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आर्चायका अनुसार उनै देवराजले भोजपुरको अरूण गाउँपालिका-३ घर भई हाल हायुसँगै फार्म हाउस सञ्चालन गर्ने पारुहाङ राईलाई पनि भक्तपुरको सुर्यविनायक-७ देउराली भञ्जाङको झाडीमा लगी गत मंसिर २५ गते राति ९ बजे हत्या गरेका थिए। देवराजले आफ्नो साथ जयरामसँग मिलेर दुई जनाको हत्या गरे पनि केही दिनसम्म यो घटनाबारे कसैले पत्तो पाएन। प्रहरीले समेत सुइँको पाएन। हायु हराएको सूचना प्रहरीलाई २६ गते नै आएको थियो। तर सोधखोज गर्दा उनको अवस्था पत्ता लागेको थिएन।

यही पुस २ गते महालक्ष्मी नगरपालिकाको शेरेफाँटमा रहेको इनारमा केही तैरिएको स्थानीयले देखे। प्रहरीलाई खबर गरियो। प्रहरीले इनारबाट बोरामा प्याक गरिएको लास निकाल्यो। उक्त शव केशवराज हायुको थियो। फार्म हाउसको इनारमा बोरामा प्याक गरेर फालेको अवस्थामा हायुको शव भेटिएको थियो। अनि बल्ल प्रहरीले घटनाको अनुसन्धान गर्न थाल्यो। यही क्रममा राई पनि २५ गतेबाट नै हराएको पत्ता लाग्यो।

ललितपुर प्रहरीका प्रवक्ता चक्रराज जोशी भन्छन्, निकै चलाखीका साथ हायु र राईको हत्या गरिएको छ। आरोपी देवराज ढुंगेलले घरपरिवार, आफन्त छरछिमेक सबैलाई आफू अमेरिका पुगेको भनेर झूटो हल्ला फैलाएका थिए। एक वर्षदेखि आफू अमेरिका छु भन्दै उनी ललितपुरमा लुकेर बसेका थिए। यही क्रममा विभिन्न व्यक्तिहरूबाट पैसा सापटी लिने र नतिर्ने गरेका थिए।

मिलेर फार्म हाउस चलाएका उनीहरूले पछि विवाद भएपछि उनीहरूको हत्या गर्ने योजना बनाएका थिए। प्रहरीसँगको बयानका क्रममा देवराजले फरक फरक कुरा बताएका छन्। कहिले हायुको बहिनीसँग आफूले भागेर बिहे गरेको बताउँछन् त कहिले प्रेमिका भएको र पैसा खोजेर जापान पठाएको बताउँछन्।

निकै विवादास्पद पृष्ठभूमि रहेका देवराजले सिन्धुलीको गाउँमै बसिरहेको जयराम अधिकारीलाई २ लाख दिन्छु भनेर प्रलोभन दिएर काठमाडौं बोलाएका थिए। हायु र राईको हत्या गर्ने योजनामा सघाउन लगाएका थिए। पुस २ गते हायुको शव भेटिएपछि आरोपी देवराज पुस ४ गते ललितपुरको चागाथलीबाट पक्राउ परेका छन्। प्रहरीसँगको बयानका क्रममा उनले नै पारुहाङको पनि हत्या गरेको बताएका हुन्। उनैको सूचनाको आधारमा प्रहरीले पुस ७ गते पारुहाङको शव भक्तपुरको देउराली जंगलमा फेला पारेको छ। सोमबार बिहान ललितपुरको लाकुरीभञ्ज्याङ र भक्तपुरको सीमा क्षेत्रमा पर्ने सूर्यविनायक नगरपालिका–७ स्थित देउराली जंगलमा पारुहाङ राई मृत भेटिएका थिए। राई भोजपुरको अरुण गाउँपालिका–३ का स्थानीय हुन्।

करिब ४ महिनाअघि दिएको सापटी रकम केशवराज र पारुहाङ दुवैले माग्न थालेपछि देवराजले हत्या योजना बनाएका हुन्। केशवराजले फार्म हाउस रोल्पाका दीपक थापा मगरलाई बेचे। फार्म हाउस बेचेर उनी बुल्गेरिया उड्ने तयारी गर्दै थिए। प्रहरीसँगको बयानका क्रममा विदेश जान पैसा आवश्यक परेका भन्दै केशवराज र पारुहाङले पैसा फिर्ता गर्न दबाब दिएपछि हत्याको योजना बनाएको बयान दिएका छन्।

प्रहरीसँगको बयानमा देवराजले २४ गते हायुको हत्या गरेर जंगलमा छाडेको बताए। उनी हराएको रिर्पोट प्रहरीमा दर्ता भएपछि २६ गते राति जंगलमा गएर उक्त शवलाई बोरामा प्याक गरेर केशवराजले पहिले सञ्चालन गरेको फार्म हाउसको इनारमा लगेर फालेको बताएका छन्। दुई दिनमा दुई जनाको हत्या गरेपछि देवराजले भक्तपुरको गठ्ठाघरमा कोठा सारेका थिए। प्रहरीले उनको डेराबाट हत्यामा प्रयोग गरिएको ह्यामर र शव बाँध्न प्रयोग भएको टेप बरामद गरेको छ। उनीहरूविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरले ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा एमालेले प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको बैठकले संसद् पुनर्स्थापना गर्ने मागको सान्दर्भिकता र औचित्य पुष्टि गरेको बताएको छ। एमालेका तर्फबाट बैठकमा सहभागी विघटित प्रतिनिधि सभाका एमाले प्रमुख सचेतक महेश बर्तौलाले सामाजिक सञ्जालमा लेख्दै यस्तो बताएका हुन्। प्रधानमन्त्री कार्कीले सोमबार निर्वाचनबारे छलफल गर्न सर्वपक्षीय बैठक बोलाएकी थिइन्। बैठकपछि बर्तौलाले लेखेका छन्,ʻनिर्वाचनको मिति आउन ...
— निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि प्रयोग हुने ५१ सामग्रीहरूको सूची तयार पारेको छ । जसमध्ये ३७ वटा सामग्री जिल्लास्तरबाट नै खरिद गरिनेछ भने बाँकी १४ वटा सामग्री आयोगले नै खरिद गरी उपलब्ध गराउनेछ । सिंहदरबारमा जारी सर्वपक्षीय छलफलमा निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगले उपलब्ध गराउनुपर्ने सामग्री खरिद गर्ने प्रक्रिया ...
— गत भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि कोशी प्रदेश सरकार निष्क्रिय जस्तै अवस्थामा छ ।
— प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक बन्दसूची पेस गर्ने म्याद थप गर्न कांग्रेसले आग्रह गरेको छ । कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले समानुपातिक बन्दसूची बुझाउने समय अभाव हुने भएकाले केही समय थप गर्नुपर्ने बताएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय, नागरिक समाजको सोमबारको बैठकमा यादवले प्रतिनिधिसभाको फागुन ...
— पूर्वसांसद तथा संविधानविद् राधेश्याम अधिकारीले राजनीतिक दलका प्रमुख नेताहरूलाई एक ठाउँबाट अर्को ठाउँमा जानबाट बन्देज लगाएर चुनावकाे वातावरण नबन्ने बताएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन कानुन एवं व्यवस्थापनसम्बन्धी राजनीतिक दल र नागरिक प्रतिनिधिहरूसँगकाे छलफल तथा गृह मन्त्रालय र निर्वाचन आयोगको प्रस्तुतिकरण कार्यक्रममा वरिष्ठ अधिवक्ता अधिकारीले नेताहरूलाई बयानमा बाेलाउन तर स्थानहद हटाउनु पर्ने ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम