मुख्य समाचार
एमालेले प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको बैठकले संसद् पुनर्स्थापना गर्ने मागको सान्दर्भिकता र औचित्य पुष्टि गरेको
एमालेले प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको बैठकले संसद् पुनर्स्थापना गर्ने मागको सान्दर्भिकता र औचित्य पुष्टि गरेको

: नेकपा एमालेले प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको बैठकले संसद् पुनर्स्थापना गर्ने मागको सान्दर्भिकता र औचित्य पुष्टि गरेको बताएको छ। एमालेका तर्फबाट बैठकमा सहभागी विघटित प्रतिनिधि सभाका एमाले प्रमुख सचेतक महेश बर्तौलाले सामाजिक सञ्जालमा लेख्दै यस्तो बताएका हुन्।




प्रधानमन्त्री कार्कीले सोमबार निर्वाचनबारे छलफल गर्न सर्वपक्षीय बैठक बोलाएकी थिइन्। बैठकपछि बर्तौलाले लेखेका छन्,ʻनिर्वाचनको मिति आउन जम्मा ७२ दिन मात्रै बाँकी रहेको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको बैठकमा नेकपा एमालेको तर्फबाट म पनि सहभागी थिएँ। तर राजनीतिक दल, नागरिक समाज र निर्वाचन आयोग समेतलाई सहभागी गराएर प्रधानमन्त्रीज्यूले बोलाएको उक्त बैठकमा प्रस्तुत गरिएको सरकारी प्रस्तावले नै फागुन २१ गते निर्वाचन हुँदैन र गर्दैन भन्ने कुरा औपचारिक रूपमै घोषणा भएको छ।ʼ


बर्तौलाले यसले मुलुकमा विद्यमान जटिल परिस्थितिको संवैधानिक निकासका लागि तत्काल संसद् पुनर्स्थापना गर्ने मागको संवैधानिक र कानुनी आवश्यकता मात्रै नभई व्यवहारिक र राष्ट्रिय सान्दर्भिकता तथा औचित्य समेत सुदृढ ढङ्गले पुष्टि भएको उल्लेख गरे। उनले भने,ʻखेल प्रारम्भ भएको ह्विसल बजिसके पछि खेलाडीको अनुहार हेर्दै पाइलै पिच्छे सर्वस्विकार्यता विपरीत नियमहरू अदलबदल हुन सक्दैन। त्यो खेलको स्वच्छता, निष्पक्षता र निर्भयताका लागि होइन र हुन सक्दैन।ʼ




सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २१ गते मिति तय गरेको छ। तर एमाले, नेपाली कांग्रेस लगायत केही दलले संसद् पुनर्स्थापनाको माग गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: ललितपुरको महालक्ष्मी नगरपालिका–८ को शेरेफाटमा फार्म हाउस चलाएर बसेका सिन्धुलीको गोलञ्जोर ५ घर भई हाल ललितपुर बस्ने केशवराज हायु र पारुहाङ राईको क्रूर तरिकाले हत्या गरिएको छ। उनीहरूको हत्या गर्ने रमेश भन्ने देवराज ढुंगेल पनि उनीहरूसँगै फार्म हाउस चलाउँथे। सिन्धुलीको सुनकोशी-४ घर भई हाल ललितपुरको महालक्ष्मी बस्ने २१ वर्षीय देवराजले लिएको पैसा नर्तिनका लागि ...
— निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि प्रयोग हुने ५१ सामग्रीहरूको सूची तयार पारेको छ । जसमध्ये ३७ वटा सामग्री जिल्लास्तरबाट नै खरिद गरिनेछ भने बाँकी १४ वटा सामग्री आयोगले नै खरिद गरी उपलब्ध गराउनेछ । सिंहदरबारमा जारी सर्वपक्षीय छलफलमा निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगले उपलब्ध गराउनुपर्ने सामग्री खरिद गर्ने प्रक्रिया ...
— गत भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि कोशी प्रदेश सरकार निष्क्रिय जस्तै अवस्थामा छ ।
— प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक बन्दसूची पेस गर्ने म्याद थप गर्न कांग्रेसले आग्रह गरेको छ । कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले समानुपातिक बन्दसूची बुझाउने समय अभाव हुने भएकाले केही समय थप गर्नुपर्ने बताएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय, नागरिक समाजको सोमबारको बैठकमा यादवले प्रतिनिधिसभाको फागुन ...
— पूर्वसांसद तथा संविधानविद् राधेश्याम अधिकारीले राजनीतिक दलका प्रमुख नेताहरूलाई एक ठाउँबाट अर्को ठाउँमा जानबाट बन्देज लगाएर चुनावकाे वातावरण नबन्ने बताएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन कानुन एवं व्यवस्थापनसम्बन्धी राजनीतिक दल र नागरिक प्रतिनिधिहरूसँगकाे छलफल तथा गृह मन्त्रालय र निर्वाचन आयोगको प्रस्तुतिकरण कार्यक्रममा वरिष्ठ अधिवक्ता अधिकारीले नेताहरूलाई बयानमा बाेलाउन तर स्थानहद हटाउनु पर्ने ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम