मुख्य समाचार
जेनजी युवाहरूलाई अगाडि ल्याउन अहिले पनि चुनौती रहेको
जेनजी युवाहरूलाई अगाडि ल्याउन अहिले पनि चुनौती रहेको

: प्रधानमन्त्री सुशीला कार्कीले जेनजी युवाहरूलाई अगाडि ल्याउन अहिले पनि चुनौती रहेको बताएकी छन्। सिंहदरबारमा सोमबार भएको सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले जेनजीहरूको माग सम्बोधन हुनुपर्ने पनि स्पष्ट पारिन्।

'भदौ २३ र २४ को परिस्थिति कसैले कल्पना गरेको थिएन। अचानक यस्तो परिस्थिति आयो। त्यसपछि एउटा परिवर्तन आएको छ। सिंगो राष्ट्रले परिवर्तनको आवश्यकता महसुस गर्‍यो। नयाँ युवाहरू पनि अगाडि आएका छन्। उनीहरूलाई कसरी 'फ्रन्ट'मा ल्याउने चुनौती छ अहिले। उनीहरूलाई शासन सत्ताको अवधारणाबारे बुझाउन जरुरी छ। जेनजीले उठाएका मागहरू पनि सम्बोधन हुनुपर्छ। सबैले त्यो महसुस पनि गरेका छौं। कसैले माग पूरा हुनु हुँदैन भनेको पनि छैन,' उनले भनिन्।


उनले सहभागी सबै पक्ष निर्वाचनको पक्षमा रहेको बताउँदै केही दलले उठाएको अदालतको मुद्दाबारे आफू जानकार भएको बताइन्। तर, निर्वाचन हुनु हुँदैन भन्ने विचार कसैको नरहेको उनको भनाइ छ।


उनले निर्वाचन संकटभन्दा पनि उत्साहको रूपमा लिन दलहरूलाई आग्रह गरिन्। '६ महिनामा निर्वाचन गराउने कुरा पनि संविधान सम्मत नै छ। निर्वाचन संकटको घडी पनि होइन। यो त उत्साहको क्षण हो। निर्वाचनले नै हो अहिलेसम्मका सबै परिवर्तन ल्याएको। निर्वाचनले शान्तिपूर्ण तरिकाले परिवर्तन र सत्ता हस्तान्तरण पनि गर्दै लैजान्छ। यहाँ कोही वादी वा प्रतिवादी छैन,' उनले भनिन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कैलालीमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जानकी गाउँपालिका–२ प्रगतिनगरका २९ वर्षीय श्यामलाल चौधरी रोरा नदीमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । घाइते अवस्थामा उनलाई उपचारका लागि टीकापुर अस्पताल लगिएकोमा त्यहाँ उपचारकै क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । घटनाबारे ...
— नेपाललाई ग्रे लिस्टबाट हटाउन केन्द्रीय बैंकले अझ सशक्त भूमिका खेल्नुपर्ने बैंकिङ क्षेत्र सुधार सुझाव कार्यादलले सुझाएको छ । अहिले पनि राष्ट्र बैंकले भूमिका खेलिरहे पनि अझै सशक्त बनाउनु पर्ने सुझाव कार्यदलले दिएको छ । ‘सम्पत्ति शुद्धीकरण निवारण ऐनको पाँचौ संशोधनले यस बैंकअन्तर्गत रहेको वित्तीय जानकारी इकाईलाई छुट्टै स्वतन्त्र इकाईको रूपमा विकास गर्न खोजेको छ,’ प्रतिवेदनमा ...
: सुनसरीको धरान उपमहानगरपालिकामा गाँजासहित अटो चालक पक्राउ परेका छन्। पूर्वी पहाडी जिल्लाहरू धनकुटा र भोजपुर लगायतका जिल्लाबाट सुनसरी हुँदै भारततर्फ हुने गाँजा तस्करी अझै नियन्त्रण बाहिर रहेको छ। सोमबार राति धरान उपमहानगरपालिका–१३ फुस्रेस्थित चिण्डे डाँडाबाट धरानतर्फ आउँदै गरेको को १ त ५९३४ नम्बरको अटो शंकास्पद देखिएपछि सशस्त्र प्रहरीले चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा ...
: जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्वगृहसचिव गोकर्णमणि दुवाडीसहित तीनजनाको स्थान हद फुकुवा गरेको छ। आयोगले मंगलबार पत्र पठाउँदै पूर्वगृहसचिव दुवाडी,नेपाल प्रहरीका पूर्वमहानिरीक्षक चन्द्रकुवेर खापुङ र काठमाडौं जिल्लाका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजालमाथि लगाएको स्थान हद फुकुवा गरेको हो। उनीहरूको बयान सकिएकाले स्थान हद फुकुवा गरिएको आयोगले जनाएको छ। पत्र सार्वजनिक गर्दै पूर्वमहानिरीक्षक खापुङले 'लु ...
नेपालमा जनवरी १४ देखि फेब्रुअरी १ सम्म आयोजना हुने आइसीसी महिला टी २० विश्वकप ग्लोबल क्वालिफार्यरको तालिका सार्वजनिक भएको छ।
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम