: जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्वगृहसचिव गोकर्णमणि दुवाडीसहित तीनजनाको स्थान हद फुकुवा गरेको छ। आयोगले मंगलबार पत्र पठाउँदै पूर्वगृहसचिव दवाडी,नेपाल प्रहरीका पूर्वमहानिरीक्षक चन्द्रकुवेर खापुङ र काठमाडौं जिल्लाका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजालमाथि लगाएको स्थान हद फुकुवा गरेको हो। उनीहरूको बयान सकिएकाले स्थान हद फुकुवा गरिएको आयोगले जनाएको छ।
पत्र सार्वजनिक गर्दै पूर्वमहानिरीक्षक खापुङले 'लु है कतै निमन्त्रणा छ भने भन्नुहोस है,' भन्दै व्यंग्य गरेका छन्।
आयोगका उपसचिव कमलप्रसाद पाण्डेले पठाएको पत्रमा उनीहरूको स्थान हद र विदेश भ्रमण फुकुवा गरेको उल्लेख छ। आयोगले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा घटेका हिंसात्मक घटनाको अनुसन्धानका लागि उनीहरूमाथि स्थान हद लगाएको थियो।