मुख्य समाचार
रमेश लेखकले जेनजी आन्दोलनका घटना छानबिनका लागि गठित जाँचबुझ आयोगबाट पत्र प्राप्त नभएको बताएका छन्
रमेश लेखकले जेनजी आन्दोलनका घटना छानबिनका लागि गठित जाँचबुझ आयोगबाट पत्र प्राप्त नभएको बताएका छन्

: तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले जेनजी आन्दोलनका घटना छानबिनका लागि गठित जाँचबुझ आयोगबाट पत्र प्राप्त नभएको बताएका छन्। जेनजी आन्दोलनको समयमा गृहमन्त्री रहेका कांग्रेसका नेता लेखकलाई बयानका लागि उपस्थित हुन मंगलबार पत्र काटिएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिएका थिए ।

सोहि विषयमा लेखकले आयोगको पत्र पाएपछि जाने वा नजाने निर्णय गर्ने जानकारी दिए। अन्नपूर्णसँग प्रतिक्रिया दिँदै लेखकले भने, ‘सञ्चारमाध्यममार्फत जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगबाट मलाई पत्र काटिएको जानकारी पाएँ। तर मलाई हालसम्म कुनै पत्र प्राप्त भएको छैन। पत्रमा के-कस्तो व्यहोरा उल्लेख छ ? सोही अनुसार आयोगमा जाने वा नजाने विचार गर्छु।’


आयोग स्रोतका अनुसार लेखकलाई पत्र पठाउँदै सात दिनभित्र आयोगमै उपस्थित भई बयान दिन भनिएको छ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको क्षतिको जाँचबुझ गर्न सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले कार्की नेतृत्वमा ३ सदस्यीय आयोग बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेकपाले जनताको तहमा राजनीतिक दलहरूसँग संवाद बढाएर शान्तिपूर्ण रूपमा निर्वाचनमा सहभागिता सुनिश्चित गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहर"सँग कुरा गर्दै नेता वर्षमान पुनले यस्तो आग्रह गरिएको बताए । उनले सरकारद्वारा गठित संवाद समितिलाई घोषित मितिमा निर्वाचन सम्पन्न गर्न पार्टीको पूर्ण समर्थन र सहयोग गर्ने प्रतिबद्धता व्यक्त ...
— धनकुटाको जिरोप्वाइन्टमा चामल र भुस बोकेको ट्रक दुर्घटना भएको छ । मंगलबार बिहान सुनसरीको धरानबाट चामल र भुस लिएर हिले जाँदै गरेको ना ७ ख ११६१ नम्बरको ट्रक धनकुटा ७ जिरोप्वाइन्टमा पल्टिएको हो । प्रहरीका अनुसार गुडिरहेको ट्रकको स्टेरिङ लक भएर दुर्घटना भएको हो । ट्रक सडकबाट करिब १० मिटर तल खसेको छ । दुर्घटनामा ट्रक चालक ...
— कैलालीमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जानकी गाउँपालिका–२ प्रगतिनगरका २९ वर्षीय श्यामलाल चौधरी रोरा नदीमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । घाइते अवस्थामा उनलाई उपचारका लागि टीकापुर अस्पताल लगिएकोमा त्यहाँ उपचारकै क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । घटनाबारे ...
— नेपाललाई ग्रे लिस्टबाट हटाउन केन्द्रीय बैंकले अझ सशक्त भूमिका खेल्नुपर्ने बैंकिङ क्षेत्र सुधार सुझाव कार्यादलले सुझाएको छ । अहिले पनि राष्ट्र बैंकले भूमिका खेलिरहे पनि अझै सशक्त बनाउनु पर्ने सुझाव कार्यदलले दिएको छ । ‘सम्पत्ति शुद्धीकरण निवारण ऐनको पाँचौ संशोधनले यस बैंकअन्तर्गत रहेको वित्तीय जानकारी इकाईलाई छुट्टै स्वतन्त्र इकाईको रूपमा विकास गर्न खोजेको छ,’ प्रतिवेदनमा ...
: सुनसरीको धरान उपमहानगरपालिकामा गाँजासहित अटो चालक पक्राउ परेका छन्। पूर्वी पहाडी जिल्लाहरू धनकुटा र भोजपुर लगायतका जिल्लाबाट सुनसरी हुँदै भारततर्फ हुने गाँजा तस्करी अझै नियन्त्रण बाहिर रहेको छ। सोमबार राति धरान उपमहानगरपालिका–१३ फुस्रेस्थित चिण्डे डाँडाबाट धरानतर्फ आउँदै गरेको को १ त ५९३४ नम्बरको अटो शंकास्पद देखिएपछि सशस्त्र प्रहरीले चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम