मुख्य समाचार
बंगलादेशमा इन्कलाब मञ्चसँग सम्बन्धित विद्यार्थी नेता उस्मान हादीको हत्यापछि फेरि अर्का नेतालाई सार्वजनिक स्थानमा गोली हानी हत्या
बंगलादेशमा इन्कलाब मञ्चसँग सम्बन्धित विद्यार्थी नेता उस्मान हादीको हत्यापछि फेरि अर्का नेतालाई सार्वजनिक स्थानमा गोली हानी हत्या

बंगलादेशमा इन्कलाब मञ्चसँग सम्बन्धित विद्यार्थी नेता उस्मान हादीको हत्यापछि फेरि अर्का नेतालाई सार्वजनिक स्थानमा गोली हानी हत्या गरिएको छ।

बंगलादेशको अखबार ‘ढाका ट्रिब्यून’का अनुसार राष्ट्रिय नागरिक पार्टी (एनसीपी) खुलना डिभिजन प्रमुख तथा श्रमिक शक्तिका केन्द्रीय संयोजक मोतेलेब सिकदरको सोमबार बिहान करिब ११:४५ बजे खुलनाको सोनाडाङ्गा क्षेत्रमा गोली हानी हत्या गरिएको छ।


अस्पताल स्रोतलाई उद्धृत गर्दै उक्त पत्रिकाले लेखेको छ सिकदरलाई खुलना मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ। यस घटनामा सोनाडाङ्गा मोडेल प्रहरी चौकीका इन्चार्ज (अनुसन्धान) अनिमेष मण्डलले भने, ‘सिकदरलाई अज्ञात आक्रमणकारीहरूले गोली हानेका थिए। स्थानीय मानिसहरूले उनलाई उद्धार गरेर अस्पताल लगेका थिए।’

घटनापछि घटनास्थलमा प्रहरी तैनाथ गरिएको छ। एक प्रहरी अधिकारीले घटनाको अनुसन्धान भइरहेको बताए। यसअघि डिसेम्बर १२ मा ढाकाको मस्जिदबाट बाहिर निस्कने क्रममा उस्मान हादीलाई गोली हानी हत्या गरिएको थियो। टाउकोमा गोली लागेर उनी गम्भीर घाइते भएका थिए र डिसेम्बर १५ मा उपचारको लागि सिंगापुर लगिएको थियो। हादीको डिसेम्बर १८ मा अस्पतालमा मृत्यु भयो। उनको मृत्युपछि बंगलादेशमा हिंसा फैलियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— जर्मनीकी एरोस्पेस इन्जिनियर मिखाइला बेन्टहाउस अन्तरिक्ष यात्रा गर्ने पहिलो ह्वीलचेयर प्रयोगकर्ता बनेकी छन् । अमेरिकी अर्बपति जेफ बेजोसको कम्पनी ‘ब्लु अरिजिन’ले डिसेम्बर २० मा टेक्ससबाट प्रक्षेपण गरेको ‘न्यु सेपर्ड’ नामक सब-अर्बिटल रकेटमार्फत मिखाइला अन्तरिक्षमा पुगेकी हुन् । करिब १० मिनेट लामो यात्रामा उनले ‘कर्मान लाइन’ भनिने अन्तरिक्षको अन्तर्राष्ट्रिय सीमा पार गरेकी थिइन् । ‘असाध्यै अद्‍भुत अनुभव ...
— न्युयोर्क टाइम्सका पत्रकार तथा 'ब्याड ब्लड' पुस्तकका लेखक जोन क्यारेरुले गुगल, ओपनएआई, मेटा, एन्थ्रोपिक, एलन मस्कको एक्स एआई र परप्लेक्सिटीविरुद्ध क्यालिफोर्नियाको संघीय अदालतमा मुद्दा दायर गरेका छन् । अनुमति बिना आफ्ना कपीराइट संरक्षित पुस्तकहरू प्रयोग गरेको आरोप लगाउदैँ मुद्दा दायर गरेका हुन् । उजुरीमा ती कम्पनीहरूले आफ्ना पुस्तकहरू 'पाइरेट' (चोरी) गरेर लार्ज ल्याङ्गवेज मोडेल (एलएलएम) ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई पद छाड्न चेतावनी दिएका छन् । फ्लोरिडास्थित आफ्नो स्वामित्वमा रहेको मार ए लागो रिसोर्टमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले ‘मादुरोका लागि पद छाड्नु नै बुद्धिमानी हुने बताए । पत्रकारले मादुरोलाई सत्ताच्युत गराउने नै लक्ष्य हो भनेर ट्रम्पलाई सोधेका थिए । जवाफमा ट्रम्पले भने, ‘त्यस्तै हुन सक्छ, तर त्यो ...
— अमेरिकाको छिमेकी मुलुक मेक्सिकोको मेक्सिकन नेभी सेनाको सानो विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । स्थानीय समय सोमबार दिउँसो अमेरिका र मेक्सिकोको सिमाना नजिकै टेक्सस राज्यको गाल्भेस्टन टापु नजिक कोसेवेमा भएको दुर्घटनामा विमानमा सवार आठमध्ये पाँच जनाको मृत्यु भएको हो । अमेरिकी कोस्ट गार्डको पेट्टी अफिसर ल्यूक बेकरका अनुसार विमानमा चार नेभी अफिसर, ...
: दक्षिण कोरियाले सन् २०२६ मा ईपीएसमार्फत कामदार भित्र्याउनका लागि कोटा निर्धारण छ। नयाँ कोटा अनुसार सन् २०२६ मा ८० हजार कामदार मात्र कोरिया जान पाउने छन्। यो सन् २०२५ को तुलनामा ३८.४६ प्रतिशत कम हो। सन् २०२५ का लागि कुल १ लाख ३० हजार कोटा निर्धारण गरिएको भए पनि गत नोभेम्बरको अन्त्यसम्म जम्मा ४८ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम