: दक्षिण कोरियाले सन् २०२६ मा ईपीएसमार्फत कामदार भित्र्याउनका लागि कोटा निर्धारण छ। नयाँ कोटा अनुसार सन् २०२६ मा ८० हजार कामदार मात्र कोरिया जान पाउने छन्। यो सन् २०२५ को तुलनामा ३८.४६ प्रतिशत कम हो।
सन् २०२५ का लागि कुल १ लाख ३० हजार कोटा निर्धारण गरिएको भए पनि गत नोभेम्बरको अन्त्यसम्म जम्मा ४८ हजार ६६८ जनालाई मात्र रोजगार अनुमति पत्र जारी गरिएको सरकारी तथ्यांक छ। यो संख्या कुल कोटाको ३७.४३ प्रतिशत मात्र हो।
जसमा उत्पादनमुलक क्षेत्रमा ५० हजार, कृषि तथा पशुपालनमा १० हजार, निर्माण उद्योगमा २ हजार, माछा मार्ने उद्योगमा ७ हजार, सेवा क्षेत्रमा एक हजार र लचिलो १० हजार कोटा तोकिएको छ।
सन् २०२३ देखि २०२५ सम्म अस्थायी रूपमा सञ्चालनमा रहेको पानीजहाज निर्माण क्षेत्रको कोटा सन् २०२५ को अन्त्यबाट समाप्त हुनेछ। सन् २०२६ बाट पानीजहाज निर्माण क्षेत्रतर्फ कामदार चाहिएमा उत्पादनमुलक क्षेत्रबाटै छनौट गरिनेछ।