— कैलालीमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
जानकी गाउँपालिका–२ प्रगतिनगरका २९ वर्षीय श्यामलाल चौधरी रोरा नदीमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।
घाइते अवस्थामा उनलाई उपचारका लागि टीकापुर अस्पताल लगिएकोमा त्यहाँ उपचारकै क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।