मुख्य समाचार
नेपाली महिला क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकले आईसीसी महिला ट्वान्टी-२० विश्वकपको क्वालिफायरमा जित निकाल्ने लक्ष्यसहित खेल्ने बताए
नेपाली महिला क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकले आईसीसी महिला ट्वान्टी-२० विश्वकपको क्वालिफायरमा जित निकाल्ने लक्ष्यसहित खेल्ने बताए

— नेपाली महिला क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकले आईसीसी महिला ट्वान्टी-२० विश्वकपको क्वालिफायरमा जित निकाल्ने लक्ष्यसहित खेल्ने बताएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार गरेको पत्रकार सम्मेलनमा नवनियुक्त प्रशिक्षक पाठकले घरेलु मैदानमा हुने ग्लोबल छनोटमा आफ्नो टोली जित निकाल्ने लक्ष्यसहित खेल्ने विश्वास व्यक्त गरेका छन् । आगामी जनवरी १८ देखि फेब्रुअरी ३ सम्म नेपालमा आईसीसी ट्वान्टी-२० विश्वकप क्वालिफायर हुँदैछ ।

घरेलु मैदानमा हुने क्वालिफायरमा नेपाल समूह ‘बी’ मा छ । नेदरल्यान्ड्स, स्कटल्यान्ड, थाइल्यान्ड र जिम्बाब्वे गरी पाँच टोली रहेको समूहमा शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउनेछन् । सुपर सिक्समा शीर्ष चार टोलीले आगामी सन् २०२६ को जुन १२ देखि ५ तारिखसम्म इंग्ल्यान्ड र वेल्समा हुने विश्वकपमा स्थान बनाउनेछ ।

We will qualify for the ICC Women's Twenty20 World Cup: Harshal Pathakक्यानले छनोटअगाडि नै महिला टोलीका लागि अनुभवी प्रशिक्षक नियुक्त गरेको हो । उनले सात वर्षसम्म थाइल्यान्डको महिला र पुरुष टोलीको प्रशिक्षकका रूपमा काम गरेका थिए । यसपल्ट छनोटमा उनले सोही टोलीको विपक्षी प्रशिक्षकका रूपमा काम गर्नुपर्नेछ ।

नेपाली महिला क्रिकेट टोलीको कमजोरी फिटनेस र ब्याटिङमा सुधार ल्याउने उनको मुख्य जिम्मेवारी हुनेछ । उनले नेपाली पिचमा ब्याटिङका लागि राम्रो रहेको पनि उल्लेख गरे । तर त्यसका लागि कन्डिसन पनि बुझ्नुपर्ने औंल्याएका छन् । टोलीको ब्याटिङ कमजोर भएपनि खेलाडीको इच्छाशक्ति कस्तो छ भन्ने कुराले नतिजामा फरक पर्ने उनको भनाइ छ ।

नेपाली खेलाडीको इच्छाशक्ति बलियो रहेकाले त्यसमा सुधार हुने उनको विश्वास छ । यद्यपि, क्रिकेटमा रातरात परिवर्तन नहुने पनि उनी बताउँछन् । त्यसका लागि लामो योजना र जुनियरस्तरमा पनि राम्रो गर्नुपर्ने उनको भनाइ छ ।
आफू नेपाल आउनुको पछाडि राम्रो टोलीलाई प्रशिक्षक गर्ने चाहना रहेको प्रशिक्षक पाठक बताउँछन् । नेपाली महिला क्रिकेट टिमलाई विपक्षी प्रशिक्षकका रूपमा हेरेकाले उनीहरूको क्षमताबारे आफू राम्रो जानकारी रहेको उनले बताए । प्रशिक्षक पाठकले नेपाली खेलाडीको स्ट्रेन्थ र प्यासन राम्रो रहेको पनि उल्लेख गरे । क्रिकेटप्रति धेरै लगाव भएको टोलीलाई प्रशिक्षण गर्न पाउनुले छुट्टै आनन्द मिल्ने उनको बुझाइ छ ।

महिला ट्वान्टी-२० विश्वकप ग्लोबल क्वालिफायर नेपालमा आयोजना हुनुले नेपाली महिला खेलाडीमा ठूलो आत्मविश्वास पनि बढ्ने प्रशिक्षक पाठकको विश्वास छ । आफू प्रशिक्षक हुँदा थाइल्यान्ड विश्वकपमा छनोट भएकाले त्यसको अनुभव महत्त्वपूर्ण उनी बताउँछन् ।

नेपाली खेलाडीमा क्रिकेटप्रति बलियो लगाव र क्षमता हुनु नै जितका लागि महत्त्वपूर्ण पक्ष रहेको उनले उल्लेख गरे । उनीहरूका लागि राम्रो वातावरण बनाउन सके नतिजा पनि आउने उनी बताउँछन् । आफ्नो योजनाप्रति खेलाडी स्पष्ट हुनुपर्ने उनले औंल्याए । जहाँ र जुन प्रतियोगिता खेले पनि त्यहाँबाट खेलाडीले सिकेर अगाडि बढ्नुपर्ने उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर इमरान ताहिरले ४७ वर्षको उमेरमा टी–२० क्रिकेटमा ५-विकेट प्रदर्शन गर्दै नयाँ कीर्तिमान बनाएका छन् । उनले क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा गयाना अमेजन वारियर्सका लागि सेन्ट लुसिया किंग्सविरुद्ध यो उपलब्धि हासिल गरेका हुन् । प्रोभिडेन्समा बुधबार भएको खेलमा ताहिरले चार ओभरमा १७ रन खर्चिएर ५ विकेट लिए । यो उनको टी–२० ...
: नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट भएको हो। मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानलाई पराजित गरेसँगै नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट भएको हो। एसीसी प्रिमियर कपको शिर्ष ३ टोलीले इमर्जिङ टिम्स एसिया कपमा खेल्न पाउनेछन्। नेपालले ओमानलाई पराजित गरेसँगै फाइनल पुगेको हो। ओमान र हङकङबिच तेस्रो स्थानको ...
: नेपाल भलिबल लिग (एनभीएल) को बिहीबार भएको खेलमा सगरमाथा स्म्यासर्सलाई पराजित गर्दै अन्नपूर्ण स्पाइकर किंग्स फाइनलमा प्रवेश गरेको छ। लिग चरणको आ–आफ्नो अन्तिम खेल जित्दै अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो। लिगमा शीर्ष स्थानमा रहने टोली सोझै फाइनलमा पुग्ने प्रावधान रहेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्ड ...
: एसिसी प्रिमियर कपको सेमिफाइनल खेलमा ओमानलाई ८७ रनले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको छ। मलेसियाको क्वालालम्पुरस्थित, वायुमास क्रिकेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा १४७ रन बनाएको थियो। नेपालले दिएको १४८ रनको विजयी लक्ष्य पछाएको ओमान २८.१ ओभरमा ६० रन बनाउँदै अलआउट भएको हो। ओमानलाई सस्तैमा समेट्न कप्तान सन्दीप लामिछाने र ...
: नेपाल भलिबल लिग (एनभीएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली शिवराजले मधेश वरियर्सलाई पराजित गरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा कर्णाली शिवराजले मधेश वरियर्सलाई २५–२०,२५–२०, २१–२५ र २५–१९‌ले पराजित गरेको हो। मधेसलाई पराजित गर्दै कर्णालीले प्लेअफ खेल्ने भएको छ। कर्णाली शिवराजले प्लेअफमा काठमाडौं रेड्ससँग खेल्नेछ। यी दुवै टोली मध्ये विजयी टोलीले ...