— धनकुटाको जिरोप्वाइन्टमा चामल र भुस बोकेको ट्रक दुर्घटना भएको छ ।
मंगलबार बिहान सुनसरीको धरानबाट चामल र भुस लिएर हिले जाँदै गरेको ना ७ ख ११६१ नम्बरको ट्रक धनकुटा ७ जिरोप्वाइन्टमा पल्टिएको हो ।
प्रहरीका अनुसार गुडिरहेको ट्रकको स्टेरिङ लक भएर दुर्घटना भएको हो । ट्रक सडकबाट करिब १० मिटर तल खसेको छ ।
दुर्घटनामा ट्रक चालक २८ वर्षीय इन्द्र मगर, सहचालक सामान्य घाइते भएको धनकुटाका ट्राफिक प्रहरी प्रमुख मनोज खड्गाले जानकारी दिए ।