मुख्य समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई पद छाड्न चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई पद छाड्न चेतावनी

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई पद छाड्न चेतावनी दिएका छन् ।

फ्लोरिडास्थित आफ्नो स्वामित्वमा रहेको मार ए लागो रिसोर्टमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले ‘मादुरोका लागि पद छाड्नु नै बुद्धिमानी हुने बताए ।

पत्रकारले मादुरोलाई सत्ताच्युत गराउने नै लक्ष्य हो भनेर ट्रम्पलाई सोधेका थिए । जवाफमा ट्रम्पले भने, ‘त्यस्तै हुन सक्छ, तर त्यो उनको निर्णय हो ।’

ट्रम्पले थपे, ‘उनले खेल्न खोजे भने त्यो नै अन्तिमपटक हुनेछ ।’

पछिल्लो समय भेनेजुयला र अमेरिकाबीचको सम्बन्ध निकै तनावपूर्ण छ । अमेरिकाले केही साताभित्र भेनेजुयलाबाट आउने तेल बोकेका दुईवटा जहाज जफत गरिसकेको छ ।

अहिलेसम्म भेनेजुयलाबाट आएको ४० लाख ब्यारेल तेल नियन्त्रणमा लिइसकेको छ ।

अमेरिकी तटरक्षक बलले भेनेजुएलामाथि लगाइएका प्रतिबन्ध छल्न प्रयोग गरिएको भनिएको ‘डार्क फ्लीट’ अन्तर्गतको तेस्रो तेल ट्यांकरलाई पनि पछ्याइरहेको जनाएको छ ।



ट्रम्पले ती जहाज र तेल अमेरिकाले नै राख्ने, आवश्यक परे बेच्ने वा रणनीतिक भण्डारणमा प्रयोग गर्ने बताएका छन् ।

यसबाहेक भेनेजुयला हुँदै आउने साना डुंगालाई पनि अमेरिकी सेनाले निशाना बनाउँदै आएको छ ।

ड्रग्स बोकेको आशंका भेनेजुयला हुँदै आएका डुंगाहरुमा अमेरिकाले आक्रमण गर्दा ठूलो संख्यामा मानिसहरुले ज्यान गुमाइसकेका छन् ।

मदुरोको जवाफ

तेल बोकेका जहाज जफत गर्ने अमेरिकाको कदमलाई भेनेजुयलाले डकौती भन्दै आएको छ ।

भेनेजुयलाका राष्ट्रपति निकोलास मदुरोले अन्यत्र हस्तक्षेप गर्नुभन्दा आफ्नै देशका समस्याहरुमा केन्द्रीत हुन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सुझाव दिएका छन् । ‘उनी आफ्नै देशको आर्थिक र सामाजिक मुद्दामा केन्द्रीत भए राम्रो हुने थियो । आफ्नै देशको मामिलालाई ध्यानमा दिन सके उनलाई विश्वले राम्रो भन्ने थियो,’ मदुरोले भने ।

अमेरिका र उसका सहयोगी देशले भेनेजुयलामाथि आर्थिक नाकाबन्दी लगाएका छन् । यस विषयमा छलफल गर्न भेनेजुयलाले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक बोलाउन माग गरेको छ । भेनेजुयलाको प्रस्तावलाई रूस र चीनले समर्थन गरेका छन् ।

रूसी विदेशमन्त्री सर्गेई लाभरोभले अमेरिकी कारबाहीले क्षेत्रीय स्थिरता र अन्तर्राष्ट्रिय जहाज सञ्चालनमा गम्भीर असर पार्न सक्ने चेतावनी दिएका छन् । चीनले पनि अमेरिकी कदमलाई अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको चार्टरको उल्लंघन भनेको छ ।

भेनेजुयलाका विदेशमन्त्री इभान गिलले संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूलाई पठाइएको पत्र पढेर सुनाएका छन् । उनले अमेरिकी नाकाबन्दीले विश्वव्यापी तेल तथा ऊर्जा आपूर्तिमा असर पार्ने चेतावनी दिएका छन् ।

भेनेजुयला शान्तिप्रति प्रतिबद्ध भए पनि आफ्नो सार्वभौमिकता, भू–अखण्डता र प्राकृतिक स्रोतको रक्षा गर्न तयार रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— जर्मनीकी एरोस्पेस इन्जिनियर मिखाइला बेन्टहाउस अन्तरिक्ष यात्रा गर्ने पहिलो ह्वीलचेयर प्रयोगकर्ता बनेकी छन् । अमेरिकी अर्बपति जेफ बेजोसको कम्पनी ‘ब्लु अरिजिन’ले डिसेम्बर २० मा टेक्ससबाट प्रक्षेपण गरेको ‘न्यु सेपर्ड’ नामक सब-अर्बिटल रकेटमार्फत मिखाइला अन्तरिक्षमा पुगेकी हुन् । करिब १० मिनेट लामो यात्रामा उनले ‘कर्मान लाइन’ भनिने अन्तरिक्षको अन्तर्राष्ट्रिय सीमा पार गरेकी थिइन् । ‘असाध्यै अद्‍भुत अनुभव ...
— न्युयोर्क टाइम्सका पत्रकार तथा 'ब्याड ब्लड' पुस्तकका लेखक जोन क्यारेरुले गुगल, ओपनएआई, मेटा, एन्थ्रोपिक, एलन मस्कको एक्स एआई र परप्लेक्सिटीविरुद्ध क्यालिफोर्नियाको संघीय अदालतमा मुद्दा दायर गरेका छन् । अनुमति बिना आफ्ना कपीराइट संरक्षित पुस्तकहरू प्रयोग गरेको आरोप लगाउदैँ मुद्दा दायर गरेका हुन् । उजुरीमा ती कम्पनीहरूले आफ्ना पुस्तकहरू 'पाइरेट' (चोरी) गरेर लार्ज ल्याङ्गवेज मोडेल (एलएलएम) ...
— अमेरिकाको छिमेकी मुलुक मेक्सिकोको मेक्सिकन नेभी सेनाको सानो विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । स्थानीय समय सोमबार दिउँसो अमेरिका र मेक्सिकोको सिमाना नजिकै टेक्सस राज्यको गाल्भेस्टन टापु नजिक कोसेवेमा भएको दुर्घटनामा विमानमा सवार आठमध्ये पाँच जनाको मृत्यु भएको हो । अमेरिकी कोस्ट गार्डको पेट्टी अफिसर ल्यूक बेकरका अनुसार विमानमा चार नेभी अफिसर, ...
: दक्षिण कोरियाले सन् २०२६ मा ईपीएसमार्फत कामदार भित्र्याउनका लागि कोटा निर्धारण छ। नयाँ कोटा अनुसार सन् २०२६ मा ८० हजार कामदार मात्र कोरिया जान पाउने छन्। यो सन् २०२५ को तुलनामा ३८.४६ प्रतिशत कम हो। सन् २०२५ का लागि कुल १ लाख ३० हजार कोटा निर्धारण गरिएको भए पनि गत नोभेम्बरको अन्त्यसम्म जम्मा ४८ ...
अमेरिकाले नेपालसहित ३० देशका राजदूतलाई फिर्ता बोलाएको छ। अमेरिकी विदेश मन्त्रालयले नेपालसहित ३० देशका दूतावासबाट राजदूत र वरिष्ठ पदका कर्मचारीलाई फिर्ता बोलाएको हो। जसमा नेपालसहित अल्जेरिया, बुरुन्डी, क्यामरुन, केप भर्डे, गाबोन, कोट डी'आइवर, इजिप्ट, माडागास्कर, मौरिसस, नाइजर, नाइजेरिया, रुवान्डा, सेनेगल, सोमालिया, युगान्डा, फिजी, लाओस, मार्शल टापुहरू, पपुवा न्यु गिनी, फिलिपिन्, भियतनाम, आर्मेनिया, उत्तरी म्यासेडोनिया, मोन्टेनेग्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम