मुख्य समाचार
न्युयोर्क टाइम्सका पत्रकारले एआई कम्पनीविरुद्ध हाले मुद्दा
न्युयोर्क टाइम्सका पत्रकारले एआई कम्पनीविरुद्ध हाले मुद्दा

— न्युयोर्क टाइम्सका पत्रकार तथा 'ब्याड ब्लड' पुस्तकका लेखक जोन क्यारेरुले गुगल, ओपनएआई, मेटा, एन्थ्रोपिक, एलन मस्कको एक्स एआई र परप्लेक्सिटीविरुद्ध क्यालिफोर्नियाको संघीय अदालतमा मुद्दा दायर गरेका छन् ।

अनुमति बिना आफ्ना कपीराइट संरक्षित पुस्तकहरू प्रयोग गरेको आरोप लगाउदैँ मुद्दा दायर गरेका हुन् ।

उजुरीमा ती कम्पनीहरूले आफ्ना पुस्तकहरू 'पाइरेट' (चोरी) गरेर लार्ज ल्याङ्गवेज मोडेल (एलएलएम) मा प्रयोग गरेको दाबी गरिएको छ, जसकै आधारमा च्याटबोटहरू सञ्चालन हुँदै आएका छन् ।

यसअघि पनि विभिन्न सञ्चारसंस्थाहरुले एआईविरुद्द मुद्दा दायर गर्दै आएको थियो । तर, यस मुद्दामा पहिलो पटक एलन मस्कको एक्स एआई प्रतिवादी बनाइएको छ । प्रतिवादी कम्पनीहरूका तर्फबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन ।

यसअघि एन्थ्रोपिकले एआई प्रशिक्षणमा कपीराइट उल्लङ्घन गरेको आरोपसम्बन्धी पहिलो ठूलो सम्झौता गर्दै लेखकहरूको समूहलाई १.५ अर्ब अमेरिकी डलर तिर्न सहमति जनाएको थियो ।

तर, नयाँ मुद्दामा त्यो सम्झौताअन्तर्गत लेखकहरूले प्रति उल्लङ्घित कृतिका लागि कपीराइट ऐनले तोकेको अधिकतम १ लाख ५० हजार डलरको जम्मा २ प्रतिशत मात्र पाउने उल्लेख गरिएको छ । यो मुद्दा फ्रिडम्यान नर्म्यान्ड फ्राइडल्यान्ड कानुनी फर्मका वकिलहरूले दायर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— जर्मनीकी एरोस्पेस इन्जिनियर मिखाइला बेन्टहाउस अन्तरिक्ष यात्रा गर्ने पहिलो ह्वीलचेयर प्रयोगकर्ता बनेकी छन् । अमेरिकी अर्बपति जेफ बेजोसको कम्पनी ‘ब्लु अरिजिन’ले डिसेम्बर २० मा टेक्ससबाट प्रक्षेपण गरेको ‘न्यु सेपर्ड’ नामक सब-अर्बिटल रकेटमार्फत मिखाइला अन्तरिक्षमा पुगेकी हुन् । करिब १० मिनेट लामो यात्रामा उनले ‘कर्मान लाइन’ भनिने अन्तरिक्षको अन्तर्राष्ट्रिय सीमा पार गरेकी थिइन् । ‘असाध्यै अद्‍भुत अनुभव ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई पद छाड्न चेतावनी दिएका छन् । फ्लोरिडास्थित आफ्नो स्वामित्वमा रहेको मार ए लागो रिसोर्टमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले ‘मादुरोका लागि पद छाड्नु नै बुद्धिमानी हुने बताए । पत्रकारले मादुरोलाई सत्ताच्युत गराउने नै लक्ष्य हो भनेर ट्रम्पलाई सोधेका थिए । जवाफमा ट्रम्पले भने, ‘त्यस्तै हुन सक्छ, तर त्यो ...
— अमेरिकाको छिमेकी मुलुक मेक्सिकोको मेक्सिकन नेभी सेनाको सानो विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । स्थानीय समय सोमबार दिउँसो अमेरिका र मेक्सिकोको सिमाना नजिकै टेक्सस राज्यको गाल्भेस्टन टापु नजिक कोसेवेमा भएको दुर्घटनामा विमानमा सवार आठमध्ये पाँच जनाको मृत्यु भएको हो । अमेरिकी कोस्ट गार्डको पेट्टी अफिसर ल्यूक बेकरका अनुसार विमानमा चार नेभी अफिसर, ...
: दक्षिण कोरियाले सन् २०२६ मा ईपीएसमार्फत कामदार भित्र्याउनका लागि कोटा निर्धारण छ। नयाँ कोटा अनुसार सन् २०२६ मा ८० हजार कामदार मात्र कोरिया जान पाउने छन्। यो सन् २०२५ को तुलनामा ३८.४६ प्रतिशत कम हो। सन् २०२५ का लागि कुल १ लाख ३० हजार कोटा निर्धारण गरिएको भए पनि गत नोभेम्बरको अन्त्यसम्म जम्मा ४८ ...
अमेरिकाले नेपालसहित ३० देशका राजदूतलाई फिर्ता बोलाएको छ। अमेरिकी विदेश मन्त्रालयले नेपालसहित ३० देशका दूतावासबाट राजदूत र वरिष्ठ पदका कर्मचारीलाई फिर्ता बोलाएको हो। जसमा नेपालसहित अल्जेरिया, बुरुन्डी, क्यामरुन, केप भर्डे, गाबोन, कोट डी'आइवर, इजिप्ट, माडागास्कर, मौरिसस, नाइजर, नाइजेरिया, रुवान्डा, सेनेगल, सोमालिया, युगान्डा, फिजी, लाओस, मार्शल टापुहरू, पपुवा न्यु गिनी, फिलिपिन्, भियतनाम, आर्मेनिया, उत्तरी म्यासेडोनिया, मोन्टेनेग्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम